5 years ago
April 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले त्रिकोणात्मक टि२० सिरिजमा मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । कुशलले २६ बलमा अर्धशतक प्रहार गरे ।

कुशलले ३ चौका र ५ छक्का सहित अर्धशतक पूरा गरेका थिए । कुशलले करिअरको सुरुवाती दुबै खेलमा अर्धशतक प्रहार गरेका छन् । पहिलो खेलमा कुशलले नेदरल्यान्ड्सविरुद्ध ६२ रनको इनिङ खेलेका थिए । कुशल नेपालबाट सुरुवाती दुबै खेलमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । त्यस्तै नेपालबाट टि२० आईमा लगातार दोस्रो अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् । आसिफ शेख १३ बलमा ३ चौका सहित २२ रनमा खेलि रहेका छन् । जितको लागि १ सय १० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ७ ओभरमा कुनै विकेट नगुमाउँदै ७५ रन बनाएको छ ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसिया १६.५ ओभरमा १ सय ९ रनमा अल आउट भएको थियो । मलेसिया ओपनर सायद अजिजले २४ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक २७ रनको योगदान दिए । नेपालको बलिङ सामू मलेसिया ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । करण केसीको दोस्रो ओभरको चौथो बलमा ओपनर अनवार अरुद्दीन एज लागेर विकेटकिपर विनोद भण्डारीबाट ८ रनमा क्याच आउट हुन पुगेका थिए ।

ओपनर अनवार र सायद अजिजले पहिलो विकेटका लागि १७ रनको साझेदारी गरेका थिए । त्यसपछि मलेसियाले लगातार विकेट गुमाउन पुग्यो । चौथो ओभरको दोस्रो बलमा कप्तान अहमद फाइज ३ रनमा रन आउट हुन पुगे । दोस्रो रन लिनेक्रममा ओपनर अजिज सायदसँग तालमेल गर्न नसक्दा रन आउट हुन पुगेका थिए । युवा ब्याट्सम्यान विरानदीप सिंहलाई सोमपाल कामीले ६ बलमा बोल्ड आउट गरे ।

विरानदीपले ११ बलमा १ चौका प्रहार गरे । विरानदीप आउट भएसँगै मलेसिया समस्यामा परेको थियो । आठौं ओभरको पाँचौं बलमा पार्टटाइम स्पिनर दीपेन्द्रसिंह ऐरीले ओपनर सायद अजिजलाई आसिफ शेखबाट २७ रनमा क्याच आउट गराउँदै नेपाललाई चौथो सफलता दिलाए ।अजिजले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

दीपेन्द्रको टि२० आई करिअरको पहिलो विकेट हो । स्पिनर साहब आलमको १२ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका अमिनुद्दीन राम्ली ५ रनमा क्याच आउट भएसँगै मलेसिया ७७–६ को कमजोर अवस्थामा पुगेको थियो । तल्लोक्रमका खिजर हायत ४ र शर्विन मुनींदि २० रनमा आउट भए ।

नेपालका तीव्र गतिका बलर करण केसीले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछाने ३.५ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, साहब आलम र कुशल मल्लले १–१ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]