5 years ago
April 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि२० आई वरियतामा सुधार गरेको छ । आइसिसीको नयाँ अपडेटसँगै नेपालले टि२० वरियतामा एक स्थान सुधार गरेको छ ।

नेपाल १५ औं स्थानबाट १४ औं स्थानमा उक्लिएको छ । स्कटल्यान्ड १५ औं स्थानमा पुगेको छ । नेपालभन्दा अघि युएई १३ औं र जिम्बावे १२ औं स्थानमा छन् । विश्व टि२० वरियतामा इंग्ल्यान्ड शीर्षस्थानमा छ । भारत दोस्रो, अष्ट्रेलिया तेस्रो र पाकिस्तान चौथो स्थानमा छन् । नेपालको २४ खेलमा ४ हजार सय ३ सय ७६ अंक र १ सय ८२ रेटिङ अंक छ । नेपालभन्दा पछि पपुवा न्युगिनी १६ औं, नेदरल्यान्ड्स १७ औं, ओमान १८ औं र नामिबिया १९ औं स्थानमा छन् ।

घरेलु मैदानमा जारी त्रिकोणात्मक टि२० आई सिरिजमा लगातार दोस्रो सानदार जित निकालेको नेपालको विश्व वरियतामा पनि सुधार भएको हो । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रो खेलमा मलेसियालाई ९–९ विकेटले पराजित गरेको थियो । डबल राउन्ड रोविनको आधारमा चलि रहेको त्रिकोणात्मक टि२० सिरिजमा नेपालले तेस्रो खेलमा मंगलबार नेदरल्यान्ड्ससँग खेल्ने छ । नेपाल ओडिआई वरियतामा भने १७ औं स्थानमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]