default_image

3 years ago

April 20, 2021

नेदरल्यान्ड्सलाई हराए नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत चौथो खेलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १:१५ मा टियु क्रिकेट मैदानमा हुनेछ । नेपालले पहिलो खेलमा नेदल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । त्यस्तै नेदरल्यान्ड्सले आफ्नो दोस्रो खेलमा मलेसियालाई १५ रनले हराएको थियो । नेपालले मलेसियालाई ९ विकेटले हराउँदै […]

66 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत चौथो खेलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १:१५ मा टियु क्रिकेट मैदानमा हुनेछ ।

नेपालले पहिलो खेलमा नेदल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । त्यस्तै नेदरल्यान्ड्सले आफ्नो दोस्रो खेलमा मलेसियालाई १५ रनले हराएको थियो । नेपालले मलेसियालाई ९ विकेटले हराउँदै लगातार दोस्रो जितसहित फाइनल नजिक पुगेको अवस्था छ । आजको खेलमा विजयी नेपाल एक खेल अगावै फाइनल पुग्नेछ ।

नेदरल्यान्ड्स पहिलो खेलबाट आफ्नो कमजोरी सुधारको साथ दोस्रो खेलमा नेपाललाई हराउन चाहन्छ । नेपालले दुवै खेलमा उत्कृष्ट ब्याटिङका साथ सहज जित निकालेको छ । दुई युवा ओपनर आसिफ शेख र कुशल भुर्तेलले सानदार प्रदर्शन गर्दै आएका छन् ।

मलेसियाविरुद्ध ओपनर कुशल भुर्तेल ४१ बलमा ३ चौका र ५ छक्का सहित ६१ रनमा अविजित रहेका थिए । आसिफ शेख २९ बलमा ४ चौका र १ छक्का सहित ४२ रनमा क्याच आउट हुन पुगेका थिए । पहिलो विकेटका लागि कुशल र आसिफले ११.१ ओभरमा १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि नेपालले सानदार जित हात पारेको थियो ।

कुशल नेदरल्यान्ड्सँग ६२ रनमा आउट हुँदा आसिफ ५४ रनमा अविजित रहेका थिए । यी दुई ओपनरले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेटका लागि १२.४ ओभरमा १ सय १६ रनको उत्कृष्ट साझेदारी गरेका थिए । दुई युवा ओपनरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालको मध्यक्रम र तल्लोक्रम ब्याटिङ परिक्षण हुन पाएको छैन ।

आजको खेलमा मध्यक्रमका दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, विनोद भण्डारी प्रयोग हुन सक्छन् । तल्लोक्रममा सोमपाल कामी र करण केसी छन् । मलेसियाविरुद्ध जितपछि प्रशिक्षक डेभ व्हाटमोरले पनि शीर्षक्रमको ब्याटिङ उत्कृष्ट हुँदै जित हासिल गर्दा मध्यक्रमले खेल्न नपाउनु स्वभाविक रहेको बताएका थिए । उनले मध्यक्रमबाट पनि आवश्यक पर्दा राम्रो ब्याटिङ प्रदर्शन पाउने विश्वास व्यक्त गरे ।

मलेसियासँग करणले ३ विकेट लिएका थिए । करण र सोमपाल कामी नेपालका पहिलो रोजाईका तीव्र गतिका बलर हुन् । यी दुईलाई अभिनाश बोहराले साथ दिने छन् । स्पिनरमा सन्दीप लामिछाने र साहब आलम रहने छन् । नेपालले आजको खेलमा टोली परिवर्तन गर्ने सम्भावना कम छ । मलेसियाविरुद्ध आरिफ शेखको ठाउँमा कुशल मल्ललाई खेलाएको थियो । मलेसियासँगको टोलीलाई नै निरन्तरता दिने सम्भावना देखिन्छ ।

नेपाल भ्रमणमा नेदरल्यान्ड्सका प्रमुख खेलाडी नहुँदा केहि कमजोर देखिएको छ । विशेष गरि नेदरल्यान्ड्सको बलिङ युनिट कमजोर छ । रयान टेन डेस्काटे, रोलेफ भान डर मर्वे, शीर्षक्रमका ब्याट्सम्यान वेस्ले ब्यारेसी, तीव्र गतिका बलर ब्रान्डन ग्लोभर, फर्द क्लासेन र अलराउन्डर मिचल रिपन जस्ता खेलाडी टोलीमा नहुँदा कमजोर देखिएको छ । तर पनि नेदरल्यान्ड्स नेपालविरुद्ध उच्च प्रदर्शन गर्न चाहन्छ ।

मलेसियालाई हराउन नेदरल्यान्ड्सका ओपनर म्याक्स ओडाउडले ७३ बलमा १ सय ३३ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । जुन नेदरल्यान्ड्सबाट टि२० आईमा बनेको पहिलो शतक हो । पछिल्लो समय म्याक्स ओडाउडले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । टोलीका प्रमुख ब्याट्सम्यान ओडाउडले आफ्नो लयलाई निरन्तरता दिँदै ठूलो इनिङ खेल्न सक्छन् ।

कप्तान पिटर शिलार, टोबियस भिसे, बास डी लिड ब्याटिङ हतियार हुन् । सिलार र आर्यन दत्त स्पिन हतियार बन्न सक्छन् । आजको खेलमा नेपालले समर्थकको भने साथ पाउने छैन । नेदरल्यान्ड्सका खेलाडीलाई नेपाली समर्थक नहुँदा केहि सहज महसुस हुन सक्छ । पछिल्लो खेलमा शतक प्रहार गरेपछि ओडाउडले नै समर्थकका कारण खेल्न केहि कठिन भएको अनुभव साटेका थिए । सरकारले बढ्दो कोभिड जोखिमको कारण रंगशालामा समर्थक प्रवेशलाई निषेध गरेको छ ।

हेड टु हेड

नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म ७ टि२० आई खेल भएको छ । जसमा नेपाल ३ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको थियो । एक खेल वर्षाको कारण नतिजा विहिन छ । सन् २०१५ मा नेपालसँगको चार टि२० आई सिरिज नेदरल्यान्ड्सले ३–१ ले जितेको थियो । २०१८ मा लर्डसमा भएको खेलमा वर्षाको कारण नेदरल्यान्ड्ले १६.५ ओभरमा १७४–४ को अवस्थामा वर्षाको कारण रद्ध भएको थियो ।

२०१९ मा ओमानमा भने नेपालले नेदरल्यान्ड्सलाई ४ विकेटले हराएको थियो । उक्त जित दिलाउन अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा करणले दुई छक्का र एक चौका प्रहार गर्दै जित पक्का गरेका थिए । त्रिकोणात्मक सिरिजमा नेपालले सहज जित हात पारेको थियो ।

अंक तालिका :

नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स २ खेलमा १ मा हार र १ मा जित सहित २ अंक जोड्दै दोस्रो स्थानमा छ । मलेसिया दुबै खेलमा हारका साथ पुछारमा छ ।

नेपालको टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप जोरा, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम, कमलसिंह ऐरी, सुशन भारी ।

नेदरल्यान्ड्सको टोली : पिटर सीलार (कप्तान), टोबियस भिसे, बेन कुपर, म्याक्स ओडिवड, बास डी लीडे, विक्रमजित सिंह, स्कर्ट एडवार्डस, आर्यन दत्त, फिलिपे बोइससेवेन, पल पान मीकेरन, भिभिन किंगमा, टोनी स्टल, सेबस्टियान ब्राट र जुलियन डी मे

April 26, 2024

लुम्बिनी र कर्णाली फाइनलमा , बागमती बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिमसँग ३ विकेटले पराजित हुँदा बागमती प्रदेश रन रेटको आधारमा वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपको लिग चरणबाट बाहिरिएको छ। जितले बागमती अंक तालिकाको शीर्षस्थानमा रहँदै फाइनलमा पुग्ने थियो। तर हारले रन रेटको आधारमा बाहिरिएको हो। बागमतीको हारमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश फाइनलमा प्रवेश गर्न सफल भएका छन्। कम स्कोर‌को […]

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

Success

Thank you for your time.