default_image

3 years ago

April 20, 2021

पावरप्लेमा नेपालको राम्रो ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत चौथो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो पावरप्लेमा राम्रो ब्याटिङ गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले सुरुवाती ६ ओभर अर्थात पहिलो पावरप्लेमा १ विकेट गुमाउँदै ६० रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल २२ बलमा ६ चौका सहित ३४ रनमा अविजित […]

53 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत चौथो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो पावरप्लेमा राम्रो ब्याटिङ गरेको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले सुरुवाती ६ ओभर अर्थात पहिलो पावरप्लेमा १ विकेट गुमाउँदै ६० रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल २२ बलमा ६ चौका सहित ३४ रनमा अविजित छन् । ज्ञानेन्द्र मल्ल ११ बलमा २ चौका र १ छक्का सहित १९ रनमा क्रिजमा छन् । कुशलले सुरुवाती दुबै खेलमा अर्धशतक प्रहार गरेका थिए ।

सुरुवाती दुई खेलमा शतकीय साझेदारी ओपनिङ गरेको नेपालले तेस्रो खेलको नेदरल्यान्ड्सविरुद्ध २० रन जोड्दा पहिलो विकेट गुमाउन पुग्यो । तीव्र गतिका बलर भिभिन किंगमाको बलमा आसिफ मिडअनमा बेन कुपर बाट शून्यमा क्याच आउट भएका थिए । चार बलको सामना गरेका आसिफले तेस्रो खेलमा रन बनाउन सकेनन् । पहिलो खेलमा नेदरल्यान्ड्स ५४ रनमा अविजित रहँदा दोस्रो खेलमा मलेसियासँग ४२ रनमा आउट भएका थिए ।

नेपालको प्लइङ ११ : ज्ञानेन्द्र मल्ल (कप्तान, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम ।

नेदरल्यान्ड्सको प्लेइङ ११ : पिटर सीलार (कप्तान), टोबियस भिसे, बेन कुपर, म्याक्स ओडिवड, बास डी लीडे, स्कर्ट एडवार्डस, आर्यन दत्त, पल पान मीकेरन, भिभिन किंगमा, टोनी स्टल र जुलियन डी मे ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.