5 years ago
April 21, 2021
भुपेन्द्र जिसी, काठमाडौं
राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टियु क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टि२० आई सिरिजमा ऐतिहासिक सयौं खेल खेल्दैछन् ।

बिहिबार सन्दीप मलेसियाविरुद्ध मैदान उत्रँदा टि२० क्रिकेटमा एक सय खेल खेल्ने पहिलो नेपाली खेलाडी बन्ने छन् । हालसम्म सन्दीपले ९९ टि२० खेल खेलेका छन् । सन्दीपले सन् २०१८ मा इन्डियन प्रिमियर लिग (आइपिएल) बाट टि२० क्रिकेट खेल्न सुरु गरेका थिए ।
दिल्ली क्यापिटल्सबाट रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध मे १२ मा डेब्यू गर्दै पहिलो टि२० खेलेका सन्दीपले त्यसयता लगातार क्रिकेट खेल्दै आएका छन् । सन्दीपले टि२० आईमा विश्व ११ बाट वेस्टइन्डिजविरुद्ध २०१८ मे ३१ मा टि२० आईमा डेब्यू गरेका थिए । सन्दीप आफ्नो देशबाट नभएर संयुक्त टोलीबाट टि२०आई डेब्यू गर्ने पहिलो खेलाडी समेत हुन् । सन्दीपले नेपालबाट हालसम्म २४ र टेष्ट देशको फ्रेन्चाइज लिगमा कुल ७५ खेल खेलेका छन् ।
सन्दीपपछि नेपालबाट सर्वाधिक पूर्व कप्तान पारस खड्काले ५६ टि२० खेल खेलेका छन् । नेपालको लागि २० खेल जुन सर्वाधिक हो । त्यस्तै ज्ञानेन्द्र मल्ल ५३, विनोद भण्डारी ४६, वसन्त रेग्मी र शरद भेषावकरले ४०–४० खेल खेलेका छन् । सन्दीप नेपालबाट टि२० मा सर्वाधिक विकेट लिने बलरको सुचिमा दोस्रो स्थानमा छन् । उनले नेपालका लागि टि२० मा ४२ विकेट लिएका छन् ।

टि२० मा वसन्त रेग्मी सर्वाधिक विकेट लिने बलर हुन् । वसन्तले ५३ विकेट लिएका छन् । वसन्त र सन्दीप पछि करण केसीले ४१ र शक्ति गौचनले ३२ विकेट लिएका छन् । सन् २०१६ मा हङकङ टि ट्वान्टी ब्लिट्जबाट अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा यात्रा बढाएका सन्दीपले इन्डियन प्रिमियर लिग हुँदै बिग ब्यास लिग लगायतका टि२० फ्रेन्चाइज लिग खेलि सकेका छन् ।
सन्दीप वर्तमान समयका एसोसियट देशका एक उत्कृष्ट स्पिनरमा पर्दछन् । उनले छोटो समयमै विश्व क्रिकेटमा आफ्नो प्रभाव जमाएका छन् । २० वर्षिय सन्दीप लामिछाने नेपाली क्रिकेटका वर्तमान समयका प्रमुख स्पिनर हुन् । टि२० आई खेल स्वतः २० मा मानिन्छ । टेष्ट देशका क्रिकेट बोर्डले आयोजना गर्ने फ्रेन्चाइज लिगको खेललाई टि२० मान्यता दिने गरिन्छ ।

यी हुन् सन्दीपले खेलेका हालसम्मका टि२० खेल र लिएका विकेट
इन्डियन प्रिमियर लिग २०१८ : ३ खेल – ५ विकेट
क्यारेबिन प्रिमियर लिग २०१८ : ५ खेल – ७ विकेट
अफगानिस्तान प्रिमियर लिग २०१८ : १ खेल – २ विकेट
बिग ब्यास लिग २०१८/१९ : ८ खेल – ११ विकेट
बंगलादेश प्रिमियर लिग २०१८-१९ : ६ खेल – ४ विकेट
पाकिस्तान सुपर लिग २०१९ : ७ खेल – ११ विकेट
आईपीएल २०१९ : ६ खेल – ८ विकेट
क्वारेबिन प्रिमियर लिग २०१९ : ६ खेल – ८ विकेट
बिग ब्यास लिग २०१९/२० : १३ – १५ विकेट
बिग ब्यास २०२०र२१ : ८ खेल – ८ विकेट
सिपिएल २०२० : ११ खेल – १२ विकेट
नेपाली राष्ट्रिय टोलीबाट टि ट्वान्टी आई : २४ खेल – ४२ विकेट (विश्व ११ बाट खेलेको एक खेल सहित)
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]