5 years ago
April 22, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को १६ औं खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ७८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७७ रन बनायो ।

राजस्थानका युवा अलराउन्डर शिवम दुबेले ३२ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ४६ रनको योगदान दिए । तल्लोक्रममा राहुल टेवाटियाले २३ बलमा ४ चौका र २ छक्का सहित ४० रन जोड्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलमा पुर्याएका थिए । ओपनर जस बटलर ८ र मनान बोहरा ७ रनमा आउट हुँदा राजस्थानले खराब सुरुवात गरेको थियो ।
बटलरलाई बोल्ड आउट गरेका मोहम्मद शिराजले डेविड मिलरलाई शून्यमा एलबिडब्लू आउट गरे । कप्तान सञ्जु स्यामसन १८ बलमा २ चौका र १ छक्का सहित २१ रनमा आउट भए । युवा ब्याट्सम्यान रियान पराग १६ बलमा ४ चौका सहित २५ रनमा आउट भए । क्रिस मोरिस १० रनमा आउट हुँदा श्रेयस गोपाल ७ रनमा अविजित रहे ।

बेंगलोरका तीव्र गतिका बलर मोहम्मद शिराजले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । हर्षल पटेलले ४ ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । काइल जामिसन, केन रिचर्ड्सन र वासिन्टन सुन्दरको नाममा १–१ विकेट रह्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]