default_image

5 years ago

April 23, 2021

पन्जाबलाई मुम्बईको सामान्य लक्ष्य

184 views

0 Bookmark

एजेन्सी – कप्तान रोहित शर्माको अर्धशतकको बाबजुद मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा पन्जाब किंग्सलाई १ सय ३२ रनको लक्ष्य दिएको छ ।

चेन्नईमा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३१ रन बनायो । मुम्बईका कप्तान रोहित शर्माले ५२ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ६३ रनको योगदान दिए । सूर्यकुमार यादवले २७ बलमा ३ चौका र १ छक्का सहित ३३ रन बनाए ।

दीपक हुडाले दोस्रो ओभरको अन्तिम बलमा क्विन्टन डी ककलाई ३ रनमा क्याच आउट गराएका थिए । सातौं ओभरको अन्तिम बलमा रवि विश्रोईले ईशान किशनलाई ६ रनमा लोकेश राहुलबाट क्याच आउट गराएका थिए । किशनले १७ बलमा ६ रन मात्र जोडे । सात ओभरमा मुम्बईले मात्र २६ रन जोडेको थियो ।

तेस्रो विकेटका लागि सूर्य र रोहितले ५६ बलमा ७९ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । सूर्यलाई रवि विश्रोईले क्रिस गेलबाट क्याच आउट गराएका थिए । काईरन पोलार्डले १६, हार्दिक पान्ड्या १ र क्रुनाल पान्ड्याले ३ रन बनाए ।

पन्जाबका लागि युवा स्पिनरले रवि विश्रोईले जारी आइपिएलको पहिलो खेल खेल्दै ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । दीपक हुडा र अर्शदीप सिंहको नाममा १–१ विकेट रह्यो

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.