5 years ago
April 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा उपाधिको लागि शनिवार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ । खेल दिउँसो १ः१५ मा टियु क्रिकेट मैदानमा सुरु हुने छ । नेपाल लिग विजेता र नेदरल्यान्ड्स उपविजेता हुँदै फाइनलमा स्थान बनाएका हुन् ।

दमदार ब्याटिङ प्रदर्शनका साथ जित निकालेको नेपालले नेदल्यान्ड्सलाई पहिलो खेलमा ९ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने नेदरल्यान्ड्सले नेपालले प्रस्तुत गरेको २ सय ७ रनको विजयी लक्ष्य तीन बल अगाडि ७ विकेटको क्षतिमा पूरा गर्दै नेपाललाई गतिलो जवाफ फर्काएको थियो ।
आफ्ना केहि प्रमुख खेलाडी विनानै नेपाल आएको नेदरल्यान्ड्स उपाधिका साथ स्वदेश फर्किदै राम्रो सन्देश दिन चाहन्छ । घरेलु टोली नेपाल नेदरल्यान्ड्ससँगको हारबाट गतिको पाठ सिक्दै फाइनलमा उपाधि जित्न चाहन्छ । दुवै टोलीको मनोबल उच्च हुँदा फाइनलमा कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । तर उपाधि जित्न भने नेपालले फाइनलमा केहि सुधार गर्नुपर्ने कमजोरी देखिएका छन् ।

ब्याटिङ नेपालको प्रमुख समस्या मानिने गरिन्छ । यस पटक ब्याटिङमा सानदार प्रदर्शन हुँदा अन्य कमजोरीलाई खासै ख्याल गरिएको छैन । तर साना साना कमजोरी भने नेपाललाई फाइनलमा घातक बन्न सक्छन् । फाइनलमा नेपालले सुधार गर्नुपर्ने चार कमजोरी ।
१. डेथ ओभरमा उत्कृष्ट बलिङ
टि२० एकै ओभरमा पनि खेलले हार र जित निर्धारण गर्न सक्छ । समग्रमा नेपालको डेथ ओभर बलिङ हेर्ने हो भने केहि कमजोर देखिन्छ विशेष गरेर नेदरल्यान्ड्सविरुद्ध दुबै खेलमा त्यति राम्रो छैन । पहिलो खेलमा नेदरल्यान्ड्सले ९९–४ को अवस्थाबाट अन्तिम १८ बलमा ३७ रन जोडेको थियो ।
दोस्रो खेलमा २ सय ७ रनको विशाल लक्ष्य पूरा गर्नेक्रममा अन्तिम १५ बलमा ४७ रन जोड्दै सानदार जित निकालेको थियो । १९ औं ओभर टि२० क्रिकेटमा निकै महत्वपूर्ण मानिन्छ ।

नेदरल्यान्ड्सविरुद्ध दुबै खेलको १९ औं ओभरमा नेपालले महँगो रन खर्चेको छ । उक्त ओभरमा पहिलो खेलमा करण केसीले १७ र दोस्रो खेलमा अभिनाश बोहराले १९ रन खर्चेका थिए । फाइनलमा नेपालले करण, अभिनाश र सोमपाललाई तीव्र गतिको बलरमा खेलाउने छ ।
अभिनाश डेथ ओभर स्पेलिष्ट बलरको रुपमा खेलेका छन् । अभिनाशबाट नेपालले उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ । करण र सोमपालले राम्रो साथ दिन आवश्यक देखिन्छ । नेपालले नेदरल्यान्ड्सलाई सस्तैमा रोक्न डेथ ओभरमा बलिङ गर्ने बलरले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने देखिन्छ ।
२. उत्कृष्ट फिनिसिङ
नेपालले नेदरल्यान्ड्सँग विशाल रन बनाउनेक्रममा अन्तिम १८ बलमा मात्र २८ रन जोडेको थियो । मलेसियासँग अन्तिम ओभरमा नेपालले ४ रन मात्र जोडेको थियो । नेदरल्यान्ड्सँग विशाल रन बनाउनेक्रममा अन्तिम ओभरमा ११ रन जोडेको थियो ।
मलेसियासँग पहिलो र नेदरल्यान्ड्ससँग भने सहजै ९ विकेटले जितेको थियो । आसिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट सुरुवात दिलाई रहेका छन् । मध्यक्रममा दीपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्ल जस्ता ब्याट्सम्यान छन् ।

तल्लोक्रममा विनोद भण्डारी, कुशल मल्ल, करण र सोमपाल छन् । यी चारै ब्याट्सम्यान ठूला सटका लागि परिचित छन् । यी चारै ब्याट्सम्यानले एकै ओभरमा खेललाई मोड्न पनि सक्छन् ।
करणले मलेसियासँग अन्तिम १३ बलमा ७ छक्का सहित ४५ रन बनाउँदै राम्रो अन्त्य गरेका थिए । त्यस्तै अन्त्य नेदरल्यान्ड्सविरुद्ध गर्न देखिन्छ । विशेष गरेर अन्तिम ओभरलाई विशाल ओभरमा बदल्ल सक्नुपर्छ ।
३. फिल्डिङमा सुधार

यस सिरिजमा नेपालको फिल्डिङ कमजोर देखिएको छ । जितको लागि ब्याटिङ र बलिङ उत्कृष्ट भएर मात्र हुँदैन । फिल्डिङ पनि त्यतिनै राम्रो हुन आवश्यक देखिन्छ । नेदरल्यान्ड्ससँग नेपालले हार्नुको एक कारण फिल्डिङ थियो ।
एउटा मिस्फिल्डिङले खेलको माहोल नै परिवर्तन गर्न सक्छ । बलरको मनोबलमा गिराबट आउन सक्छ । जसको लागि नेपालले फिल्डिङमा सुधार गर्न आवश्यक देखिन्छ ।
४. कसिलो स्पिन बलिङको आवश्यक
यस सिरिजमा नेपाली स्पिन बलरको इकोनमी भने त्यति राम्रो छैन । साहब आलमले ३ खेलमा ९.७७ को ईकोनमीमा २ विकेट लिएका छन् । सुशन भारीले १ खेलमा ११.६६ को ईकोनमीमा बलिङ गरेका छन् । सन्दीपले ४ खेलमा ११ विकेट लिएका छन् । तर पछिल्लो खेलमा उनको ईकोनमी १० भन्दामाथि छ ।

नेदरल्यान्ड्सँग सन्दीपले ४ ओभरमा ४८ रन खर्चेर ४ विकेट लिएका थिए । साहबले २ ओभरमा २३ रन खर्चेका थिए । मध्यक्रममा स्पिनरको प्रदर्शन निकै महत्वपूर्ण हुने गर्दछ । जसमा इकोनमीमा पनि ध्यान दिन आवश्यक देखिन्छ ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]