default_image

5 years ago

April 27, 2021

दिल्लीविरुद्ध साम्सको डेब्यू

151 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २२ खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध पहिला बलिङ गर्ने भएको छ । अहमदाबादमा दिल्लीका कप्तान ऋषभ पन्तले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

दिल्लीले स्पिनर रविचन्द्रन आश्विनको स्थानमा तीव्र गतिका बलर ईशान्त शर्मालाई मौका दिएको छ । आश्विनले कोरोना महामारीको कारण परिवारलाई साथ दिने बताउँदै नाम फिर्ता लिएका थिए । बेंगलोरले अष्ट्रेलिया तीव्र गतिका बलर ड्यानियल साम्सलाई आजको खेलमा डेब्यू गराएको छ । साम्सले गतवर्ष दिल्लीबाट आइपिएल खेलेका थिए । डानियल क्रिष्टियनको स्थानमा साम्सलाई मौका दिएको छ । त्यस्तै नवदीप सैनीको स्थानमा रजत पाटिदारलाई मौका दिएको छ । दिल्ली र बेंगलोरबीचको विजेता शीर्षस्थानमा उक्लिने छ ।

दिल्लीको प्लेइङ ११ : पृथ्वी शा, शिखर धवन, ऋषभ पन्त (कप्तान), स्टिभ स्मिथ, शिम्रन हेटमायर, मार्कस स्टोइनिस, अक्षर पटेल, अमित मिश्रा, कागिसो रबाडा, ईशान्त शर्मा र आवेश खान ।

बेंगलोरको प्लेइङ ११ : विराट कोहली (कप्तान), देवदत्त पाडिक्कल, ग्लेन म्याक्सवेल, एवी डिभिलियर्स, वासिन्टन सुन्दर, ड्यानियल साम्स, काइल जामिसन, हर्षल पटेल,रजत पाटिदार, युजभेन्द्र चहल र मोहम्मद शिराज ।

आइपिएल अंक तालिका

चेन्नई ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली ५ खेलमा ४ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । बेंगलोर ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक भएपनि नेटरनरेटको आधारको तेस्रो स्थानमा छ । मुम्बई ५ खेलमा ३ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । कोलकाता ६ खेलमा ४ मा हार र २ मा जित सहित पाँचौ स्थानमा छ । पन्जाब छैटौं, राजस्थान रोयल्स सातौं र सनराइजर्स हैदराबाद पुछारमा छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.