default_image

5 years ago

April 28, 2021

चेन्नईलाई शीर्ष स्थानमा उक्लिने अवसर

119 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २३ औं खेलमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा दिल्लीमा सुरु हुने छ ।

चेन्नई आजको खेलमा पुछारमा रहेको हैदराबादलार्ई हराउँदै शीर्षस्थानमा उक्लिने सोचमा छ । हैदराबाद चेन्नईमाथि जित निकाल्दै पुछारबाट उक्लिन चाहन्छ । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई राम्रो लयमा रहँदै पछिल्ला चार खेलमा लगातार जित निकालेको छ । तीव्र गतिका बलर दीपक चाहर, अलराउन्डर रविन्द्र जडेजा र ब्याट्सम्यान फाफ डु प्लेसिस उच्च लयमा छन् ।

चेन्नईले पछिल्लो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६९ रनले पराजित गरेको थियो । जसक्रममा रविन्द्र जडेजाले २८ बलमा ६२ रनको अविजित इनिङ खेल्दा तीन महत्वपूर्ण विकेट लिएका थिए । अन्तिम ओभरमा हर्षल पटेललाई जडेजाले ५ छक्का सहित कुल ३७ रन जोडेका थिए । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने जडेजा हैदराबादलाई घातक बन्न सक्छन् ।


फाफ डु प्लेसिस राम्रो लयमा छन् । पछिल्लो दुई खेलमा फाफ डु प्लेसिसले अर्धशतक प्रहार गरेका छन् । कोलकाता नाइट राइडर्ससँग ९५ रनको अविजित इनिङ खेल्दा बेंगलोरविरुद्ध ५० रन जोडेका थिए । डु प्लेसिसको लय रोक्न हैदारबादका बलरलाई कठिन पर्न सक्छ । दीपक चाहरले पावर प्लेमा उच्च प्रदर्शन गर्दै आएका छन् । चाहरले कोलकाता र पन्जाबसँगको खेलमा ४–४ विकेट लिएका थिए । युवा ओपनर ऋतुराज गायकवाड मध्यक्रममा सुरेश रैना, धोनी, जडेजा, साम करन जस्ता खेलाडी हुँदा चेन्नईको ब्याटिङ बलियो छ । बलिङमा दीपक चाहरलाई शार्दूल ठाकुर, साम करन र मध्यगतिका ड्वेन ब्राभोले साथ दिने छन् । स्पिनरमा इमरान ताहिर र जडेजा जस्ता अनुभवी खेलाडी हुने छन् ।


यता हैदराबाद २ अंकका साथ पुछारमा छ । प्लेअफको सम्भावना कायमै राख्न आजको खेलमा जित्नै पर्ने दबाब छ । पछिल्लो खेलमा हैदराबाद दिल्लीसँग सुपर ओभरमा पराजित भएको थियो । जसक्रममा केन विलियम्सनले ६६ रनको अविजित इनिङ खेलेका थिए । जोनी बेयरस्टो पनि राम्रो लयमा देखिएका छन् । तर कप्तान डेविड वार्नरले भने यस सिजनमा संघर्ष गरेका छन् । जसले गर्दा टोलीलाई जितको लागि कठिन बनेको छ ।


हैदराबाद वार्नर आफ्नो लय समाउँदै ठूलो इनिङ चाहन्छ । हैदराबादको मुख्य कमजोरी मध्यक्रम र फिनिसर हो । दिल्लीविरुद्ध डेब्यू खेलमा जगदिश सुचिथले तल्लोक्रममा राम्रो ब्याटिङको साथ हैदराबादलाई राम्रो सम्भावना देखाएका छन् । केदार जाधवको स्थामा मनिष पाण्डे र युवा ब्याट्सम्यान विराट सिंहको स्थानमा अब्दुल सामदलाई मौका दिन सक्छ । लेगस्पिनर राशिद खान हैदराबादका प्रमुख हतियार हुन् । तीव्र गतिको बलिङमा खलिल अहमद, सिद्धार्थ कौल र अभिषेक शर्मा छन् ।


हेड टु हेड :

आइपिएलमा चेन्नई र हैदराबादबीच कुल १४ खेल भएको छ । जसमा चेन्नई १० खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ । चेन्नईले हैदराबादविरुद्ध बनाएको सर्वाधिक २ सय २३ र कम १ सय ३२ रन छ । हैदराबादले चेन्नईविरुद्ध बनाएको सर्वाधिक रन १ सय ९२ र कम १ सय ३९ रन छ । पछिल्ला पाँच खेलमा चेन्नई तीन खेलमा विजयी हुँदा २ खेलमा पराजित भएको छ । गत वर्ष पहिलो खेलमा हैदराबाद ७ रनले विजयी हुँदा दोस्रो खेलमा २० रनले पराजित भएको थियो ।

अंक तालिका

बेंगलोर ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्ष स्थानमा छ। चेन्नई ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका दोस्रो शीर्षस्थानमा छ । दिल्ली ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । मुम्बई ५ खेलमा ३ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । कोलकाता ६ खेलमा ४ मा हार र २ मा जित सहित पाँचौ स्थानमा छ । पन्जाब ६ खेलमा ४ मा हार र २ मा जित सहित ४ अंक जोड्दै छैटौं स्थानमा छ । राजस्थान रोयल्स ५ खेलमा ३ मा हार र २ मा जित सहित ४ अंकका साथ सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद ५ खेलमा ४ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.