5 years ago
April 28, 2021
एजेन्सी – अष्ट्रेलिया ओपनर डेविड वार्नरले टि२० क्रिकेटमा आफ्नो १० हजार रन पूरा गरेका छन् । वार्नर टि२० क्रिकेटमा १० हजार रन पूरा गर्ने चौथो खेलाडी हुन् । अष्ट्रेलियाबाट टि२० क्रिकेटमा १० हजार रन पूरा गर्ने ऐतिहासिक पहिलो खेलाडी बनेका छन् ।

इन्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार सनराइजर्स हैदराबादका कप्तान वार्नरले चेन्नई सुपर किंग्सविरुद्ध ५५ बलमा ३ चौका र २ छक्का सहित ५७ रन बनाउनेक्रममा टि२० करिअरको १० हजार रन पूरा गरेका थिए । वार्नर आइपिएलमा ५० औं अर्धशत प्रहार गर्ने पहिलो खेलाडी पनि बनेका छन् । यसअघि टि२० आई क्रिकेटमा १० हजार रन वेस्टइन्डिजका दुई र पाकिस्तानका एक खेलाडीले मात्र पूरा गरेका थिए ।

टि२० क्रिकेटमा सर्वाधिक रन क्रिस गेलको नाममा छ । गेलले ४ सय १४ इनिङमा १३ हजार ८ सय ३९ रन बनाएका छन् । दोस्रो स्थानमा वेस्टइन्डिजका काइरन पोलार्ड छन् । पोलार्डले ४ सय ७९ इनिङमा १० हजार ६ सय ९४ रन बनाएका छन् । पाकिस्तानका सोएब मलिकले ३ सय ८९ इनिङमा १० हजार ४ सय ८८ रन बनाएका छन् । वार्नरले ३ सय ३ इनिङमा १० हजार १७ रन बनाएका हुन् ।

अष्ट्रेलियाबाट वार्नरपछि सर्वाधिक रन टि२० मा कप्तान आरोन फिन्चले बनाएका छन् । फिन्चले ३ सय १४ इनिङमा ९ हजार ७ सय १८ रन बनाएका छन् । आइपिएलमा वार्नरपछि सर्वाधिक अर्धशतक दिल्ली क्यापिटल्सका शिखर धवनले ४३ प्रहार गरेका छन् । बेंगलोरका एवि डिभिलियर्स, विराट कोहली र मुम्बईका राहित शर्मा ४०-४० अर्धशतक प्रहार गरेका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]