default_image

5 years ago

April 28, 2021

हैदराबादलाई हराउँदै चेन्नई शीर्षस्थानमा

182 views

0 Bookmark

एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राती हैदराबादमाथि सानदार जित निकाल्दै चेन्नईले रोयल च्यालेन्जर्स बेंगलोरलाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको थियो । जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १८.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

चेन्नईका ओपनर ऋतुराज गायकवाडले ४४ बलमा १२ चौका सहित सर्वाधिक ७५ रनको योगदान दिए । फाफ डु प्लेसिस ले ३८ बलमा ६ चौका र १ छक्का सहित ५६ रनको योगदान दिए । मोईन अली १५, रविन्द्र जडेजा ७ र सुरेश रैनाले १७ रन बनाए ।


चेन्नईलाई ओपनर ऋतुराज गायकवाड र फाफ डु प्लेसिस १३ ओभरमा १ सय २९ रनको उत्कृष्ट साझेदारी गरेपछि चेन्नईले सानदार जित हात पारेको हो । स्पिनर राशिद खानले ऋतुराज गायकवाडलाई बोल्ड गर्दै साझेदारी तोडेका थिए । फाफ डु प्लेसिस र अलीलाई राशिदले आउट गरेका थिए । हैदराबादका राशिद खानले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । अन्यले विकेट लिन सकेनन् ।

त्यसअघि दिल्लीमा टस जितेर पहिला ब्याटिङ थालेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो । हैदराबादका मनिष पाण्डे ४६ बलमा ५ चौका र १ छक्का सहित सहित सर्वाधिक ६१ रनको योगदान दिए । कप्तान डेविड वार्नरले ५५ बलमा ३ चौका र २ छक्का सहित ५७ रनको योगदान दिए । वार्नर आइपिएलमा ५० अर्धशतक पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । त्यस्तै करिअरको टि२० मा १० हजार रन पनि पूरा गरेका छन् ।

आक्रामक अन्त्य गर्दै केन विलियम्सन १० बलमा ४ चौका र १ छक्का सहित २६ रनमा अविजित रहे । केदार जाधव १२ रनमा अविजित रहे । चौथो ओभरको दोस्रो बलमा ओपनर जोनी बेयरस्टोलाई हैदराबादले ब्यक्तिगत ७ रनमा गुमाएको थियो ।

साम करनले दीपक चाहरबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । तर दोस्रो विकेटका लागि वार्नर र मनिषले ८७ बलमा १ सय ६ रनको साझेदारी गर्दै मध्यम योगफलमा पुर्याएका थिए ।

वार्नरलाई १८ औं ओभरको पहिलो बलमा लुन्गि एनगिडीले रविन्द्र जडेजाबाट क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए । यसै ओभरको पाँचौ बलमा मनिष फाफ डु प्लेसिसबाट क्याच आउट हुन पुगे । चेन्नईका तीव्र गतिका बलर लुन्गी एनगिडीले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । साम करनको नाममा १ विकेट रह्यो । चेन्नईले अव शनिवार मुम्बईसँग खेल्ने छ । हैदराबादले आइतबार राजस्थान रोयल्ससँग खेल्ने छ ।

अंक तालिका

यो जितसँगै चेन्नई ६ खेलमा ५ जित र १ मा हार सहित १० अंक सहित शीर्षस्थानमा उक्लिएको छ । बेंगलोर ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ । दिल्ली ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक सहित तेस्रो स्थानमा छ । मुम्बई ५ खेलमा ३ मा हार र २ मा जित सहित चौथो स्थानमा छ ।

कोलकाता ६ खेलमा ४ मा हार र २ मा जित सहित पाँचौ स्थानमा छ । पन्जाब ६ खेलमा ४ मा हार र २ मा जित सहित ४ अंक जोड्दै छैटौं स्थानमा छ । राजस्थान रोयल्स ५ खेलमा ३ मा हार र २ मा जित सहित ४ अंकका साथ सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद ६ खेलमा ५ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.