default_image

5 years ago

April 29, 2021

पृथ्वीको उत्कृष्ट ब्याटिङमा दिल्लीको सानदार जित

187 views

0 Bookmark

एजेन्सी – ओपनर पृथ्वी शाको उत्कृष्ट ब्याटिङको सहयोगमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा कोलकाता नाइट राइडर्समाथि ७ विकेटको सानदार जित निकालेको छ । यो जितसँगै दिल्ली अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।


जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १६.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीका ओपनर पृथ्वी शाले ४१ बलमा ११ चौका र ३ छक्का सहित ८२ रनको उत्कृष्ट इनिङ खेले । पहिलो ओभरमै युवा तीव्र गतिका बलर शिवम माभीलाई लगातार ६ बलमा ६ चौका प्रहार गर्दै उत्कृष्ट सुरुवात गरेका शाले सानदार इनिङ खेल्दा दिल्लीले सहज जित हात पारेको हो ।

आइपिएल इतिहासमा शा एकै ओभरमा ६ चौका प्रहार गर्ने दोस्रो खेलमा हुन् । शा अघि सन् २०१२ मा अजिक्या रहानेले राजस्थान रोयल्सबाट रोयल च्यालेन्जर्स बेंगलोरका श्रीनाथ अव्रिन्दलाईलाई एकै ओभरमा ६ चौका प्रहार गरेका थिए ।


ओपनर पृथ्वी शा र शिखर धवनले पहिलो विकेटका लागि १३.५ ओभरमा १ सय ३२ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै सहज जिततर्फ अघि बढाएका थिए । प्याट कमिन्सको फुलटस बल मिस गर्दा धवन ४६ रनमा एलबिडब्लू आउट हुन पुगेका थिए । धवनले ४७ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

शा पनि १६ औं ओभरमा दोस्रो बलमा कमिन्सको बलमा ठूलो सट खेल्नेक्रममा टप एज लागेर नितिश रानाबाट क्याच आउट हुन पुगेका थिए । दुई बल पछि ठूलो सट खेलेका कप्तान ऋषभ पन्त शिवम माभीबाट १६ रनमा क्याच आउट हुन पुगेका थिए । मार्कस स्टोइनिस ६ रनमा अविजित रहे । कोलकाता प्याट कमिन्सले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । कोलकाता आन्द्रे रसेल २७ बलमा २ चौका र ४ छक्का सहित ४५ रनमा अविजित रहे । युवा ओपनर सुभमन गिलले ३८ बलमा ३ चौका र १ छक्का सहित ४३ रनको योगदान दिए । प्याट कमिन्स ११ रनमा अविजित रहे ।

स्पिनर अक्षर पटेलले चौथो ओभरको चौथो बलमा ओपनर नितिश रानालाई विकेटकिपर ऋषभ पन्तबाट १५ रनमा स्टम्पिङ आउट गर्दै पहिलो सफलता दिलाएका थिए । दोस्रो विकेटका लागि राहुल त्रिपाठी र सुभमन गिलले ३५ बलमा ४४ रनको साझेदारी गरेका थिए । दशौं ओभरको तेस्रो बलमा मार्कस स्टोइनिसले राहुल त्रिपाठीलाई १९ रनमा ललित यादवबाट क्याच गराउँदै साझेदारी तोडे ।

लगत्तै ११ औं ओभरको दोस्रो बलमा ललितले कप्तान ओईन मोर्गनलाई शून्यमा स्टिभ स्मिथबाट क्याच आउट गराए । दुई बलपछि सुनिल नारायण शून्यमा बोल्ड आउट हुँदा कोलकाता ७५–४ को कमजोर अवस्थामा पुगेको थियो । १३ औं ओभरको अन्तिम बलमा आवेश खानले सुभमन गिललाई स्मिथबाट क्याच गराए । दिनेश कार्तिकलाई अक्षर पटेलले १४ रनमा एबिडब्लू आउट गरे ।

दिल्लीका ललित यादवले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । अक्षर पटेलले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । आवेश खान र मार्कस स्टोइनिसको नाममा १–१ विकेट रह्यो ।

अंक तालिका

चेन्नई सुपर किंग्स ६ खेलमा ५ जित र १ मा हार सहित १० अंक सहित शीर्षस्थानमा छ । दिल्ली क्यापिटल्स ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । रोयल च्यालेन्जर्स बेंगलोर ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । साविक विजेता मुम्बई इन्डियन्स ६ खेलमा ३ मा हार र ३ मा जित सहित ६ अंक बटुल्दै चौथो स्थानमा छ ।

कोलकाता ७ खेलमा ५ मा हार र २ जित सहित ४ अंकका साथ पाँचौ स्थानमा छ । पन्जाब ६ खेलमा ४ मा हार र २ मा जित सहित ४ अंक जोड्दै छैटौं स्थानमा छ । राजस्थान रोयल्स ६ खेलमा ४ मा हार र २ मा जित सहित ४ अंकका साथ सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद ६ खेलमा ५ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ । दिल्लीले आइतबार पन्जाबसँग खेल्ने छ । कोलकाताले मंगलबार बेंगलोरसँग खेल्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.