default_image

5 years ago

April 30, 2021

राहुलको उत्कृष्ट ब्याटिङमा बेंगलोरलाई बलियो लक्ष्य

132 views

0 Bookmark

एजेन्सी – कप्तान लोकेश राहुलको उत्कृष्ट ब्याटिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २६ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ८० रनको बलियो लक्ष्य दिएको छ ।

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । पन्जाबका कप्तान लोकेश राहुल ५७ बलमा ७ चौका र ५ छक्का सहित सर्वाधिक ९१ रनमा अविजित रहे ।

चौथो ओभरको तेस्रो बलमा ओपनर प्रभस्म्रन सिंहलाई काइल जामिसनले विराट कोहलीबाट ७ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । नियमित ओपनर मयंक अग्रवाल फिट नहुँदा सिंहलाई मौका दिएको थियो । दोस्रो विकेटका लागि राहुल र क्रिस गेलले ४५ बलमा ८० रनको साझेदारी गर्दै विशाल योगफलको सम्भावना देखाएका थिए । तर ११ औं ओभरको चौथो बलमा ड्यानियल साम्सको बाउन्सर बलमा गेल एवि डिभिलियर्सबाट ४६ रनमा क्याच आउट हुन पुगेपछि पन्जाबले लगातार विकेट गुमाउँदा विशाल योगफल बनाउन चुकेको थियो ।


गेलले २४ बलमा ६ चौका र २ छक्का प्रहार गरे । त्यसअघि गेलले छैटौं ओभरमा काइल जामिसनलाई गेलले पाँच चौका प्रहार गरेका थिए । गेल आउट भएसँगै बेंगलोरले खेलमा पूनरागमन गरेको थियो । निकोलस पुरन शून्य, दीपक हुडा ५ र शाहरुख खान शून्यमा आउट हुँदा पन्जाब ११८–५ को कमजोर अवस्थामा पुगेको थियो ।

पन्जाबले १७ रन जोड्न मध्यक्रमका प्रमुख ४ विकेट गुमाएको थियो । तल्लोक्रममा युवा ब्याट्सम्यान हरप्रित ब्रार १७ बलमा १ चौका र २ छक्का सहित २५ रनमा अविजित रहे । राहुल र ब्रारले छैटौं विकेटका लागि ३२ बलमा ६१ रनको अविजित उत्कृष्ट साझेदारी गरेपछि मध्यक्रममा धरासय बनेको पन्जाबले बलियो योगफल तयार पारेको हो ।

बेंगलोरका तीव्र गतिका बलर काइल जामिसनले ३ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । युजभेन्द्र चहल, ड्यानियल साम्स, शाहवाज अहमदले १–१ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.