5 years ago
May 1, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को बाँकी खेलमा सनराइजर्स हैदराबादको कप्तानी न्युजिल्यान्डका कप्तान केन विलियम्सनले गर्ने भएका छन् ।

अष्ट्रेलिया ओपनर डेविड वार्नरलाई नेतृत्वबाट हटाउँदै हैदराबादले विलियम्सनलाई कप्तानी दिएको जानकारी गराएको छ । सुरुवाती ६ खेलमा हैदराबाद १ मा जित र ५ मा हार सहित पुछारमा रहेपछि आइतबार राजस्थान रोयल्ससँग खेल्नुअघि कप्तान परिवर्तन गरेको छ । विलियम्सनको कप्तानीमा हैदराबादले सन् २०१८ मा फाइनल सम्मको यात्रा तय गरेको थियो । फाइनलमा चेन्नई सुपर किंग्ससँग हैदराबाद ८ विकेटले पराजित भएको थियो ।
सन् २०१६ मा वार्नरको कप्तानीका हैदराबादले उपाधि जितेको थियो । वार्नरको कप्तानीमा हैदराबादले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ रनले हराउँदै उपाधि जितेको थियो । वार्नरले खेलाडीको रुपमा भने आइपिएल खेल्दै विलियम्सनलाई सहयोग गर्ने छन् । बल टेम्पिरिङ काण्डका कारण स्टिभ स्मिथ र डेविड वार्नर २०१८ मा १ वर्षे प्रतिबन्ध परेपछि ११ औं संस्करणको आइपीएलमा हैदरावादले केन विलियम्सनलाई कप्तानीको जिम्मेवारी दिएको थियो ।

वार्नरले गत वर्षदेखि पुन हैदराबादको कप्तानी गरेका थिए । यस सिजनमा वार्नरको कप्तानीलाई लिएर आलोचना भएको थियो । विषेश गरेर दिल्लीसँग सुपर ओभरमा जोनी बेयरस्टोलाई ब्याटिङ नगराएपछि वार्नरको आलोचना झनै बढेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]