default_image

5 years ago

May 1, 2021

चेन्नईको सानदार ब्याटिङमा मुम्बईलाई विशाल लक्ष्य

167 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई २ सय १९ रनको विशाल लक्ष्य दिएको छ । अरुण जेटली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १८ रन बनायो ।

उत्कृष्ट अन्त्य गर्नेक्रममा चेन्नईका मध्यक्रमका ब्याट्सम्यान अम्बाती रायुडूले विष्फोटक इनिङ खेल्दै २७ बलमा ४ चौका र ७ छक्का सहित सर्वाधिक ७२ रनमा अविजित रहे । रायुडूले मात्र २० बलमा अर्धशतक प्रहार गरेका थिए । मोईन अलीले ३६ बलमा ५ चौका र ५ छक्का सहित ५८ रनको योगदान दिए । फाफ डु प्लेसिसले पनि अर्धशतकीय इनिङ खेले ।

तीव्र गतिका बलर ट्रेन्ट बोल्टले पहिलो ओभरको चौथो बलमा ओपनर ऋतुराज गायकवाडलाई ४ रनमा हार्दिक पान्ड्याबाट प्वाइन्टमा क्याच गराउँदै मुम्बईलाई पहिलो सफलता दिलाएका थिए । तर त्यसपछि दोस्रो विकेटका लागि मोईन अली र फाफ डु प्लेसिसले १ सय ८ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि चेन्नई विशालयोगफल तर्फअघि बढेको थियो ।

जस्प्रित बुमराहले ११ औं ओभरको पाँचौं बलमा अलीलाई क्विन्टन डी ककबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । चेन्नईले मात्र चार रन जोड्न तीन विकेट गुमाएपछि रनको गतिमा केहि कमि आएको थियो । लगत्तै अर्को ओभरको पाँचौ बलमा फाफ डु प्लेसिसलाई काइरन पोलार्डले जस्प्रित बुमराहबाट ५० रनमा क्याच आउट हुन पुगेका थिए । स्कुप सट खेलेका डु प्लेसिस फाइन लेगमा समातिन पुगेका थिए ।


डु प्लेसिसले २८ बलमा २ चौका र ४ छक्का प्रहार गरे । डु प्लेसिसको जारी आइपिएलमा यो लगातार चौथो अर्धशतक हो । लगत्तै अर्को बलमा सुरेश रैना ठूलो सट खेल्नेधुनमा डीप मिडविकेटमा क्रुनाल पान्ड्याबाट २ रनमा समातिन पुगे । पाँचौं विकेटका लागि रायुडू र रविन्द्र जडेजाले ४९ बलमा १ सय २ रनको उत्कृष्ट अविजित शतकीय साझेदारी गरेपछि चेन्नईले विशाल योगफल तयार पारेको हो । जडेजा २२ बलमा २ चौका सहित २२ रनमा अविजित रहे ।

मुम्बईका काइरन पोलार्डले २ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा ५६ रन खर्चेर १ विकेट लिए । बुमराहको आइपिएल इतिहासकै खराब प्रदर्शन हो । ट्रेन्ट बोल्टको नाममा १ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.