default_image

5 years ago

May 2, 2021

पुछारका हैदराबाद र राजस्थान भिड्दै

143 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २८ औं खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा अरुण जेटली स्टेडियम दिल्लीमा सुरु हुने छ । हैदराबाद ६ खेलमा १ मा जित र ५ मा हार सहित पुछारमा छ ।

राजस्थान समान खेलमा २ मा जित र ४ मा हार सहित सातौं स्थानमा छ । राजस्थानसँग खेल्नुअघि हैदराबादले कप्तान परिवर्तन गरेको छ । डेविड वार्नरको स्थानमा केन विलियम्सनले कप्तानी गर्ने छन् । हैदराबाद विलियम्सनको कप्तानीमा टोलीमा परिवर्तनका साथ उत्कृष्ट नतिजा निकाल्न चाहन्छ । राजस्थान तेस्रो जित निकाल्ने सोचमा छ । दुबै टोलीलाई शीर्ष चारमा रहेर प्लेअफ खेल्ने आशा कायमै राख्न बलियो बनाउन आजको खेल जित्नै पर्ने दबाब छ ।


दुबै टोलीको कमजोर ब्याटिङ प्रमुख समस्या हो । हैदराबादले आजको खेलमा डेविड वार्नरको स्थानमा इंग्ल्यान्डका ओपनर जेयस रोयलाई मौका दिन सक्छ । वार्नरले यस सिजनमा प्रदर्शनमा संघर्ष गर्दै आएका छन् । रोय र जोनी बेयरस्टोको साथ ओपनिङमा उत्कृष्ट सुरुवात चाहन्छ । मनिष पाण्डे र केन विलियम्सन मध्यक्रममा हतियार हुन् । यी दुई ब्याट्सम्यानको उच्च प्रदर्शन विना हैदराबादलाई जितको लागि कठिन पर्ने देखिन्छ ।

केदार जाधवको स्थानमा युवा ब्याट्सम्यान प्रियम गर्ग वा अब्दुल सामद मध्य एकलाई मौका दिन सक्छ । तीन तीव्र गतिका बलरमा खलिल अहमद, सन्दीप शर्मा र सिद्धार्थ कौललाई खेलाउने सम्भावना देखिन्छ । पार्ट टाइम तीव्र गतिका बलरमा विजय शंकर रहने छन् । स्पिनरमा राशिद खानलाई खेलाउने छ । जगदिश सुचिथ अलरान्डरको रुपमा खेल्ने छन् ।

राजस्थानको ओपनिङ जस बटलर र यशस्वी जैसवालले गर्ने छन् । अघिल्लो खेलमा मुम्बईसँग पराजित भएपनि यी दुई खेलाडीले राम्रो सुरुवात दिलाएका थिए । सुरुवात पाई सकेपछि ठूलो इनिङमा भने बदल्न आवश्यक देखिन्छ । कप्तान सञ्जु स्यामसनलाई ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ । डेविड मिलर, शिवम दुबे र राहुल टेवाटियाबाट राजस्थान उत्कृष्ट प्रदर्शन चाहन्छ । मिलरको स्थानमा राजस्थानले लियमा लिभिङस्टोनलाई मौका दिन सक्छ ।

स्टोन ठूला सट र इनिङको लागि परिचित छन् । युवा तीव्र गतिक बलर चेतन सकारियले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । प्रमुख तीव्र गतिका बलर क्रिस मोरिसलाई सकारिया, जयदेव उनादकट र मुस्ताफिजुर रहमानले राम्रो साथ दिन आवश्यक देखिन्छ । रहमानलाई बेन्चमा राख्दै मिलर र लिभिङस्टोन दुबै ब्याट्सम्यानलाई मैदान उतार्न पनि सक्छ ।


हेड टु हेड :

राजस्थान र हैदराबादबीच कुल १३ खेल भएको छ । राजस्थान ६ र हैदराबाद ७ खेलमा विजयी भएको छ । गतवर्ष पहिलो खेलमा राजस्थान ५ विकेटले विजयी हुँदा दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो । पछिल्ला पाँच खेलमा हैदराबाद ३ खेलमा विजयी हुँदा २ खेलमा पराजित भएको छ ।

अंक तालिका

चेन्नई सुपर किंग्स ७ खेलमा ५ जित र २ मा हार सहित १० अंक सहित शीर्षस्थानमा छ । दिल्ली क्यापिटल्स ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । मुम्बई इन्डियन्स ७ खेलमा ३ मा हार र ४ मा जित सहित ८ अंक बटुल्दै चौथो स्थानमा छ ।

पन्जाब ७ खेलमा ४ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै पाँचौं स्थानमा छ । कोलकाता ७ खेलमा ५ मा हार र २ जित सहित ४ अंकका साथ छैटौं स्थानमा छ । राजस्थान रोयल्स ६ खेलमा ४ मा हार र २ मा जित सहित ४ अंकका साथ सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद ६ खेलमा ५ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ । मुम्बईले अव मंगलबार हैदराबादसँग खेल्ने छ । चेन्नईले बुधबार राजस्थान रोयल्ससँग खेल्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.