5 years ago
May 2, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा दिल्ली क्यापिटल्सलाई पन्जाब किंग्सविरुद्ध खेलमा अंक तालिकामा शीर्ष स्थानमा उक्लिने अवसर छ । पन्जाब र दिल्लीबीचको खेल नेपाली समय अनुसार आज (आइतबार) साँझ ७ : ४५ मा नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुने छ ।

दिल्ली ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा छ । दिल्ली आजको खेलमा विजयी भए १२ अंकका साथ शीर्षस्थानमा उक्लिने छ । शीर्षस्थानमा रहेको चेन्नई सुपर किंग्सको ७ खेलमा १० अंक छ । पन्जाब ७ खेलमा ३ मा जित र ४ मा हार सहित ६ अंक जोड्दै पाँचौं स्थानमा छ । पन्जाब आजको खेलमा विजयी भए चौथो स्थानमा उक्लिने समीकरण छ ।
दिल्लीले पछिल्लो खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको थियो । उक्त खेलमा ओपनर पृथ्वी शाले ८२ र धवनले ४६ रन जोड्दै सहज जित दिलाएका थिए । राम्रो लयमा रहेका शा पन्जाबलाई घातक बन्न सक्छन् । ऋषभ पन्त, शिम्रन हेटमायर र मार्कस स्टोइनिस जस्ता खेलाडी हुँदा दिल्लीको ब्याटिङ बलियो छ । स्टिभ स्मिथलाई बेन्चमा राख्दै आज साम विलिंग्सलाई मौका दिन सक्छ ।

कागिसो रबाडा, आवेश खान र ईशान्त शर्मा तीव्र गतिका हतियार हुन् । आवेश खानले यस सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । युवा स्पिनर ललित यादवले पछिल्लो खेलमा कसिलो बलिङ गर्दै दुई विकेट लिएका थिए । ललित र अक्षर पटेल स्पिनरको रुपमा खेल्ने छन् । ईशान्त शर्माको स्थानमा उमेश यादव राम्रो विकल्प पनि हुन् ।
पन्जाबले पछिल्लो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ३४ रनले हराएको थियो । जसक्रममा कप्तान लोकेश राहुलले ९१ रनको उत्कृष्ट इनिङ खेलेका थिए । जिम्मेवारीका साथ ब्याटिङ गर्ने राहुलले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । दिल्लीविरुद्ध पनि राहुल पन्जाबको नायक बन्न सक्छन् । क्रिस गेल पनि राम्रो लयमा देखिएका छन् । बेंगलोरविरुद्ध गेलले २४ बलमा ४६ रनको उत्कृष्ट इनिङ खेलेका थिए । बेंगलोरलाई हराउन युवा अलराउन्डर हरप्रीत ब्रार नायक बनेका थिए ।

ब्याटिङमा १७ बलमा २५ रन जोडेका ब्रारले विराट कोहली, ग्लेन म्याक्सवेल र एवि डिभिलियर्सलाई आउट गर्दै जित सहज बनाएका थिए । दिल्लीलाई ब्रार घातक बन्न सक्छन् । युवा लेगस्पिनर रवि विश्रोई पनि राम्रो लयमा छन् । मोहम्मद शामी प्रमुख तीव्र गतिका बलिङ हतियार हुन् । उनको उच्च प्रदर्शन विना पन्जाबलाई जितको लागि कठिन पर्ने देखिन्छ । बेंगलोरविरुद्ध राइली मेरिडीथ अन्तिम ओभरमा बलिङगर्नेक्रममा घाइते भएका थिए । उनी फिट नभए झेय रिचर्ड्सनलाई खेलाउने छ ।
त्यस्तै पछिल्लो खेल नखेलेका मयंक अग्रवाल टोलीमा फर्किने सम्भावना छ । लगातार खराब प्रदर्शन गर्दै आएका निकोलस पुरनको स्थानमा डेविड मलानलाई मौका दिन सक्छ । डंग्ल्यान्डका देब्रे हाते ब्याट्सम्यान मलान विश्व टि२० वरियताका शीर्षकमका खेलाडी हुन् । पुरनले ६ खेल मध्य ४ मा खाता खोल्न सकेका छैनन् ।

बाँकी दुई खेलमा १९ र ९ रन मात्र बनाएका छन् । पन्जाबका तल्लोक्रमका ब्याट्सम्यान शाहरुख खान र दीपक हुडा लगायतका ब्याट्सम्यानलाई राम्रो फिनिसिङ गर्न आवश्यक देखिन्छ ।
हेड टु हेड :
दिल्ली र पन्जाबीच हालसम्म कुल २७ खेल भएको छ । पन्जाब १५ र दिल्ली १२ खेलमा विजयी भएका छन् । गतवर्ष पहिलो खेलमा दिल्ली सुपर ओभरमा विजयी भएको थियो । दोस्रो खेलमा पन्जाब ५ विकेटले विजयी हुँदा तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । यी दुई टोलीबीचको पछिल्ला पाँच भेटमा दिल्लीले ३ खेलमा जित २ खेलमा हार बेहोरेको छ ।

अंक तालिका
चेन्नई सुपर किंग्स ७ खेलमा ५ जित र २ मा हार सहित १० अंक सहित शीर्षस्थानमा छ । दिल्ली क्यापिटल्स ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । मुम्बई इन्डियन्स ७ खेलमा ३ मा हार र ४ मा जित सहित ८ अंक बटुल्दै चौथो स्थानमा छ ।
पन्जाब ७ खेलमा ४ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै पाँचौं स्थानमा छ । कोलकाता ७ खेलमा ५ मा हार र २ जित सहित ४ अंकका साथ छैटौं स्थानमा छ । राजस्थान रोयल्स ६ खेलमा ४ मा हार र २ मा जित सहित ४ अंकका साथ सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद ६ खेलमा ५ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ । मुम्बईले अव मंगलबार हैदराबादसँग खेल्ने छ । चेन्नईले बुधबार राजस्थान रोयल्ससँग खेल्ने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]