default_image

5 years ago

May 2, 2021

पन्जाबका कप्तान राहुल अस्पताल भर्ना

131 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब किंग्सका कप्तान तथा भारतीय क्रिकेट टोलीका ओपनर लोकेश राहुल अस्पताल भर्ना भएका छन् । शनिवार राती पेटमा अत्याधिक दुखाईको कारण औषधी प्रयोग गरेपनि ठिक नभएपछि उपचारको राहुललाई अस्पताल लगिएको थियो ।

राहुललाई एपेन्डिसाइटिस भएको पन्जाब किंग्सले जनाएको छ । उनको उपचार शल्यक्रियामार्फत हुने छ । योसँगै लाहुलले बाँकी खेल पनि गुमाउने निश्चित देखिन्छ । पन्जाबले आज साँझनै दिल्ली क्यापिटलससँग खेल्ने छ । राहुल नहुँदा पन्जाबलाई ठूलो झट्का लाग्ने छ । राहुल पन्जाबका प्रमुख हतियार हुन् । यस सिजनमा पनि उत्कृष्ट लयमा देखिएका छन् ।

पन्जाबले पछिल्लो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ३४ रनले हराएको थियो । जसक्रममा कप्तान लोकेश राहुलले ९१ रनको उत्कृष्ट इनिङ खेलेका थिए । राहुल नहुँदा ब्याटिङमा समस्या पर्ने देखिएको छ । मयंक अग्रवाल पनि चोटका कारण बेंगलोरसँगको खेल खेलेका थिए । राहुल नहुँदा पन्जाबको कप्तानी क्रिस गेल, निकोलस पुरन र मोहम्मद शामी मध्य एकले गर्ने सम्भावना देखिन्छ । गेलको सम्भावना उच्च देखिन्छ ।

पन्जाब र दिल्लीबीचको खेल नेपाली समय अनुसार आज (आइतबार) साँझ ७ : ४५ मा नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुने छ । दिल्ली ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा छ । दिल्ली आजको खेलमा विजयी भए १२ अंकका साथ शीर्षस्थानमा उक्लिने छ ।

शीर्षस्थानमा रहेको चेन्नई सुपर किंग्सको ७ खेलमा १० अंक छ । पन्जाब ७ खेलमा ३ मा जित र ४ मा हार सहित ६ अंक जोड्दै पाँचौं स्थानमा छ । पन्जाब आजको खेलमा विजयी भए चौथो स्थानमा उक्लिने समीकरण छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.