default_image

5 years ago

May 2, 2021

बटलरको शतकमा हैदराबादमाथि राजस्थानको सहज जित

211 views

0 Bookmark

एजेन्सी – ओपनर जस बटलरको उत्कृष्ट शतकको सहयोगमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा तेस्रो जित निकालेको छ । आइतबार साँझ राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ५५ रनले पराजित गर्दै अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ ।

जितका लागि २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६५ रन बनायो । हैदराबादका ओपनर मनिष पाण्डेले २० बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ३१ रनको योगदान दिए ।

अर्का ओपनर जोनी बेयरस्टोले २१ बलमा ४ चौका र १ छक्का सहित ३० रन बनाए । कप्तान केन विलियम्सन २०, विजय शंकर ८, केदार जाधव १९, मोहम्मद नाबी १७, अब्दुल सामद १० र भुवनेश्वर कुमारले १४ रनको योगदान दिए ।

राजस्थानका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । क्रिस मोरिसले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । कार्तिक त्यागि र राहुल टेवाटियाको नाममा १–१ विकेट रह्यो ।

त्यसअघि अरुण जेटली स्टेडियम दिल्लीमा टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २० रन बनाएको थियो । सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै ७७ रन बनाएको राजस्थानले अन्तिम १० ओभरमा २ विकेट गुमाउँदै १ सय ४३ रन बनाएपछि विशाल योगफल तयार पारेको थियो ।

राजस्थानलाई विशाल लक्ष्यमा पुर्याउन ओपनर जस बटलरले ६४ बलमा ११ चौका र ८ छक्का सहित सर्वाधिक १ सय २४ रनको सर्वोत्कृष्ट शतकीय इनिङ खेले । बटलरले विजय शंकरको १७ औं ओभरको अन्तिम बलमा एक रन बटुल्दै आइपिएल र टि२० करिअर दुबैको पहिलो शतक पूरा गरेका थिए । बटलरले ५६ बलमा १० चौका र ५ छक्का सहित शतक पूरा गरेका थिए ।

सुरुवाती संयमित ब्याटिङ गरेका बटलरले ३९ बलमा अर्धशतक पूरा गरेका थिए । थप १७ बलमा ५० रन बनाउँदै बटलरले टि२० करिअरको पहिलो सानदार शतक प्रहार गरेका थिए । बटलर सन्दीप शर्माको १९ औं ओभरको अन्तिम बलमा बोल्ड आउट भएका थिए । राजस्थानका लागि यो कुनैपनि ब्याट्सम्यानले एक खेलमा बनाएको सर्वाधिक रन हो ।

यसअघि सन्जु स्यामसनले पन्जाब किंग्सविरुद्ध यसै सिजनमा १ सय १९ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । राजस्थानलाई ओपनर यशस्वी जैसवाल र जस बटलरले पहिलो विकेटका लागि ३ ओभरमा १७ रनको साझेदारी गरेका थिए । स्पिनर राशिद खानले जैसवाललाई १२ रनमा एलबिडब्लू आउट गरे । जैसवालले १३ बलमा २ चौका प्रहार गरे । दोस्रो विकेटका लागि सञ्जु र बटलरले ८८ बलमा १ सय ५० रनको उत्कृष्ट साझेदारी गरेपछि बलियो योगफलमा पुगेको थियो ।

विजय शंकरको १७ औं ओभरको चौथो बलमा स्यामसनले ठूलो सट खेलेपनि लङअफमा अब्दुल सामदले उत्कृष्ट जम्पकासाथ साझेदारीमा ब्रेक लगाएका थिए । कप्तान सञ्जु स्यामसनले ३३ बलमा ४ चौका र २ छक्का सहित ४८ रनको योगदान दिए । सन्जु स्यामसनले ब्यक्तिगत २३ रनमा जीवनदान पाएका थिए ।

सन्दीप शर्माको नवौं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका स्यमसन लङअफमा मनिष पाण्डेले क्याच ड्रप गर्न पुगेका थिए । युवा ब्याट्सम्यान रियान पराग १५ र डेविड मिलर ७ रनमा अविजित रहे । हैदराबादका विजय शंकर, सन्दीप शर्मा र राशिद खानले १–१ विकेट लिए ।

अंक तालिका

चेन्नई सुपर किंग्स ७ खेलमा ५ जित र २ मा हार सहित १० अंक सहित शीर्षस्थानमा छ । दिल्ली क्यापिटल्स ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । मुम्बई इन्डियन्स ७ खेलमा ३ मा हार र ४ मा जित सहित ८ अंक बटुल्दै चौथो स्थानमा छ । राजस्थान रोयल्स ७ खेलमा ४ मा हार र ३ मा जित सहित ६ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ ।

पन्जाब ७ खेलमा ४ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै छैटौ स्थानमा छ । कोलकाता ७ खेलमा ५ मा हार र २ जित सहित ४ अंकका साथ सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ । हैदराबादले मंगलबार मुम्बईसँग खेल्ने छ । राजस्थानले बुधबार चेन्नईसँग खेल्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.