default_image

5 years ago

May 3, 2021

नेपालको ओडिआई र टि२० विश्व वरियतामा सुधार

196 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को वार्षिक ओडिआई र टि २० आई वरियतामा नेपालले सुधार गरेको छ । आइसिसीले सोमबार जारी गरेको नयाँ वरियतामा नेपालले ओडिआई र टि२० आई दुबैमा एक एक स्थान सुधार गरेको छ ।

नेपाल टि२० आई वरियतामा १३ औं स्थानमा उक्लिएको छ । टि२० आई वरियतामा नेपाल एसियोसियट टोलीमा शीर्षस्थानमा छ । अघिल्लो हप्ता नेपालले मलेसिया र नेदरल्यान्ड्ससँगको टि२० आई त्रिकोणात्मक सिरिज जित्दै १४ औं स्थानमा रहेको थियो । नेपाल भन्दा पछि टि२० आई वरियतामा स्कटल्यान्ड १४, यूएई १५, पपुवा न्युगिनी १६ र नेदरल्यान्ड्स १७ औं स्थानमा छन् ।

नेपालको १९ खेलमा ३ हजार ५ सय ५६ अंक छ । रेटिङ अंक १ सय ८७ छ । टि२० वरियतामा इंग्ल्यान्ड शीर्ष, भारत दोस्रो, न्युजिल्यान्ड तेस्रो र पाकिस्तान चौथो स्थानमा छ । नेपाल भन्दाअघि आयरल्यान्ड १२, जिम्बावे ११ र वेस्टइन्डिज १० औं स्थानमा छ । त्यस्तै नेपालले ओडिआई वरियतामा एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ ।

नेपाल उक्लिदा यूएई १७ औं स्थानमा झरेको छ । स्कटल्यान्ड १५, ओमान १४ र जिम्बावे १३ औं स्थानमा छ । आयरल्यान्ड्स १२ र नेदरल्यान्ड्स ११ औं स्थानमा छन् । ओडिआई वरियतामा न्युजिल्यान्ड शीर्षक्रममा उक्लिएको छ । अष्ट्रेलिया दोस्रो, भारत तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छन् ।


आइसिसीले वार्षिक वरियता २०१८/१९ तथा २०१९/२० को नतिजालाई ५० प्रतिशत आधार मान्ने गर्दछ । २०२० को नतिजालाई शत प्रतिशत आधार मान्ने गर्दछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.