default_image

5 years ago

May 4, 2021

राहुलको सफल शल्यक्रिया

156 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर तथा पन्जाब किंग्सका कप्तान लोकेश राहुलको सोमबार एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ । शनिवार राती पेटमा अत्याधिक दुखाईपछि राहुललाई उपचारको लागि अस्पताल लगिएको थियो ।

चिकित्सकका अनुसार राहुल एक हप्ताको विश्राम पछि मैदान फर्किन सक्ने छन् । सामान्य शल्यक्रिया भएको हुँदा लामो विश्राम गर्नु पर्दैन । आइपिएल बायो बबल नियम अनुसार उनी फेरि एक हप्ता क्वारेनटाइनमा बस्नु पर्ने हुन्छ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार दिल्ली क्यापिटल्ससँग खेल्नु अघि राहुललाई अस्पताल भर्ना गरिएको थियो ।

राहुल जारी आइपिएलमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । सुरुवाती ७ खेलमा राहुलले चार अर्धशतक सहित ३ सय ३१ रन बनाएका छन् । पछिल्लो खेलमा बेंगलोरलाई पन्जाबले हराउन राहुलले ९१ रनको अविजित उत्कृष्ट इनिङ खेलेका थिए । राजस्थान रोयल्ससँग ९१, दिल्लीसँग ६१ र मुम्बईसँग ६० रनको इनिङ खेलेका थिए । पन्जाबले अव लिग चरणका ६ खेल खेल्न बाँकी छ । राहुल बाँकी एक हप्तामै मैदान फर्किएपनि कम्तिमा २ खेल भने गुमाउने निश्चित छ ।

दिल्लीसँगको खेलमा पन्जाबको कप्तानी युवा ओपनर मयंक अग्रवालले गरेका थिए । मयंकले कप्तानी ९९ रनको अविजित इनिङ खेलेपनि पन्जाब ७ विकेटले पराजित भएको थियो थियो । पन्जाब ८ खेलमा ५ मा हार र ३ मा जित सहित अंक तालिकामा छैटौं स्थानमा छ । पन्जाबले बिहिबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.