default_image

5 years ago

May 4, 2021

चेन्नई र राजस्थानबीचको खेल स्थगित

171 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा बुधबार (भोली) हुने चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीचको खेल कोरोना कारण स्थगित भएको छ । चेन्नई र राजस्थानबीचको खेल दिल्लीमा हुने कार्यक्रम थियो । तर एकदिन अघिनै स्थगित भएको छ ।

चेन्नई सुपर किंग्सको टोली एक हप्ता क्वारेनटाइन बस्ने भएपछि खेल सरेको हो । सोमबार चेन्नईका तीन स्टाफमा कोरोना पोजेटिभ पाइएको थियो । बलिङ प्रशिक्षक एल बालाजीमा पनि संक्रमण देखिएपछि ६ दिनको क्वारेनटाइमा बस्नु पर्ने भएको छ । जारी आइपिएलमा कोरोना कारण स्थगित भएको यो दोस्रो खेल हो ।

यसअघि सोमबार रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राइडर्सबीचको खेल पनि सरेको थियो । कोलकाता दुई खेलाडीमा संक्रमण देखिएपछि सरेको थियो । यी दुई खेल सम्भव त लिगको अन्तिम समयमा हुने छन् । भारतमा कोरोना महामारीले विकराल रुप लिदा आइपिएल भने जारी छ ।

आज (मंगलबार) भने मुम्बई इन्डियन्स र सनराइजर्स हैरदाबादबीच प्रतिस्पर्धा हुने छ । पछिल्लो समयको महाविकराल रुपसँगै आइपिएल पनि संकटमा पर्न थालेको छ ।

अंक तालिका

दिल्ली क्यापिटल्स ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंकका साथ शीर्ष स्थानमा छ । चेन्नई सुपर किंग्स ७ खेलमा ५ जित र २ मा हार सहित १० अंक सहित स्थानमा झरेको छ । रोयल च्यालेन्जर्स बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ ।

मुम्बई इन्डियन्स ७ खेलमा ३ मा हार र ४ मा जित सहित ८ अंक बटुल्दै चौथो स्थानमा छ । राजस्थान रोयल्स ७ खेलमा ४ मा हार र ३ मा जित सहित ६ अंकका साथ पाँचौं स्थानमा छ । पन्जाब ८ खेलमा ५ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै छैटौं स्थानमा छ ।

कोलकाता ७ खेलमा ५ मा हार र २ जित सहित ४ अंकका साथ सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.