5 years ago
May 4, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा अनिश्चितकालको लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आइपिएल अनिश्चितकालको लागि स्थगित हुन पुगेको छ ।

आठ मध्य चार फ्रेन्चाइज टोली चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादको टोलीमा कोरोना देखिएसँगै अनिश्चित समयको लागि स्थगित भएको हो । सोमबार कोलकाता नाइट राइडर्सका दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
चेन्नई सुपर किंग्सका बलिङ प्रशिक्षक एल बालाजी सहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार सनराइजर्स हैदराबादका विकेटकिपर ऋद्धिमान शाह र दिल्ली क्यापिटल्सका स्पिनर अमित मिश्रालाई पनि कोरोना संक्रमण पुष्टि भएपछि आइपिएल अनिश्चित समयको लागि स्थगित हुन पुगेको हो । मंगलबार हैदराबाद र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुने कार्यक्रम थियो ।
लगातार खेलाडीमा कोरोना संक्रमण देखिएपछि भारतीय क्रिकेट बोर्ड कन्ट्रोलको बैठकले स्थगित गर्ने निर्णय लिएको हो । सोमबार रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राइडर्सको खेल स्थगित भएको थियो ।
आइपिएलका २९ खेल सकिँदा दिल्ली शीर्ष, चेन्नई दोस्रो, बेंगलोर तेस्रो र मुम्बई चौथो स्थानमा छन् । भारतमा हरेक दिन कोरोना महामारीले विकराल रुप लिदा पनि आइपिल निरन्तर हुँदै आएको थियो । चेन्नईको टोली क्वारेन्टाइनमा बसेको छ । यस अघि दिल्लीका तीव्र गतिका बलर एनरिच नोर्किया र स्पिनर अक्षर पटेलमा पनि कोरोना संक्रमण देखिएको थियो । यी दुवै खेलाडीले कोरोनालाई जितेका थिए । त्यस्तै कोलकाता नितिश राणा, बेंगलोरका ओपनर देवदत्त पाडिक्कल पनि कोरोना जितेर मैदान फर्किसकेका छन् ।
पछिल्लो समय दिल्लीले पन्जाब किंग्ससँग खेलेको थियो । हैदराबादले राजस्थान रोयल्ससँग खेलेको थियो । अप्रिल ९ देखि सुरु भएको आइपिएल कोरोना संकटमा पनि निरन्तर जारी थियो । आइपिएलको दौरानमा एक खेलाडीमा कोरोना संक्रमण देखिए ६ दिन अनिवार्य क्वारेनटाइन बस्नुपर्ने नियम थियो
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]