5 years ago
May 5, 2021
एजेन्सी – राजस्थान रोयल्स तथा भारतीय क्रिकेट टोलीका ओपनर यशस्वी जैसवाललाई इंग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान जस बटलरले विशेष ब्याट उपहार दिएका छन् । जैसवाल र बटलर इन्डियन प्रिमियर लिग (आइपिएल) राजस्थान रोयल्सबाटसँगै खेल्ने गर्दछन् ।

आइपिएल मंगलबार अनिश्चित समयको लागि स्थगित भएसँगै इंग्ल्यान्ड फर्किनु अघि बटलरले बटलरलाई आफ्नो विशेष ब्याट उपहार दिएका छन् । जटलरले दिएको ब्याटमा उनले हस्ताक्षर गरेका छन् । विश्वकप च्याम्पियन बटलर १९ वर्षिय जैसवालको प्रतिभाबाट प्रभावित हुँदै ब्याट उपहार दिएका हुन् । जारी सिजनमा यी खेलाडीले तीन खेलमासँगै साझेदारी गरेका थिए ।
जसक्रममा मुम्बई इन्डियन्ससँगको खेलमा बटलर र जैसवालले पहिलो विकेटको लागि अर्धशतकीय साझेदारी गरेका थिए । पछिल्लो खेलमा राजस्थानले हैदराबादलाई ५५ रनले पराजित गरेको थियो । जसक्रममा ओपनर जस बटलरले ६४ बलमा ११ चौका र ८ छक्का सहित १ सय २४ रनको उत्कृष्ट इनिङ खेलेका थिए । जुन आइपिएलमा इंग्ल्यान्ड र राजस्थानका ब्याट्सम्यानले एकै खेलमा बनाएको सर्वाधिक रन हो ।

यशस्वी जैसवालले उक्त खेलमा १२ रनमा आउट भएका थिए । त्यसअघि मुम्बई इन्डियन्ससँगको खेलमा पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए । जसक्रममा बटलरले ३२ बलमा ३ चौका र ३ छक्का सहित ४१ रनको इनिङ खेलेका थिए । जैसवालले २० बलमा २ चौका र २ छक्का सहित ३२ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए ।

बायाँ हाते ओपनर जैसवालले गतवर्ष चेन्नई सुपरकिंग्सविरुद्ध शारजाह क्रिकेट स्टेडियममा आइपिएलमा डेब्यू गरेका थिए । जैसवाललाई भारतीय क्रिकेट टोलीको भविष्यको रुपमा हेरिन्छ । गतवर्ष अक्सनमा राजस्थानले जैसवाललाई २ करोड ४० लाख रुपैयाँमा अनुबन्ध गरेको थियो ।
उनले गतवर्ष दक्षिण अफ्रिकामा भएको यु१९ विश्वकपमा ६ खेलमा १ शतक र ४ अर्ध शतक सहित कुल ४ सय रनका साथ शीर्ष स्थानमा रहँदै सर्वोउत्कृष्ट खेलाडी चुनिएका थिए । उनले पाकिस्तानविरुद्ध १ सय १३ बलमा ८ चौका र ४ छक्का सहित १ सय ५ रनमा अविजित रहँदै १० विकेटको जित दिलाएका थिए । जैसवालको खेल्ने शैलीलाई धेरै क्रिकेट विज्ञहरु विरेन्द्र सहवागसँग तुलना गर्छन् ।

कलिलो उमेरमा मैदानमा परिपक्व, परिस्थिति र टोलीको आवश्यकता अनुसार ब्याटिङ गर्ने हुँदा जैसवाललाई भारतीय टोलीमा उनलाई रोहित शर्मा र शिखर धवन पछिको ओपनर समेत भन्ने गर्दछन् । उनले गतवर्ष लिष्ट ए मा २ सय ३ रन बनाउँदै कम उमेरमा दोहोरो शतक प्रहार गर्ने कीर्तिमान कायम गरेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]