5 years ago
May 5, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ कोरोना महामारीको कारण मध्य सिजनमै अनिश्चित समयको लागि स्थगित भएसँगै इंग्ल्यान्डका ११ मध्य ८ खेलाडी स्वदेश फर्किएका छन् । बुधबार बिहान ८ खेलाडी लन्डन पुगेका छन् ।

इंग्ल्यान्ड तथा कोलकाता नाइट राइडर्सका कप्तान ओईन मोर्गन, पन्जाब किंग्सका शीर्षक्रमका ब्याट्सम्यान डेविड मलान र तीव्र गतिका बलर क्रिस जोर्डनले भने आगमी ४८ घण्टामा भारत छाड्ने छन् । इंग्ल्यान्ड पुगेका ८ खेलाडी सरकारले अनुमती दिएको होटलमा १० दिन अनिवार्य क्वारेनटाइन बस्नुपर्ने हुन्छ । दुई पटक कोरोना परिक्षण हुने छ । राजस्थान रोयल्सका लिभिङ स्टोनले भने यसअघिनै भारत छोडि सकेका थिए ।
इंग्ल्यान्ड फर्किएका ८ खेलाडी
चेन्नई सुपर किंग्स : मोईन अली र साम करन
दिल्ली क्यापिटल्स : टम करन, क्रिस वोक्स र साम विलिंग्स
सनराइजर्स हैदराबाद : जेसन रोय र जोनी बेयरस्टो
राजस्थान रोयल्स : जस बटलर

अन्य विदेशी खेलाडीलाई पनि च्यार्टर विमानमातर्फ फर्काउन खोजिएको छ । तर अष्ट्रेलिया खेलाडीको अन्यौलमै रहेका छन् । श्रीलंका वा माल्दिभ्स फर्काउने तयारी गरि रहेको बुझिएको छ । अष्ट्रेलिया पूर्व खेलाडी तथा चेन्नई सुपर किंग्सका मुख्य प्रशिक्षक माइकल हसीलाई भने कोरोना संक्रमण पुष्टि भएको छ । अष्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई मे १५ सम्म भारतबाट आउन प्रतिबन्ध लगाएको छ । अष्ट्रेलिया खेलाडीलाई माल्दिभ्स र श्रीलंका लैजाने तयारी गरिएको बुझिएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]