default_image

5 years ago

May 6, 2021

अष्ट्रेलियाका खेलाडी माल्दिभ्स जाने

174 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा अनिश्चितकालको लागि स्थगित भएसँगै अष्ट्रेलिया क्रिकेट बोर्डले भारतमै रहेका खेलाडी, प्रशिक्षक, कमेन्टेर र अफिसललाई माल्दिभ्स पठाउने भएको छ । हाल अष्ट्रेलिया सरकारले भारतबाट आउने आफ्ना नागरिकलाई प्रतिबन्ध लगाएको छ ।

अष्ट्रेलियाले आगमी मे १५ सम्म भारतबाट आउने सम्पूर्ण उडान बन्द गरेको छ । भारतबाट फर्किने आफ्ना नागरिकलाई ५ वर्ष जेल हुने अष्ट्रेलिया सरकारले चेतावनी दिइसकेको छ । यो अवस्थामा अष्ट्रेलिया आइपिएल स्थगित भएको दुई दिनदेखि भारतमै रहेका छन् । क्रिकेट अष्ट्रेलियाले आफ्ना खेलाडी देखि सबै अफिसललाई माल्दिभ्स पठाउने जनाएको छ । सुरक्षित रुपमा माल्दिभ्स पठाउने एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

आइपिएलमा अष्ट्रेलियाका १४ खेलाडीसहित कुल ४० जना भारतमा छन् । दुई साताअघि नै रोयल च्यालेन्जर्स बेंगलोरका स्पिनर एडम जाम्पा, तीव्र गतिका बलर केन रिचर्ड्सन र राजस्थान रोयल्सका एन्ड्र्यू टाई अष्ट्रेलिया फर्किएका थिए । यसै हप्ता मुम्बईका खेलाडी क्रिस लिनले आफूलाई प्लेन चार्टर उडान आफूलाई लैजान माग गरेका थिए । अष्ट्रेलिया क्रिकेटले यस सम्बन्धी कुनै योजना नभएको जनाएको थियो । अब अष्ट्रेलिया खेलाडी अस्थायी रुपमा माल्दिभ्स जाने सम्भावना छ । त्यहाँ अस्थायी रुपमा बसेपछि अष्ट्रेलिया फर्किन सक्छन् ।

चेन्नईका मुख्य प्रशिक्षक माइलक हसी भने भारतमै हुने छन् । उनलाई कोरोना संक्रमण हुँदा हाइसोलेसनमा बसेका छन् । अन्य भने माल्दिभ्स जाने छन् । माइकल हसी बाहेक अन्य सबै माल्दिभ्स जाने तयारीमा रहेका छन् । क्रिकेट द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया’ (बिसिसिआई) लाई विशेष धन्यावाद दिएको छ । बिसिसिआईसँगको सहकार्यमा खेलाडी माल्दिभ्स जाने छन् ।

आइपिएलमा अष्ट्रेलिया खेलाडी, प्रशिक्षक र अफिसियल

चेन्नई सुपर किंग्स : जेसन बेहरनडर्फ अफिसियल : माइकल हसी

दिल्ली क्यापिटल्स : स्टिभ स्मिथ, मार्कस स्टोइनिस तथा अफिसियल : रिकी पोन्टिङ (मुख्य प्रशिक्षक), जेम्स होप्स

कोलकाता नाइट राइडर्स : प्याट कमिन्स, बेन कटिङ, अफिसियल : डेविड हसी

मुम्बई इन्डियन्स : नाथन कुल्टर नाइल र क्रिस लिन

पन्जाब किंग्स : मोइजेस हेनरिक्स, झेय रिचर्ड्सन र राइली मेरिडीथ, अफिसियल : डामेन राइट

रोयल च्यालेन्जर्स बेंगलोर : ग्लेन म्याक्सवेल, ड्यानियल क्रिष्टियन, ड्यानियल साम्स अफिसियल : सिमन कटिच (मुख्य प्रशिक्षक), एडम ग्रिफिथ

सनराइजर्स हैदराबाद : डेविड वार्नर अफिसियल : टम मुडी, ट्रेभर बेलिस (मुख्य प्रशिक्षक) र ब्राड हेडीन

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.