default_image

5 years ago

May 17, 2021

कोहलीको स्थान लिने सम्भावित पाँच कप्तान

172 views

0 Bookmark

एजेन्सी – वर्तमान समय विश्व क्रिकेटमा भारत एक सर्वोत्कृष्ट टोली हो । भारतले तीनै शैलीको क्रिकेट (टेष्ट, ओडिआई र टि० आई) मा घरेलु र विदेशी भूमिमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

धेरैले भारतीय क्रिकेटमा महेन्द्रसिंह धोनीपछि कुशल कप्तानको अभाव खड्किने आँकलन गरेका थिए । तर त्यसलाई विराट कोहलीले गलत सावित गरे । कोहलीले भारतलाई आइसिसीको विश्वकप उपाधि जिताउन नसकेपनि विश्व क्रिकेटमा आफ्नो दबदबा राख्दै आएका छन् ।

विराट उमेरले ३२ वर्ष पुगेका छन् । अब उनी सक्रिय रुपमा बढीमा तीन वर्ष क्रिकेट खेल्ने सम्भावना छ । २०१४ देखि टेष्ट र २०१७ देखि सिमित ओभरमा भारतीय टोलीमा कप्तानी गर्दै आएका छन् । टेष्टमा भारतले लगातार चार वर्ष सिजनको अन्त्यमा वरीयताको शीर्ष स्थान कब्जा गर्दै आएको छ ।

भारत यो वर्ष हुने टि२० विश्वकप जित्न चाहन्छ । विराटलाई उपाधिको दबाब पनि त्यतिनै छ । विराट सफल भएमा भारतले तत्काल नेतृत्व परिवर्तन गर्ने छैन । असफल भएमा भारतले सिमित ओभरको क्रिकेटमा नेतृत्व परिवर्तन गर्ने सम्भावना छ । विशेषत २०२२ मा टि२० विश्वकप र २०२३ को एकदिवसिय विश्वकपमा नयाँ नेतृत्व तयार पार्नतर्फ लाग्नेछ । २०२३ पछि मात्र भारत नयाँ नेतृत्वका साथ अघि बढ्ने देखिन्छ ।

२०२३ पछि शिखर धवन, रोहित शर्मा र विराट कोहली जस्ता खेलाडीले विश्राम लिने सम्भावना उच्च हुँदा नेतृत्व कमजोर भएमा टोली निर्माणमा ठूलो धक्का पुग्न सक्छ । कमजोर नेतृत्वको असर वर्तमान समयमा श्रीलंका टोलीलाई उदाहरणको रुपमा हेर्न सकिन्छ । टोली निर्माण गर्न समय लाग्न सक्छ ।

त्यसको लागि भारतले युवा खेलाडीमा नेतृत्व तयार पार्न ढिलो गर्नु हुँदैन । भारतको बेन्च स्ट्रेन्थ भने उत्कृष्ट छ । पछिल्लो समय भारतीय क्रिकेटमा नेतृत्व सम्हाल्ने सम्भावना बोकेका थुप्रै खेलाडी देखिएका छन् । विराटपछि कप्तान बन्न सक्ने सम्भावित पाँच खेलाडी बारे जानकारी ।

५.पृथ्वी शा

युवा ओपनर पृथ्वी शा भारतीय क्रिकेटका भविष्य हुन् । २१ वर्षिय पृथ्वीले भारतका लागि टेष्ट र ओडिआई क्रिकेट खेलि सकेका छन् । शा आइपिएलमा दिल्ली क्यापिटल्सबाट खेल्ने गर्दछन् । शाको कप्तानीमा भारतले २०१८ मा यू१९ विश्वकप जितेको थियो । यस सिजनको विजय हजारे ट्रफी मुम्बईले शाको कप्तानीमा जितेको थियो ।

पछिल्ला केहि प्रतियोगितामा टोली बाहिर रहेपनि घरेलु क्रिकेटमा पूनरागमनको लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनको खेल्ने शैलीसँगै नेतृत्व क्षमता पनि अब्बल सावित प्रमाणित गरेका छन् । टेष्ट डेब्यूमै शाले २०१८ मा वेस्टइन्डिजविरुद्ध १ सय ३४ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए ।

यस सिजनमा शा ले ८ खेलमा ४ शतक र १ अर्धशतक सहित कुल ८ सय २७ रन बनाएका थिए । उत्कृष्ट प्रदर्शन २ सय २७ थियो । जुन विजय हजारे इतिहासमा एक प्रतियोगितामा बनेको सर्वाधिक रन हो । भारत पछिल्लो समय युवा खेलाडीलाई नेतृत्व दिँदै लामो यात्रा गर्दै आएको छ । विराटपछि भारतले शालाई नेतृत्व दिन सक्छ ।

४. रोहित शर्मा

इन्डियन प्रिमियर लिग (आइपिएल) का सर्वाधिक सफल कप्तान रोहित शर्मा कप्तान बन्नुपर्ने माग उठ्दै आएको छ । तर उनको उमेर विस्तारै ढल्किदै छ । ३४ वर्षिय रोहितले २०२३ को विश्वकपपछि भारत युवा ओपनरका साथ अघि बढ्ने योजनामा देखिन्छ । यस विश्वकपमा कोहलीको कप्तानी बढी निर्भर रहने छ । असफल भएका २०२२ हुने टि२० विश्वकप र २०२३ को विश्वकप भारत रोहितलाई नेतृत्व दिन सक्छ ।

रोहितले मुम्बई आफ्नो कप्तानीमा ५ उपाधि दिलाएका छन् । आइपिएलमा रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहली उपाधिविहिन छन् । रोहित खेलाडीमाथि बढी विश्वास राख्नुको साथै स्वतन्त्र रुपमा छोड्ने गर्दछन् । रोहितले खेलाडीमा रहेको क्षमता भरपूर्ण प्रयोग गर्दछन् । जस्प्रित बुमराह, हार्दिक पान्ड्या, ईशान किशन र सूर्य कुमार यादव रोहितको उत्कृष्ट कप्तानीमा तयार भएका उदाहरणीय खेलाडी हुन् ।

कठिन परिस्थितिमा पनि रोहित संयम रहन्छन् । दबाब र खराब प्रदर्शनमा पनि खेलाडीलाई हौसला प्रदान गर्दै उच्च प्रदर्शनको लागि प्रेरणा दिन्छन् । रोहितको कशुल नेतृत्वमा मुम्बई सर्वोत्कृष्ट टोली बनेको छ । रोहितले विराटको अनुपस्थितिमा भारतको लागि कप्तानी गरिसकेका छन् । २०१८ मा रोहितको कप्तानीमा भारतले एसिया कप टि२० को उपाधि जितेको थियो ।

३. लोकेश राहुल (केएल)

२९ वर्षिय विकेटकिपर ब्याट्सम्यान लोकेश राहुल (केएल) ले भारतीय सिमित ओभरको क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । राहुलले सिमित ओभरमा ओपनिङ र मध्यक्रम दुबैमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । २०२० देखि राहुलले आइपिएलमा पन्जाब किंग्सको कप्तानी गर्दै आएका छन् ।

तर अन्य खेलाडीको राम्रो साथ नपाउँदा राहुलले संघर्ष गर्दै आएका छन् । उनको प्रदर्शन भने लगातार उत्कृष्ट छ । कुनैपनि कप्तान सफल हुन टोलीमा अन्य खेलाडी पनि त्यतिनै उत्कृष्ट हुनुपर्छ । क्रिकेट समूहको खेल हुँदा एकल प्रदर्शनले सफल हुन सक्दैन । पन्जाबमा उनले अन्य खेलाडीबाट राम्रो साथ पाउन सकेका छैनन् ।

भारतीय टोलीमा खेलाडी उत्कृष्ट छन् । जसले राहुल सफल हुन सक्छन् । राहुलको मुख्य विशेषता भने जिम्मेवारी इनिङ खेल्नु हो । कोहलीपछि भारतले अनुभवी खेलाडीको हिसाबमा राहुललाई नेतृत्व दिन सक्छ ।

२. श्रेयस ऐर

युवा ब्याट्सम्यान श्रेयस ऐर पछिल्लो समय मध्यक्रममा लगातार पहिलो रोजाईमा खेल्दै आएका छन् । लामो समय सम्म अस्थिर बनेको चौथो नम्बर ब्याटिङमा ऐरले दीर्घकालिन समाधानको आशा देखाएका छन् । अर्कोतर्फ ऐरको आइपिएलमा दिल्ली क्यापिटल्स कप्तानीमा उत्कृष्ट टोली बनेको छ ।

दिल्लीको २०१८ देखि आइपिएलमा कप्तानी गर्दै आएका ऐरले २०२० मा पहिलो पटक फाइनलमा पुर्याएका थिए । ऐरले मध्यक्रममा भारतीय टोलीमा लामो यात्रा गर्ने देखिन्छ । घरेलु क्रिकेटमा मुम्बईबाट कप्तानी लागि लगातार उत्कृष्ट पद्रर्शन पनि गर्दै आएका छन् । ऐर टोली निर्माण र मजबुत बनाउने नेतृत्वमा अब्बल देखिएका छन् । अवको एक दुई वर्षमा उनी थप अनुभवी पनि हुने छन् । भारत लामो यात्रा गर्ने कप्तान चाहन्छ । ऐर त्यसका हकदार देखिन्छन् ।

१. ऋषभ पन्त

युवा विकेटकिपर ऋषभ पन्त वर्तमान समयका विश्वकै एक उत्कृष्ट आक्रामक ब्याट्सम्यान हुन् । पन्तले तीनै शैलीमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । सिमित ओभर र टेष्ट दुबैमा उनको प्रदर्शन उत्कृष्ट छ । गत डिसेम्बरमा अष्ट्रेलियालाई उसकै घरेलु भूमिमा चार टेष्ट सिरिज ३–१ ले जिताउन पन्तले सर्वोत्कृष्ट प्रदर्शन गरेका थिए ।

खराब सट छनोटका कारण आलोचना खेपेका पन्त पछिल्लो समय जिम्मेवारी प्रदर्शन गर्दै आएका छन् । पन्तले भारतीय क्रिकेटमा लामो यात्रा गर्ने र ठूलो सफलता दिलाउने सम्भावना देखाएका छन् । यस सिजनको आइपिएलमा श्रेयस ऐर चोटका कारण उपलब्ध नहुँदा दिल्लीको कप्तानी पन्तले गरेका थिए ।

कोरोना महामारीको कारण मध्य सिजनमा स्थगित हुँदा दिल्ली शीर्षस्थानमा थियो । भारतले अब केहि वर्षमा पन्तलाई कप्तानी दिने सम्भावना पनि छ । पन्तबाट भारत धोनी जस्तै सफलता चाहन्छ । तर त्यसका लागि पन्तले आफूलाई नियमित टोलीमा रहनुका साथै नेतृत्व विकासमा पनि थप ध्यान दिनुपर्छ ।

यो पनि पढ्नुहोस : क्रिकेटका पाँच अविश्वसनिय घटनाहरु

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.