5 years ago
May 25, 2021
एजेन्सी – कुनैपनि देशको क्रिकेट बोर्डको आर्थिक अवस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा खेलाडीलाई प्रभाव पार्दछ । टोलीको लगातार ठुलो सफलताले बोर्डलाई प्रायोजना पनि धेरै फाइदा पुग्छ । अर्थात टोलीले सफलता हात पार्दा प्रायोजन पाउन सहज हुन्छ । बोर्ड आर्थिक रुपमा मजबुत हुँदा खेलाडीको तलब र भत्ता पनि बढि हुन्छ । विश्व वर्तमान क्रिकेटमा भारत र इंग्ल्यान्ड उत्कृष्ट टोलीमा पर्छन् ।

विश्व क्रिकेटमा बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) आर्थिक रुपमा विश्वकै शक्तिशाली क्रिकेट बोर्डमा पर्दछ । बिसिसिआईको वार्षिक आम्दानी ३ हजार ७ सय ३० करोड भारु छ । इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोड (इसिबी) ले २ हजार १ सय ३५ करोड भारु वार्षिक आम्दानी गर्छ । तर विराट कोहली भन्दा जो रुटले आफ्नो क्रिकेट बोर्डबाट बढी तलब पाउने गर्दछन् ।
भारतीय क्रिकेट टोलीका प्रमुख ब्याट्सम्यान विराट कोहली बिसिसिआईको प्लस ए ग्रेडमा छन् । प्लस ए ग्रेडका खेलाडीको वार्षिक तलब ७ करोड भारु छ । यता जो रुटको वार्षिक तलब ८.९७ करोड भारु छ । इंग्ल्यान्डले टेष्ट र सिमित ओभरको लागि भिन्दा भिन्दै केन्द्रिय सम्झौता गर्ने गर्दछ । रुटले दुवै सम्झौताबाट झण्डै ९ करोड भारु तलब वार्षिक रुपमा पाउने गर्दछन् ।

यी दुई कप्तानपछि विश्वमा सर्वाधिक धेरै तलब अष्ट्रेलिया सिमित ओभरका कप्तान आरोन फिन्च र टेष्ट कप्तान टिम पेइनले पाउने गर्दछन् । फिन्च र टिम पेइनको वार्षिक तलब समान ४.८७ करोड भारु छ । न्युजिल्यान्डका कप्तान केन विलियम्सनको वार्षिक तलब १.७७ करोड भारु छ । वेस्टइन्डिजका सिमित ओभरका कप्तान काइरन पोलार्डले वार्षिक तलब १. ७३ करोड र पाकिस्तानका कप्तान बाबर आजमको वार्षिक तलब २.४० करोड भारु छ ।
कोहलीले रुटको भन्दा कम तलब पाएपनि उनको समग्र कमाइ भने ६० करोड भारु रहेको छ । उनले खेलेर भन्दा प्रायोजनमार्फत धेरै आम्दानी गर्ने गर्दछन् । कोहली भारतको कप्तान भएपछि उनको बजार भाउ पनि बढ्दै गएको छ ।
यो पनि : नेपाली क्रिकेट खेलाडीको नयाँ केन्द्रिय सम्झौतामा ढिलाई
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]