default_image

3 years ago

June 3, 2021

हरेक वर्ष क्रिकेट विश्वकप, यस्तो छ नेपालको सम्भावना

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) मंगलबार सन् २०२३ देखि २०३१ सम्म मुख्य प्रतियोगिता सार्वजनिक गरेको छ । एकदिवसिय र टि२० विश्वकपमा टोली संख्या बढाउने भएको छ । सन् २०२३ पछि एकदिवसिय विश्वकपमा १४ र टि२० विश्वकपमा २० हुने छन् । २०२७ र २०३१ को एकदिवसिय विश्वकपमा १४ टोलीले प्रतिस्पर्धा गर्ने छन् । टि२० विश्वकप […]

73 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) मंगलबार सन् २०२३ देखि २०३१ सम्म मुख्य प्रतियोगिता सार्वजनिक गरेको छ । एकदिवसिय र टि२० विश्वकपमा टोली संख्या बढाउने भएको छ ।

सन् २०२३ पछि एकदिवसिय विश्वकपमा १४ र टि२० विश्वकपमा २० हुने छन् । २०२७ र २०३१ को एकदिवसिय विश्वकपमा १४ टोलीले प्रतिस्पर्धा गर्ने छन् । टि२० विश्वकप २०२४ देखि २० टोली हुनेछन् ।

आइसिसीको नयाँ कार्यक्रम सार्वजनिकसँगै २०२१ देखि २०३१ सम्म अव हरेक वर्ष विश्वकप हुने छन् । महिला र पुरुष टि२० विश्वकप र यू-१९ पुरुष एकदिवसिय विश्वकप एकै वर्ष हुने छन् । पुरुष तथा महिला टि२०, एकदिवसिय, यू-१९ गरि आगमी १० वर्षमा कुल २६ विश्वकप हुने छन् ।

आगमी १० वर्षमा हुने विश्वकपहरु

पुरुष एकदिवसिय विश्वकप (२०२३, २०२७ र २०३१) हुने छ । पुरुष टि२० विश्वकप (२०२१, २०२२, २०२४, २०२६, २०२८ र २०३०) मा हुने छ । महिला एकदिवसिय विश्वकप (२०२२, २०२५ र २०२९) र महिला टि२० विश्वकप (२०२३, २०२४, २०२६, २०२८ र २०३०) मा हुने छ । पुरुष यू-१९ विश्वकप (२०२२, २०२४, २०२६, २०२८ र २०३०) मा हुनेछ ।

यू-१९ महिला टि२० विश्वकप पहिलो संस्करण २०२५ मा हुने छ । त्यसपछि २०२७, २०२९ र २०३१ मा हुने छन् । आगमी दश वर्ष क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट समूदाय विश्वकपमय हुने छ । यस अवधीमा एसोसियट देशले ठूलो फड्को मार्न सक्छन् । विश्वमा क्रिकेटको लोकप्रियता र प्रतिस्पर्धा बढ्ने छ । नेपाल लगायतका एसोसियट शीर्ष टोलीले सर्वाधिक लाभ लिन सक्ने छन् ।

खेल्ने शैली

एकदिवसिय विश्वकपमा १४ टोलीलाई दुई समूहमा विभाजन गरिने छ । शीर्ष तीन तीन टोलीले सुपर सिंक्समा स्थान बनाउने छन् । त्यसपछि सेमिफाइनल हुँदै फाइनल हुने छ । २०१९ को एकदिवसिय विश्वकपमा लिगको आधारमा प्रतिस्पर्धा हुँदा शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाएका थिए ।

टि२० विश्वकपमा २० टोलीलाई चार समूहमा विभाजन गरिने छ । हरेक समूहबाट शीर्ष दुई टोली सुपर एटमा स्थान बनाउने छन् । सेमिफाइनल र फाइनल हुँदै च्याम्पियन बन्ने छ । २०१६ पछि टि२० विश्वकप भएको छैन ।

टि२० पुरुष तथा महिला, यू१९ विश्वकप दुई वर्षको अन्तरमा हुने छन् । पुरुष र महिला एकदिवसिय विश्वकप चार वर्षको अन्तरमा हुने छ । हाल महिला एकदिवसिय विश्वकपमा ८ र टि२० विश्वकपमा १० टोलीले खेल्ने गर्दछन् । विश्वकपमा २०२५ पछि महिला संख्या पनि बढेर टि२० मा १२ र एकदिवसियमा १० टोली पुग्ने छ ।

महिला यू-१९ टि२० विश्वकपमा टोली संख्या तोकिएको छैन । यू-१९ पुरुष विश्वकपमा १६ टोलीले प्रतिस्पर्धा गर्दै आएका छन् । आइसिसीको यस योजनाले विश्व क्रिकेट दश वर्षमा धेरै परिवर्तन र लोकप्रिय हुने छ ।

नेपालको सम्भावना ?

आगमी १० वर्षमा नेपालको सम्भावनानै सम्भावना छ । नेपालले २०१४ मा पहिलो पटक टि२० विश्वकप खेलेपछि पुन: स्थान बनाउन सकेको छैन । गत वर्ष एसिया छनोटबाटै बाहिरिएको नेपालले यो वर्ष हुने टि२० विश्वकप खेल्न पाउने छैन । २०२२ मा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउन ग्लोबल छनोटमा सिधै मौका पाएको छ ।

जिम्बावे, सिंगापुर, नेपाल र यूएईसँगै विभिन्न क्षेत्रहुँदै आएका चार टोली गरि समूह ८ देशले प्रतिस्पर्धा गर्ने छन् । जसबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । ग्लोबल छनोटमा समूह ए बाट शीर्ष दुईमा पर्न सके नेपाल आठ वर्षपछि विश्वकप खेल्ने छ ।

यू-१९ पुरुष विश्वकप २०२२ को लागि नेपालले यस वर्ष छनोट खेल्ने छ । एसियाबाट शीर्ष स्थानमा रहन सके नेपाल विश्वकपमा स्थान बनाउने छ । नेपालको यू-१९ टोली सर्वाधिक बलियो दाबेदार टोली हो । एकदिवसिय विश्वकप छनोट नेपालले आइसिसी विश्वकप लिग–२ खेलेको छ । विश्वकप लिग २ मा ७ टोलीबीच २०२३ सम्म प्रतिस्पर्धा हुँदा शीर्ष तीनमा पर्न सके ग्लोबल क्वालिफायरमा सिधैं मौका पाउने छ ।

शीर्ष तीनमा पर्न नसके नेपालले क्वालिफायर प्ले अफ खेल्दै शीर्ष दुईमा रहन सके ग्लोबलमा स्थान बनाउने अर्को अवसर पाउने छ । २०१९ देखि सुरु भएको यस सुपर लिग २ मा नेपालले ४ खेल मात्र खेलेको छ । जसमा २ जित र २ हारको नतिजा छ ।

एकदिवसिय ग्लोबल छनोटमा आइसिसी सुपर लिग खेलेका १२ टेष्ट टोली र नेदरल्यान्ड्स गरि १३ देशले प्रतिस्पर्धा गर्दा शीर्ष ८ टोलीले विश्वकपमा पुग्ने छन् । भारत आयोजक हुँदा स्वतः छनोट भएको छ । अन्य १२ मध्य ७ टोलीले स्थान बनाउने छन् भने पाँच टोली ग्लोबल छनोटमा खेल्ने छन् ।

ग्लोबल छनोटमा उक्त पाँच टोलीसँगै विश्वकप सुपर लिग २ का शीर्ष तीन टोली र क्वालिफायरबाट आउने दुई टोली गरि १० टिम बीच प्रतिस्पर्धा हुने छ । शीर्ष दुई टोली २०२३ को विश्वकपमा पुग्ने छन् । दुई टोलीले मात्र स्थान बनाउने हुँदा नेपालको लक्ष्य विश्वकप भन्दा ओडिआई मान्यता निरन्तरता हुने छ ।

त्यसपछि २०२७ मा भने नेपालले एकदिवसिय विश्वकपमा स्थान बनाउन सक्छ । टेष्ट बाहेक एकदिवसिय विश्वकपमा नेपाल, नेदरल्यान्ड्स, स्कटल्यान्ड र ओमान त्यसका दाबेदार टोली हुन् । नेपालले टेष्ट टोलीलाई कडा चुनौती दिने स्तरमा पुग्नुको साथै स्कटल्यान्ड, ओमान र नेदरल्यान्डसलाई पराजित गर्न सक्नुपर्छ । त्यसको लागि तयारी र योजना अहिले देखिनै थाल्नुपर्छ । २०२४ को विश्वकप छनोट प्रकिया आइसिसीले सार्वजनिक गर्ने छ ।

२० टोली हुँदा नेपालको सम्भावना धेरै र निकै सहज बनेको छ । महिला एकदिवसिय टोलीमा भने केहि कठिन देखिन्छ । तर असम्भव भने होईन । अहिलेको घरेलु प्रतियोगिता र तयारीले भने सम्भव हुँदैन । टि२० मा भने महिला टोलीको सम्भावना उच्च छ । यू-१९ पुरुष टोलीको सम्भावना उच्च हुँदा महिला यू-१९ टोलीको छनोट शैलीमा बढी निर्भर रहने देखिन्छ । आगमी दश वर्ष नेपालले राम्रोसँग सदुपयोग गर्न सक्ने हो भने टेष्ट स्तरमा पुग्न सक्छ । सम्भावना भएर मात्र हुँदैन लगानी, योजना र मिहिनेत त्यो भन्दा बढी हुनुपर्ने हुन्छ ।

२०२१ देखि २०३१ सम्म हुने सम्पूर्ण विश्वकप र प्रमुख प्रतियोगिता

२०२१

टि२० विश्वकप, टोली १६ (अक्टोबर नोभेम्बर)

टेष्ट च्याम्पियनसिप फाइनल, भारत र न्युजिल्यान्ड (जुन १८ देखि २२)

२०२२

टि२० विश्वकप अष्ट्रेलिया, १६ टोली

महिला एकदिवसिय विश्वकप न्युजिल्यान्ड, ८ टोली

यू-१९ विश्वकप पुरुष वेस्टइन्डिज, १६ टोली

२०२३

एकदिवसिय विश्वकप भारत, १० टोली

महिला टि२० विश्वकप दक्षिण अफ्रिका, १० टोली

टेष्ट च्याम्पियनसिप २०२१–२३ को फाइनल

२०२४

टि२० विश्वकप, २० टोली

महिला टि२० विश्वकप, १० टोली

यू-१९ पुरुष विश्वकप एकदिवसिय

२०२५

च्याम्पियन्स ट्रफी, शीर्ष ८ टोली

विश्व टेष्ट च्याम्पियनसिप फाइनल

महिला एकदिवसिय विश्वकप, ८ टोली

महिला यू-१९ टि२० विश्वकप

२०२६

टि२० विश्वकप,

महिला टि२० विश्वकप

पुरुष यू-१९ विश्वकप

२०२७

एकदिवसिय विश्वकप

टेष्ट च्याम्पियनसिप फाइनल, शीर्ष दुई टोली

महिला टि२० च्याम्पियन्स ट्रफी , ६ टोली

यू-१९ महिला टि२० विश्वकप

२०२८

टि२० विश्वकप

टि२० विश्वकप महिला

पुरुष यू-१९ विश्वकप

२०२९

टेष्ट च्याम्पियनसिप फाइनल

महिला एकदिवसिय विश्वकप

महिला यू-१९ विश्वकप

२०३०

टि२० विश्वकप

महिला टि२० विश्वकप

पुरुष यू-१९ विश्वकप

२०३१

एकदिवसिय विश्वकप

विश्व टेष्ट च्याम्पियनसिप फाइनल

महिला टि२० च्याम्पियन्स ट्रफी, ६ टोली

यू-१९ टि२० विश्वकप

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.