5 years ago
June 3, 2021
एजेन्सी – न्युजिल्यान्डका बायाँ हाते ओपनर डेभन कन्वेले डेब्यू खेलमै इंग्ल्यान्डसँगको पहिलो टेष्ट खेलमा सानदार दोहोरो शतक प्रहार गरेका छन् । लर्ड्स क्रिकेट मैदानमा कन्वेले दोस्रो दिन दोस्रो सेसनमा ३ सय ४७ बलमा दोहोरो शतक पूरा गरेका हुन् ।

कन्वेले डेब्यू खेलमै दोहोरो शतक प्रहार गर्ने विश्वका सातौं खेलाडी हुन् । कन्वे लर्ड्स मैदानमा डेब्यू खेलमा दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । त्यस्तै कन्वे इंग्ल्यान्डमा टेष्टमा डेब्यू खेलमा दोहोरो शतक हान्ने पहिलो खेलाडी समेत हुन् । खेलमा दोहोरो शतक हान्ने न्युजिल्यान्डका दोस्रो खेलाडी बनेका छन् ।
कन्वेले १ सय २२ औं ओभरको अन्तिम बलमा मार्क वुडलाई छक्का प्रहार गर्दै दोहोरो शतक पूरा गरेका थिए । कन्वे ३ सय ४७ बलमा २२ चौका र १ छक्का सहित २ सय रनमा आउट भए । अन्तिम विकेटका लागि निल वाग्ररले ४० रनको साझेदारी गर्दै राम्रो साथ दिएपछि कन्वेको दोहोरो शतक सम्भव बनेको थियो । वाग्रर २१ बलमा ३ चौका र १ छक्का सहित २५ रनमा अविजित रहे ।
टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले दोस्रो दिन दोस्रो सेसनमा १२२.४ ओभरमा ३ सय ७८ रनमा अल आउट भयो । कन्वेअघि न्युजिल्यान्डबाट म्याथ्यु सिनक्लेयरले सन् १९९९ मा वेस्टइन्डिजविरुद्ध डिसेम्बरमा ४ सय ४७ बलमा २२ चौका सहित २ सय १४ रनको इनिङ खेलेका थिए । सिमित ओभरको क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि न्युजिल्यान्डले कन्वेलाई डेब्यू गराएको थियो ।

हेनरी निकोलस १ सय ७५ बलमा ४ चौका सहित ६१ रनमा क्याच आउट हुन पुगेका थिए । निकोलस मार्क वुडको बलमा ओली रोबिन्सनबाट क्याच आउट हुन पुगेका थिए । चौथो विकेटका लागि कन्वे र निकोलसले १ सय ७४ रनको शतकीय साझेदारी गरेका थिए । त्यसपछि भने तल्लोक्रमका ब्याट्सम्यानले कन्वेलाई साथ दिन सकेनन् । बिजे वाटलिङ १, मिचेल सान्टनेर र कोलिन डी ग्रान्डहोम शून्यमा आउट भए । काइल जामिसन ९ रनमा क्याच आउट हुन पुगे ।
न्युजिल्यान्डका ओपनर टम लाथम र कन्वेले १६ ओभरमा ५८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । इंग्ल्यान्डका डेब्यू खेल खेलि रहेका तीव्र गतिका बलर ओली रोबिन्सनले २३ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए । लाथमले ५७ बलमा २ चौका प्रहार गरे । कप्तान केन विलियम्सनलाई जेम्स एन्डरसनले १३ रनमा बोल्ड आउट गरे ।

ओली रोबिन्सनलेनै रस टेलरलाई १४ रनमा एलबिडब्लू आउट गरेका थिए । इंग्ल्यान्डका ओली रोबिन्सनले ४ र मार्क वुडले ३ विकेट लिए । जिमी एन्डरसनको नाममा २ विकेट रह्यो ।
यो पनि पढ्नुहोस : यसअघि डेब्यू खेलमा दोहोरो शतक बनाउने ६ खेलाडी
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]