3 years ago
June 15, 2021
एजेन्सी – भारत र न्युजिल्यान्डबीचको आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनल शुक्रबारदेखि इंग्ल्यान्डको साउथह्याप्टनमा सुरु हुँदैछ । विराट कोहलीको कप्तानीमा भारत र केन विलियम्सनको नेतृत्वमा रहेको न्युजिल्यान्डले तयारी अन्तिम चरणमा पुर्याएका छन् । भारत पछिल्ला दुई टेष्ट सिरिजमा अष्ट्रेलिया र इंग्ल्यान्डविरुद्ध सर्वोत्कृष्ट प्रदर्शनका साथ फाइनलमा स्थान बनाएको थियो । यता पछिल्लो समय सर्वोत्कृष्ट प्रदर्शन गर्दै आएको […]
एजेन्सी – भारत र न्युजिल्यान्डबीचको आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनल शुक्रबारदेखि इंग्ल्यान्डको साउथह्याप्टनमा सुरु हुँदैछ । विराट कोहलीको कप्तानीमा भारत र केन विलियम्सनको नेतृत्वमा रहेको न्युजिल्यान्डले तयारी अन्तिम चरणमा पुर्याएका छन् ।
भारत पछिल्ला दुई टेष्ट सिरिजमा अष्ट्रेलिया र इंग्ल्यान्डविरुद्ध सर्वोत्कृष्ट प्रदर्शनका साथ फाइनलमा स्थान बनाएको थियो । यता पछिल्लो समय सर्वोत्कृष्ट प्रदर्शन गर्दै आएको न्युजिल्यान्ड आफ्नो लयलाई निरन्तरता दिँदै उपाधि जित्ने सोचमा छ । टेष्ट च्याम्पियनसिप अन्तर्गत भारतले सन् २०२० मा न्युजिल्यान्ड भ्रमणमा दुई टेष्ट सिरिजमा क्लिनस्विप बेहोरेको थियो । भारत २०१९ मा इंग्ल्यान्डमा भएको एकदिवसिय विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित हुँदै बाहिरिएको थियो । भारत उक्त सेमिफाइनलको हारको बदला लिने सोचमा हुने छ ।
यता न्युजिल्यान्ड पछिल्लो समय फाइनलमा रोकिदै आएको छ । २०१५ र २०१९ को एक दिवसिय फाइनलमा पराजित भएको न्युजिल्यान्ड टेष्ट च्याम्पियनसिपको उपाधि जित्न चाहन्छ । न्युजिल्यान्डको मुख्य विशेषता र खुबी भनेको टोली एकता, अनुसाशित प्रदर्शन र केन विलियम्सनको कप्तानी हो । विलियम्सनको कप्तानीमा न्युजिल्यान्ड टेष्ट र ओडिआई विश्व वरियतामा शीर्ष स्थानमा छ । टि२० आइ वरियतामा तेस्रो स्थानमा रहेको न्युजिल्यान्ड शीर्ष स्थानको दौडमा छ ।
भारतसँग फाइनल खेल्नु अघि घरेलु टोली इंग्ल्यान्डविरुद्ध दुई टेष्ट सिरिज १–० ले जितेको न्युजिल्यान्डको मनोबल उच्च छ । न्युजिल्यान्डको मुख्य हतियार भनेको तीव्र गतिको बलिङ युनिट हो । भारतको उपाधि जित्ने सपना अधुरै बनाउन घातक बन्न सक्ने न्युजिल्यान्डका पाँच खेलाडी :
५. ट्रेन्ट बोल्ट
बायाँ हाते तीव्र गतिका बलर ट्रेन्ट बोल्ट न्युजिल्यान्डका मुख्य हतियार हुन् । बोल्ट इनस्वीङ र योर्करका लागि माहिर छन् । इन स्वीङमा विराट कोहली र रोहित शर्माले आफ्नो विकेट बढी गुमाउने गर्दछन् । बोल्टले अनुसाशित रुपमा बल गर्दछन् । टेष्ट च्याम्पियनसिपमा बोल्टले ९ खेलमा ३४ विकेट लिएका छन् ।
भारतविरुद्ध गतवर्ष दुई खेलमा ११ विकेट लिएका थिए । न्युजिल्यान्डका एक सर्वाधिक सफल बलर बोल्टले टेष्ट करिअरमा ७२ खेलमा २ सय ८७ विकेट लिएका छन् । भारतविरुद्ध फाइनलमा आफ्नो उत्कृष्ट प्रदर्शनमा टोलीको जित सहज बनाउन सक्छन् ।
४. काईल जामिसन
न्युजिल्यान्डका तीव्र गतिका बलिङ अलराउन्डर काइल जामिसनले न्युजिल्यान्डको टेष्ट टोलीमा छोटो समयमै ठूलो प्रभाव छाडेका छन् । गतवर्ष भारतविरुद्धनै डेब्यू गरेका जामिसनले ६ टेष्ट खेलमा ३६ विकेट लिई सकेका छन् । भारतविरुद्ध डेब्यू खेलमा जामिसनले न्युजिल्यान्डलाई १० विकेटको जित दिलाउन पहिलो इनिङमै चार विकेट लिएका थिए ।
दोस्रो खेलमा ५ विकेट लिएका थिए । जामिसन तल्लोक्रममा राम्रो ब्याटिङ र ठूला सटको क्षमता राख्छन् । उनको शरीरिको उचाई ६ फिट ८ इन्च छ । अग्ला कदका जामिसन बाउन्सर बलका लागि माहिर छन् । शरीरिको उचाईले पनि उनलाई तीव्र गतिको बलिङमा झनै फाइदा पुर्याएको छ ।
जामिसनको बान्सर बल भारतीय खेलाडीलाई सामना गर्न कठिन पर्न सक्छ । अर्कोतर्फ तल्लोक्रममा राम्रो ब्याटिङ गर्दै इनिङ सम्हाल्न सक्छन् । उनी ब्याट र बल दुबैमा भारतको लागि घातक बन्न सक्छन् ।
३. डेभन कन्वे
दक्षिण अफ्रिका मुलका डेभन कन्वेले न्युजिल्यान्डको टेष्ट टोलीमा अघिल्लो साता इंग्ल्यान्डविरुद्ध पहिलो टेष्टको डेब्यू इनिङमै दोहोरो शतकका साथ सानदार प्रदर्शन गरेका थिए । कन्वेको ब्याटमा क्लास छ । उनलाई आउट गर्न जो कोहि बलरलाई कठिन पर्छ । बायाँ हाते कन्वेले न्युजिल्यान्डको तीनै शैलीमा उत्कृष्ट प्रदर्शन गरि रहेका छन् । कन्वेले टम लाथमका साथ ओपनिङ गर्ने छन् । उनको ब्याटिङमा क्लास र जिम्मेवारी बढी छ ।
इंग्ल्यान्डसँगको दोस्रो टेष्टमा ८० रनको इनिङ खेलेका थिए । ११ टि२० आई इनिङमा तीनमा अविजित रहँदै ४ अर्धशतक सहित ४ सय ७३ रन बनाएका छन् । तीन ओडिआई खेलमा एक शतक र एक अर्धशतक सहित २ सय २५ रन बनाएका छन् । दक्षिण अफ्रिकामा आफ्नो स्थान बनाउन नसकेपछि न्युजिल्यान्ड आएका कन्वेले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
घरेलु क्रिकेटमा कन्वेको प्रदर्शन लोभलाग्दो छ । १ सय १० प्रथम श्रेणी खेलमा १९ शतक र ३३ अर्धशतक सहित कन्वेले ७ हजार ४ सय ३६ रन बनाएका छन् । उनी मैदानमा समय लिन रुचाउँछन् । उनको लय रोक्न भारतीय बलरलाई सहज हुने छैन । उत्कृष्ट लयमा रहेका कन्वे भारतविरुद्ध फाइनलमा विसाल इनिङका साथ टोलीको उपाधि यात्रा सहज बनाउन सक्छन् ।
२. टिम साउथी
न्युजिल्यान्डका तीव्र गतिका बलर टिम साउथी प्रमुख बलिङ हतियार हुन् । न्युजिल्यान्डको टोलीमा साउथीले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । टेष्ट च्याम्पियनसिपमा न्युजिल्यान्डबाट १० खेलमा ५१ विकेट लिएका छन् । साउथी भारतलाई लगातार घातक बलर बन्दै आएका छन् । भारतसँगको टेष्ट सिरिज क्लिनस्विप गर्न साउथीले गत वर्ष पहिलो खेलमा ९ विकेट लिदै प्लेयर अफ द म्याच चुनिएका थिए ।
दोस्रो खेलमा ५ विकेट लिँदै प्लेयर अफ द सिरिज चुनिएका थिए । साउथीले टेष्टमा भारतविरुद्ध ३९ विकेट लिएका छन् । जसमा उत्कृष्ट प्रदर्शन ७–६४ छ । जुन साउथीको टेष्ट करिअरको उत्कृष्ट प्रदर्शनमा पर्छ । साउथीले अनुसाशित लाइन एण्ड लेन्थमा लगातार बलिङ गर्दै ब्याट्सम्यानलाई दबाबमा राख्ने गर्दछन् । साउथी पुन भारतलाई घातक बन्न सक्छन् ।
१. केन विलियम्सन
केन वियिम्सन न्युजिल्यान्डका प्रमुख हतियार हुन् । उनको प्रदर्शन र कप्तानी दुबै उत्कृष्ट छ । कुनैपनि टोली उत्कृष्ट मात्र भएर च्याम्पियन बन्दैन । कप्तानको कप्तानी पनि त्यतिनै सर्वोत्कृष्ट हुनुपर्छ । वर्तमान विश्व क्रिकेटका एक उत्कृष्ट कप्तान विलियम्सन न्युजिल्यान्डको सफलता प्रमुख खम्बा हुन् । विलियम्सनको नेतृत्वमा न्युजिल्यान्डले लगातार उत्कृष्ट प्रदर्शन गर्दै ओडिआई र टेष्ट वरियतामा शीर्ष स्थानमा कब्जा जमाएको छ ।
विलियम्सनको कप्तानीमा २०१९ को एकदिवसिय विश्वकपमा उत्कृष्ट प्रदर्शनका साथ फाइनलमा पुगेको थियो । विलियम्सन जिम्मेवारीका साथ कप्तानी इनिङ खेल्ने गर्दछन् । गत डिसेम्बरमा वेस्टइन्डिजविरुद्ध २ सय ५१ र पाकिस्तानविरुद्ध १ सय २९ रनको इनिङ खेलेका थिए । पाकिस्तानसँगको दोस्रो टेष्टमा २ सय ३८ रनको दोहोरो शतकीय इनिङ खेलेका थिए ।
विलियम्सनको नेतृत्व क्षमता अब्बल छ । खेलाडी राम्रोसँग पयोग गर्दछन् । क्रिकेटमा जितको लागि प्रदर्शनले मात्र पुग्दैन कप्तानी पनि चाहिँन्छ । जुन गुण विलियम्सनमा छ । टेष्ट च्याम्पियनसिपमा विलियम्सनले ९ खेलमा ३ शतक सहित ८ सय १७ रन बनाएका छन् । विलियम्सन दबाबमा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्ने क्षमता भएका खेलाडी हुन् । विलियम्सन चलेको खण्डमा भारतको उपाधि जित्ने सपना अधुरै बन्न सक्छ ।
यो पनि पढ्नुहोस् : न्युजिल्यान्डले भारतलाई हराउँदै टेष्ट च्याम्पियनशिप जित्ने तीन आधार
April 17, 2024
एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । दिल्लीले बुधबार गुजरात टाइटेन्सलाई ६ विकेटले हराएको छ । टस जितेर फिल्डिङ रोज्ने दिल्लीको निर्णय सहि साबित भएको थियो । ९० रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले ६७ बल बाँकी रहँदा ४ विकेट गुमाएर ९२ रन बनाएको थियो । दिल्लीका लागि […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आशुतोष गिरहियाको सानदार शतकमा बागमती प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा पहिलो जित हात पारेको छ । बागमतीले बुधबार गण्डकी प्रदेशलाई ६७ रनको सहज नतिजामा हराएको हो । गण्डकीको यो लगातार दोस्रो हार हो । माथिल्लो मुलपानी मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ६ विकेट […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा मधेश प्रदेशले लगातार दोस्रो जित निकालेको छ । मयान यादव र अरनिको यादवले अर्धशतकीय पारी खेल्दा मधेशले बुधबार लुम्बिनी प्रदेशलाई २७ रनले पराजित गर्यो । माथिल्लो मुलपानी क्रिकेटमा मैदानमा भएको खेलमा लुम्बिनीले टस जितेर पहिले फिल्डिङ रोज्यो । मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै […]