5 years ago
June 17, 2021
एजेन्सी – आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा शुक्रबारदेखि दी रोज बाउल स्टेडियम साउथह्याप्टनमा भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । टेष्ट वरियता शीर्ष नौ राष्ट्रबीच दुई वर्षसम्म चलेको च्याम्पियनसिपमा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका थिए ।

विजेता टोलीले १.६ मिलियन र उप विजेताले ८ लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छन् । विश्व क्रिकेटमा भारतले पछिल्लो समय तीनै शैलीमा स्वेदश र विदेशमा नै लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । तर ठूला उपाधिमा भने भारत अन्त्यतिर चुक्दै आएको छ । सन् २०१९ को एकदिवसिय विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डसँग अप्रत्याशित हार बेहोर्दै बाहिरिएको भारत त्यसको बदला यस फाइनलमा लिने सोचमा छ । कप्तान विराट कोहलीलाई पनि उपाधिको भोक र दबाब पनि त्यति नै छ ।
सिरिजमा लगातार सफल कोहली आइसिसीको प्रतियोगितामा फाइनल हुँदै उपाधि भने जित्न सकेका छैनन् । कोहली यो पटक भने अवसर गुमाउन चाहदैनन् । २०१६ को टि२० विश्वकपमा सेमिफाइनल, २०१७ को च्याम्पियन्स ट्रफीमा फाइनल र २०१९ को एकदिवसिय विश्वकप सेमिफाइनलमै रोकिदै समर्थक र शुभचिन्तकलाई निराश बनाएको भारत टेष्ट च्याम्पियनसिप फाइनलमा च्याम्पियनका साथ खुसी फर्काउन चाहन्छ । भारतको सम्भावना पनि बलियो छ ।
भारतले न्युजिल्यान्डलाई फाइनलमा हराउँदै उपाधि जित्न सक्ने तीन आधार यस प्रकार छन् ।
३. सन्तुलित बलिङ आक्रमण

भारतको बलिङ आक्रामण सन्तुलित छ । भारतले प्लेइङ ११ मा ६ ब्याट्सम्यान र पाँच बलर खेलाउने रणनीति देखिन्छ । तीव्र गतिको बलिङमा ईशान्त शर्मा, जस्प्रित बुमराह, मोहम्मद शामी, मोहम्मद शिराज र उमेश यादव छन् । स्पिनरमा रविन्द्र जडेजा र रविचन्द्रन आश्विन छन् । दुबै स्पिनर प्लेइङ ११ मा हुन्छन् वा हुँदैनन् त्यो निकै प्रतीक्षा र चाखको विषय बनेको छ । दुबै खेलाडी तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् ।
स्पिनमा पनि आफ्नो जादुमय प्रदर्शन गर्ने गर्दछन् । तर पिच स्पिनरलाई कम सहयोगी मानिन्छ । दुबै स्पिनर खेलाउँदा तीन तीव्र गतिका बलर खेलाउनुपर्ने जोखिम लिनुपर्ने हुन्छ । मैदान र पिचको अवस्था हेर्दा चार तीव्र गतिका बलरको सम्भावना देखिन्छ । भारतीय टोलीमा जस्प्रित बुमराह, ईशान्त शर्मा र मोहम्मद शामी पहिलो रोजाईमा छन् । बुमराह योर्करका लागि माहिर छन् । उनको बलरको सामना गर्न कुनैपनि ब्याट्सम्यानलाई सहज हुँदैन । ईशान्त शर्मा टेष्ट स्पेलिष्ट बलर हुन् ।
शामीले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । चौथो तीव्र गतिको बलरमा शिराजको सम्भावना बढी छ । रोहित शर्मा, सुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, अजिक्या रहाणे र ऋषभ पन्त ब्याट्सम्यानको रुपमा हुँदा ब्याटिङ युनिट बलियो छ । बलिङ पनि सन्तुलितनै छ । जसले उपाधि यात्रा सहज बनाउन सक्छन् ।
२. पुजाराको संयमित ब्याटिङ

भारतको ब्याटिङ अनुभवी ब्याट्सम्यान चेतेश्वर पुजारामा बढी निर्भर रहने छ । पुजारा वर्तमान समयमा विश्व टेष्ट क्रिकेटकै एक उत्कृष्ट ब्याट्सम्यान हुन् । टेष्ट स्पेलिष्ट पुजाराले संयमित र जिम्मेवारी ब्याटिङ गर्दछन् । आफ्नो विकेट हतपत गुमाउँदैनन् र कुनैपनि बलरलाई उनको विकेट लिन सहज हुँदैन ।
पुजारा लगातार क्रिजमा रहँदै विपक्ष्य बलरलाई दबाबमा राख्ने गर्दछन् । पुजारा रन भन्दापनि डट बल बढीका साथ बलरलाई थकाउदै दबाबमा राख्ने गर्दछन् । यसरीनै पुजाराले शतकीय इनिङ खेल्दै बलियो योगफल तयार पार्न सक्छन् । पुजारा टिकेको खण्डमा अर्कोइन्डबाट कोहली, पन्त र रहाणेलाई ब्याटिङ गर्न सहज हुने गर्दछ । पुजाराको संयमित ब्याटिङ न्युजिल्यान्डको उपाधि यात्रामा बाधक बन्ने सम्भावना देखिन्छ ।
१. उच्च मनोबल

भारतले फाइनलमा स्थान बनाउन पछिल्ला दुई टेष्ट सिरिजमा अष्ट्रेलिया र इंग्ल्यान्डविरुद्ध सर्वोत्कृष्ट प्रदर्शन गरेको थियो । गत डिसेम्बरमा भारतले अष्ट्रेलियाविरुद्ध चार टेष्ट सिरिज उत्कृष्ट पूनरागमनका साथ २–१ ले जितेको थियो । पहिलो टेष्ट ८ विकेटले गुमाएको थियो । त्यसक्रममा भारत दोस्रो इनिङमा ३६ रनमा अल आउट गरेको थियो । कोहली पिता बन्ने भएपछि पहिलो टेष्टपछि भारत फर्किएका थिए । तर भारतले दोस्रो टेष्ट ८ विकेट, तेस्रो बराबरी र अन्तिम टेष्टमा ३ विकेटको जित निकाल्दै सानदार सिरिज जितेको थियो । अन्तिम टेष्ट जिताउन ऋषभ पन्तले ८९ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।
भारतका प्रमुख खेलाडी चोटका कारण बाहिर रहेपनि युवा खेलाडीको उच्च प्रदर्शनमा उदाहरणीय प्रदर्शन गरेका थिए । भारतले फाइनलमा स्थान बनाउन घरेलु मैदानमा इंग्ल्यान्डसँगको चार टेष्ट खेलको सिरिजमा तीन खेल जित्नै पर्ने दबाब थियो । तर पहिलो खेलमै २ सय २७ रनको फराकिलो अन्तरले पराजित भएको थियो । भारतलाई त्यसपछिका बाँकी तीन खेलमा जित्नै पर्ने दबाब थियो । एक खेल हारेमा वा वराबरीमा भएमा पनि अष्ट्रेलिया फाइनलमा पुग्ने समिकरण थियो ।

तर भारतले लगातार तीन जितका साथ फाइनलमा स्थान पक्का गर्यो । भारतले दोस्रो टेष्टमा ३ सय १७, तेस्रो टेष्टमा १० विकेट र चौथो टेष्टमा २५ रनको इनिङ अन्तरले विजयी हुँदै सिरिज जितेको थियो । अन्तिम खेलमा पन्तले १ सय १ रनको शतकीय इनिङ खेलेका थिए । इंग्ल्यान्डविरुद्ध दोस्रो टेष्टमा रोहित र आश्विनले शतकीय इनिङ खेलेका थिए ।
दुई शक्तिशाली राष्ट्रविरुद्ध उत्कृष्ट प्रर्दशनका साथ जित निकालेको भारतको उच्च मनोबल छ । जितको लागि खेलाडी मानसिक रुपमा तयार हुन निकै आवश्यक पर्दछन् । मनोबलले खेलमा निकै प्रभाव पार्दछ । फाइनल अघि भारतको मनोबल उच्च हुँदा उपाधि जित्न सक्ने देखिन्छ ।
यो पनि पढ्नुहोस् : भारतले फाइनल हार्न सक्ने पाँच कारण
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]