default_image

3 years ago

June 16, 2021

भारतले फाइनल हार्न सक्ने पाँच कारण

एजेन्सी – आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा शुक्रबार भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । दुबै टोलीले आफ्नो तयारी पूरा गर्दै मंगलबार अन्तिम १५ सदस्य टोली घोषणा गरेका छन् । आइसिसीका शीर्ष वरियतामा नौ राष्ट्रबीच दुई वर्षसम्म चलेको टेष्ट च्याम्पियनसिपमा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका थिए । टेष्ट च्याम्पियनसिपको विजेताले १.६ […]

45 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा शुक्रबार भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । दुबै टोलीले आफ्नो तयारी पूरा गर्दै मंगलबार अन्तिम १५ सदस्य टोली घोषणा गरेका छन् ।

आइसिसीका शीर्ष वरियतामा नौ राष्ट्रबीच दुई वर्षसम्म चलेको टेष्ट च्याम्पियनसिपमा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका थिए । टेष्ट च्याम्पियनसिपको विजेताले १.६ मिलियन र उप विजेताले ८ लाख डलर प्राप्त गर्ने छन् । भारतले अष्ट्रेलिया र इंग्ल्यान्डविरुद्ध पछिल्ला दुई महत्वपूर्ण टेष्टमा उत्कृष्ट प्रदर्शनका साथ फाइनलमा स्थान बनाएको हुँदा मनोबल उच्च छ । न्युजिल्यान्ड आफ्नो लयलाई निरन्तरता दिँदै उपाधि जित्न चाहन्छ ।

विश्व टेष्ट वरियतामा न्युजिल्यान्ड शीर्ष र भारत दोस्रो स्थानमा छ । यी दुई देशबीच पछिल्लो समय विश्व को उत्कृष्ट भन्ने होड चल्न थालेको छ । न्युजिल्यान्डका कप्तान केन विलियम्सन र भारतका कप्तान विराट कोहली वर्तमान समयमा विश्वका उत्कृष्ट ब्याट्सम्यान र कप्तानमा पर्दछन् ।यी दुबैको एकअर्कामा को अब्बल भन्ने परिक्षा समेत हुने छ । दुवै टोली टेष्ट च्याम्पियनसिप जित्दै उच्च मनोबलका साथ अक्टोबर नोभेम्बरमा हुने टि२० विश्वकप तयारीमा लाग्ने सोचमा छन् ।

उपाधि जित्ने सपनामा भारतका कमजोरी बाधक बन्न सक्ने अनुमान गरिएको छ । भारतले न्युजिल्यान्डसँगको टेष्ट च्याम्पियनसिप फाइनलमा हार्न सक्ने पाँच कारण यस प्रकार देखिन्छन् ।

५. न्युजिल्यान्डको उत्कृष्ट बलिङ युनिट

न्युजिल्यान्डको मुख्य हतियार तीव्र गतिको बलिङ होे । इंग्ल्यान्ड र न्युजिल्यान्डको वातावरण मिल्दोजुल्दो छ । न्युजिल्यान्डका बलरले त्यसको भरपूर्ण फाइदा उठाउन सक्छन् । मैदान र पिचले नतिजामा ठूलो प्रभाव पार्ने गर्दछ । टिम साउथी, काईल जामिसन, निल वाग्रर, ट्रेन्ट बोल्ट र म्याट हेनरी जस्ता चर्चित बलर हुँदा न्युजिल्यान्डको तीव्र गतिको युनिट उत्कृष्ट छ । कोलिन डि ग्रान्डहोम मध्य गतिका राम्रो पार्टटाइम बलर हुन् । वाग्रर र बोल्ट बायाँ हाते बलर हुँदा रणनीतिमा अझ सहज हुने छ ।

सबै बलर राम्रो लयमा रहँदै लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । २०१९ को सेमिफाइनलमा भारतलाई हराउन नायक बनेका म्याट हेनरी फाइनलमा पनि घातक बन्न सक्छन् । बोल्ट र साउथीको प्रदर्शन लगातार उत्कृष्ट छ । जामिसन एक वर्षमै प्रमुख हतियार बनि सकेका छन् । उनको अन्तर्राष्ट्रिय प्रदर्शन उत्कृष्ट छ । न्युजिल्यान्डको तीव्र गतिको बलरमा गति, बाउन्स, स्वीङ, अनुसाशित लाइन एण्ड लेन्थ, योर्कर सामना गर्नु पर्ने हुँदा भारतलाई कठिन देखिन्छ ।

४. इंग्ल्यान्डमा भारतको कमजोर नतिजा

फाइनल हुने दी रोज बाउल स्टेडियम साउथह्याप्टमा भारतले खेलेका दुबै टेष्टमा पराजित भएको छ । २०१४ मा साउथह्याप्टनमा भारत इंग्ल्यान्डसँग २ सय ६६ रनको फराकिलो हार बेहोरेको थियो । उक्त खेलका चेतेश्वर पुजारा, विराट कोहली, अजिक्या रहाणे, रोहित शर्मा, रविन्द्र जडेजा र मोहम्मद शामी अहिले टोलीमा प्रमुख हतियार हुन् । २०१८ मा पनि भारतले इंग्ल्यान्डसँग यसै मैदानमा ६० रनले पराजित भएको थियो । उक्त खेल खेलेका आठ खेलाडी अहिले फाइनल खेल्दै छन् ।

भारतको इंग्ल्यान्डमा टेष्ट सिरिजमा प्रदर्शन राम्रो छैन । इंग्ल्यान्डविरुद्ध पाँच टेष्ट सिरिज २०१८ मा भारतले ४–१ ले गुमाएको थियो । २०१४ मा पाँच टेष्ट सिरिज ३–१ र २०११ मा चार टेष्ट सिरिज ४–० ले हारेको थियो । भारत र इंग्ल्यान्डको वातावरण, मैदान र पिच फरक हुँदा खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न सहज हुने छैन । इंग्यान्डविरुद्ध दुई टेष्ट सिरिज न्युजिल्यान्डले १–० ले जित्दै उच्च मनोबलका साथ फाइनल खेल्दै छ । इंग्ल्यान्डमा भारतको नतिजा हेर्दा उपाधि जित्न कठिन देखिन्छ ।

३. स्पिनर कम उपयोगी

भारतको जितमा स्पिनरको प्रदर्शन अहम छ । भारतको टोलीमा स्पिनर रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले स्थान बनाएका छन् । यी दुई मध्य एकले मात्र प्लेइङ ११ मा मौका पाउने सम्भावना र समिकरण देखिन्छ । जोडि परिवर्तनले प्रदर्शनमा पनि असर पार्छ । भारतले दुवै स्पिनर खेलाएमा तीन मात्र तीव्र गतिका बलर खेलाउनु पर्ने हुन्छ । भारतको प्लेइङ ११ मा ६ ब्याट्सम्यानको स्थान निश्चित जस्तै छ ।

टेष्ट च्याम्पियनसिपमा जडेजाले १० खेलमा २८, आश्विनले १३ खेलमा ६७ र अक्षर पटेलले ३ खेलमा २७ विकेट लिएका छन् । तर साउथह्याप्टनमा स्पिनरलाई खासै साथ मिल्दैन । साउथह्याप्टनमा सर्वाधिक विकेट लिने शीर्ष १० बलरमा दुई मात्र स्पिनर छन् । जसको सर्वाधिक ठूलो असर भारतलाई पर्न सक्ने अनुमान गरिएको छ ।

२. तीव्र गतिका बलिङ अलराउन्डरको कमी


मिडियम पेश बलिङ अलराउन्डर नहुनु भारतलाई ठूलो पछुतो हुन सक्छ । जडेजा, आश्विन र हनुमा विहारी तीनै स्पिन अलराउन्डर हुन् । तीन मध्य प्लेइङ ११ मा एक मात्रको सम्भावना देखिन्छ । रोहित शर्मा र सुभमन गिलले ओपनिङ गर्ने निश्चित छ । विराट, पुजारा र रहाणेले मध्यक्रम सम्हाल्ने छन् । विकेटकिपरमा ऋषभ पन्त हुने छन् । त्यसैले ११ मध्य ६ प्रमुख ब्याट्सम्यान खेलाउने पक्कापक्कि जस्तै छ । बाँकी पाँच बलर रहने छन् ।

पिचलाई हेर्दा भारतले एक स्पिनर र चार तीव्र गतिका बलर खेलाउने रणनीति देखिन्छ । जस्प्रित बुमराह, मोहम्मद शामी, ईशान्त शर्मा, मोहम्मद शिराज र उमेश यादवलाई तीव्र गतिका बलर हुन् । उमेश र शिराज मध्य एक बेन्चमा बस्ने छन् । तर कुनै पनि तीव्र गतिका बलर ब्याटिङका लागि भने चिनिदैनन् । जसले भारतलाई तीव्र गतिसँगै ब्याटिङमा योगदान दिने खेलाडीको अभाव खड्किन सक्छ ।

शार्दूल ठाकुर तल्लोक्रममा ब्याटिङको क्षमता राखेपनि तीव्र गतिका बलर भएपनि अन्तिम टोलीमै छैनन् । फिटनेशको कारण हार्दिक पान्ड्या सुरुवाती टोलीमै थिएनन् । न्युजिल्यान्डले टोलीमा एक स्पिनर अजाज पटेल छन् । अजाजले तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । काइल जामिसन र कोलिन डि ग्रान्डहोम जस्ता प्रमुख तीव्र गतिका बलिङ अलराउन्डर हुँदा मजबुत बनेको छ ।

१. दबाबमा ब्याट्सम्यानको खराब प्रदर्शन

भारतीय ब्याटिङ बलियो छ । गिल, पुजारा, कोहली र रहाणे टेष्ट विशेष ब्याट्सम्यान हुन् । रोहित र पन्त आक्रामक ब्याटिङका लागि परिचित छन् । तर दबाबका खेलमा भारतीय ब्याट्सम्यानको प्रदर्शन कमजोर रहँदै आएको छ । फाइनलमा दबाब अतिरिक्त हुने गर्दछ । २०१७ को च्याम्पियन्स ट्रफी फाइनलमा भारतले पाकिस्तानले प्रस्तुत गरेको ३ सय ३९ रनको विसाल लक्ष्य पछ्याउने क्रममा १ सय ५८ रनमै अल आउट भएको थियो ।

हार्दिक पान्ड्याले ७६ रनको इनिङ खेल्दै एक सय रनको आकडा पार गरेको थियो । भारतका शीर्षक्रमका ब्याट्सम्यान शिखर धवन २१, रोहित शर्मा शून्य, विराट कोहली ५ रनमा आउट भएका थिए । २०१९ को एकदिवसिय सेमिफाइनलमा न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय ४० रनको लक्ष्य पछ्याउनेक्रममा सुरुवाती १० ओभरमै २४–४ को अवस्थामा पुगेको थियो । रोहित, लोकेश राहुल र विराट एक एक रनमा आउट भएका थिए ।

गत डिसेम्बरमा भारत अष्ट्रेलियासँगको पहिलो टेष्टको दोस्रो इनिङमा ३६ रनमै अल आउट भएको थियो । पुराजा शून्य, कोहली ४, रहाणे शून्य, पृथ्वी शा ४ र मयंक अग्रवाल ९ रनमा आउट भएका थिए । शा र अग्रवाल टोलीमा छैनन् । दबाबका खेलमा ब्याट्सम्यान चल्न नसक्नु समस्या भारतलाई टेष्ट च्याम्पियनसिपमा फाइनलमा पुन निराश बनाउन सक्छ ।

यो पनि :

न्युजिल्यान्डले भारतलाई हराउँदै टेष्ट च्याम्पियनशिप जित्ने तीन आधार

भारतविरुद्ध घातक बन्न सक्ने पाँच खेलाडी

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.