default_image

4 years ago

July 6, 2021

मलेसिया सहित १७ देश विश्वकप आयोजना गर्न इच्छुक

187 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का सन् २०२४ देखि २०३१ सम्म हुने प्रमुख प्रतियोगिता आयोजना गर्न मलेसिया, अमेरिका सहित १७ देशले इच्छा ब्यक्त गरेका छन् ।

आगमी २०२४ देखि २०३१ सम्म टि२० विश्वकप, एकदिवसिय विश्वकप, च्याम्पियन्स ट्रफी र यू१९ विश्वकप लगायतका प्रमुख प्रतियोगिता हुने छन् । ११ टेस्टसँगै ६ एसोसियट राष्ट्रले इच्छा ब्यक्त गरेका छन् । टेस्ट टोली अफगानिस्तानले भने आफ्नो नाम दिएको छैन । २०२४ देखि २०३१ सम्म चार टि२० विश्वकप, दुई एक दिवसिय विश्वकप र दुई च्याम्पियन्स ट्रफी गरि प्रमुख आठ पुरुष प्रतियोगिता हुने छन् । आइसिसीले आफ्ना सदस्य राष्ट्रलाई प्रतियोगिता आयोजना टेक्निकल प्रस्तावको लागि आमन्त्रिण गरेको थियो ।

अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, मलेसिया, नामिबिया, न्युजिल्यान्ड, ओमान, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, अमेरिका, यूएई र जिम्बावेले पारम्भिक प्रस्ताव पठाएको आइसिसीले जनाएको छ । आगमी विश्वकप रोडम्याप सार्वजनिक गरिएको छैन ।

२०२४ देखि टि२० विश्वकपमा २० देशले सहभागी जनाउने छन् । २०२७ को एकदिवसिय विश्वकप देखि १४ देशले प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियन्स ट्रफीमा आइसिसी ओडिआई वरियता शीर्ष आठ टोलीले प्रतिस्पर्धा गर्ने छन् । कुन प्रतियोगिता कसले आयोजना गर्ने आइसिसीको बोर्ड बैठकले छनोट गर्ने छ । टेस्ट टोलीमा पाकिस्तानको नाम निकै रुचिका साथ हेरिएको छ ।

पाकिस्तानले सन् १९९६ को एकदिवसिय विश्वकप पछि आइसिसीको प्रतियोगिता आयोजना गरेको छैन । २००८ मा पाकिस्तानमा च्याम्पियन्स ट्रफी आयोजना गर्ने कार्यक्रम भएपनि पछि दक्षिण अफ्रिका सरेको थियो । २००९ मा श्रीलंका खेलाडी चडेको बस लाहोरमा आक्रामण भएपछि पाकिस्तानले यूएईमा आफ्नो घरेलु मैदान बनाउँदै आएको छ । पछिल्लो समय पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट फर्कि सकेको छ ।


२०२१ को टि२० विश्वकप कोरोना महामारीको कारण भारतबाट यूएई र ओमानमा सरि सकेको छ । २०२२ को टि२० विश्वकप अष्ट्रेलिया र २०२३ को एकदिवसिय विश्वकप भारतमा हुने कार्यक्रम छ । मलेसिया सहित एसोसियट देशले टि२० विश्वकप आयोजना गर्न बढी रुचि देखाएको अनुमान गरिएको छ ।

भारतले २०२५ को च्याम्पियन्स ट्रफी, २०२८ को टि२० विश्वकप र २०३१ को एकदिवसिय विश्वकप आयोजना गर्न रुचि देखाउँदै आएको छ । पछिल्लो पटक २०१६ मा भारतमा भएको टि२० विश्वकप वेस्ट इन्डिज, २०१७ मा इंग्ल्यान्डमा भएको च्याम्पियन्स ट्रफी पाकिस्तान र २०१९ को एकदिवसिय विश्वकप घरेलु टोली इंग्ल्यान्डले जितेका थिए ।

हरेक वर्ष क्रिकेट विश्वकप, यस्तो छ नेपालको सम्भावना

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.