4 years ago
July 9, 2021
एजेन्सी – भारत र श्रीलंकाबीच समान तीन ओडिआई र टि२० आई सिरिज कोरोना कारण चार दिनपछि सरेको छ । बिहिबार श्रीलंका ब्याटिङ प्रशिक्षक ग्रेन्ट फ्लावर र शुक्रबार डाटा एनालिष्ट जिटी निरोशनको कोरोना परिक्षण पिसिआर परिक्षण पोजेटिभ आएपछि चार दिन पछि सरेको हो ।

यसअघि पहिलो ओडिआई जुलाई १३, दोस्रो जुलाई १६ र तेस्रो जुलाई १८ मा हुने कार्यक्रम थियो । नयाँ तालिका अनुसार पहिलो ओडिआई जुलाई १७, दोस्रो जुलाई १९ र तेस्रो जुलाई २१ मा हुने छ । टि२० आई सिरिज अव पहिलो जुलाई २४, दोस्रो २५ र तेस्रो जुलाई २७ मा हुने छ । यसअघि पहिलो टि२० जुलाई २१, दोस्रो २३ र चौथो २५ मा हुने कार्यक्रम थियो । यद्यपी श्रीलंका क्रिकेट बोर्डले आधिकारीक रुपमा सिरिज सरेको कुनै जानकारी भने दिएको छैन ।
श्रीलंका टोली आइसोलेसन छ । श्रीलंका खेलाडीको शनिबार बिहान पुन पिसिआर परिक्षण हुने छ । भारतसँगको सिरिजमा श्रीलंका कप्तानी दासुन शनाकाले गर्ने छन् । कुसल पेरेरा कप्तानीमा खराब प्रदर्शन गरेपछि शनाकालाई कप्तानी दिन लागेको हो । भारतको कप्तानी शिखर धवनले गर्ने छन् ।
अन्तर्राष्ट्रिय स्तरमा पछिल्लो समय श्रीलंका प्रदर्शन सम्झन लायक छैन । २०२१ मा खेलेका ६ मध्य पाँच टि२० आई खेलमा हार बेहोरेको छ । अघिल्लो महिना इंग्ल्यान्डविरुद्ध तीन टि२० आई सिरिजमा क्लिनस्विप बेहोरेको थियो । वेस्ट इन्डिजसँग मार्चमा तीन टि२० आई सिरिज २–१ ले गुमाएको थियो । २०२१ मा नौ ओडिआई खेल खेलेको छ । श्रीलंकाले एक खेलमा मात्र जित निकालेको छ । गत मार्चमा वेस्ट इन्डिजविरुद्ध ३–०, बंगलादेशविरुद्ध २–१ र इंग्ल्यान्डसँग २–० ले पराजित भएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]