default_image

4 years ago

July 12, 2021

वसन्त र पृथु अमेरिकामा सम्मानित

158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी स्पिनर वसन्त रेग्मी र मध्यक्रमका ब्याट्सम्यान पृथु बाँस्कोटा अमेरिकामा सम्मानित भएका छन् ।

वसन्त र पृथुलाई अमेरिका मेरिल्यान्ड राज्यले सोमबार सम्मान गरेको छ । वसन्त र पृथुलाई मेरिल्यान्ड रान्यका डिस्ट्रिक्ट–८ का डेलिगेट (नेपाली संसाद सरह) का ह्यारी भण्डारीले सम्मानित गरेका हुन् । उनीहरुलाई साथी बाल्टिमोरका उत्सव सिग्देल र रमेश भट्टको समन्वय गरेका थिए । नेपाली क्रिकेटमा पुर्याएको योगदानलाई कदर गर्दै उक्त सम्मान दिएको हो ।

वसन्त र पृथु गत चैतमा टु एक्स क्रिकेट युएसए कप प्रतियोगिता खेल्न अमेरिका गएका थिए । यी दुबै क्रिकेटर अमेरिका घरेलु क्रिकेटमा ब्यस्त हुँदै आएका छन् । अघिल्लो हप्ता अमेरिकामा सम्पन्न एलए ओपन २०२१ च्याम्पियनसिप प्रतियोगितामा वसन्त र पृथु नेपाली राइनोज अल स्टार्सबाट खेलेका थिए ।

जसक्रममा अल स्टार्स क्वाटरफाइनलबाट बाहिरिएको थियो । उक्त प्रतियोगितामा पृथुले कप्तानी गरेका थिए । पृथु समूह चरणको खेलमा प्रेरी भ्यु हरिकेन्सविरुद्ध ५६ बलमा ७ चौका र ३ छक्का सहित ७८ रनको अविजित इनिङ खेल्दै म्यान अफ द म्याच चुनिएका थिए ।

वसन्त र पृथु अमेरिका क्रिकेट बोर्डले आयोजना गर्न लागेको माइनर क्रिकेट लिग प्रतियोगिता पनि खेल्दै छन् । वसन्त हरिउड मास्टर ब्लास्टरमा अनुबन्ध भई सकेका छन् । पृथु पनि अनुबन्धको प्रकृयामा छन् । माइनर लिगमा अमेरिका २१ सहरमा २७ टोलीबीच प्रतिस्पर्धा हुने छ । जुन टि२० राष्ट्रिय प्रतियोगिता हो ।

पृथु १०१५ को स्कटल्यान्ड भ्रमणदेखि नेपाली टोलीमा छैनन् । वसन्त २०१९ को सिंगापुरमा भएको टि२० विश्वकप अन्तर्गत एसिया छनोट पछि टोलीमा छैनन् । पृथुले गत माघमा काठमाडौंमा भएको प्रधानमन्त्री कपमा बागमती प्रदेशबाट उच्च प्रदर्शन गर्दै टोलीको बन्द प्रशिक्षणमा पूनरागमन गरेका थिए । तर दुर्भाग्य कोरोना कारण सिरिज स्थगित हुन पुग्यो । गत जेठमा स्पेन भ्रमणमा बोलाएको बन्द प्रशिक्षणमा पनि पृथु थिए । तर पृथु ब्यक्तिगत कारण आउन नसक्ने जवाफ दिएका थिए । उक्त सिरिज पनि स्थगित भई सकेको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.