default_image

4 years ago

July 13, 2021

‘म राष्ट्रिय टोलीबाट बाहिर छैन’ – वसन्त

288 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी स्पिनर वसन्त रेग्मी पछिल्लो समय अमेरिकामा छन् । गत चैतमा वसन्त र मध्यक्रमका ब्याट्सम्यान पृथु बाँस्कोटा टु एक्स क्रिकेट युएसए कप प्रतियोगित खेल्न अमेरिका गएका थिए ।

उक्त प्रतियोगितापछि अघिल्लो साता पृथुको कप्तानीमा वसन्तले एलए ओपन च्याम्पियनसिप प्रतियोगिता नेपाली राइनोज अल स्टार्सबाट खेलेका थिए । अल स्टार्स क्वाटरफाइनलबाट बाहिरिएको थियो ।

वसन्त जुलाई ३१ देखि अमेरिकामा हुन लागेको राष्ट्रिय टि० क्रिकेट प्रतियोगिता खेल्दै छन् । वसन्त हलिवुड मास्टर ब्लास्टरमा अनुबन्ध भएका छन् । माइनर लिगमा अमेरिका २१ सहरका २७ टोलीले प्रतिस्पर्धा गर्ने छन् । कुल २ सय खेल हुने छन् । जसबाट एक राष्ट्रिय टि२० च्याम्पियन बन्ने छ ।

वसन्तले नयाँ टोलीबाट खेल्न निकै उत्साहित भएको जानकारी दिए । ‘नयाँ टिम, नयाँ खेलाडी र प्रतियागिता खेल्न उत्साहित र आतुर छु । हरेक खेलमा राम्रो प्रदर्शन गर्दै नेपालको नाम राख्न खोज्ने छु’, वसन्तले हाम्रो खेलकुदसँग कुरा गर्दै भने ।

वसन्तको टोली हलिवुडमा पूर्व नेपाली क्रिकेटर कनिष्क चौगाईंपनि छन् । कनिष्क र वसन्तले उमेर समूहसँगै खेलेका हुन् । सन् २००६ को यू१९ विश्वकपमा कजिष्को कप्तानीमा नेपालले न्युजिल्यान्डलाई १ विकेटले हराउँदै प्लेट फाइनलको उपाधि जित्दा वसन्त प्लेयर अफ द म्याच चुनिएका थिए ।

Basant Regmi

बलिउडको कप्तानी अमेरिका अलराउन्डर निसर्ग पटेलले गर्ने छन् । वसन्त नेपाल सम्झेर खेल्ने बताउँछन् । ‘मैले राम्रो प्रदर्शन गर्न सके भनें नेपालको पनि नाम आउने छ । म त्यहि सोचेर खेल्ने छु । खेलाडीको सधैं सोच देशलाई चिनाउने हुन्छ’, उनले भने ।

वसन्त २०१९ को जुलाईमा सिंगापुरमा भएको आइसिसी टि२० विश्वकप एसिया छनोटपछि राष्ट्रिय टोलीमा छैनन् । पूनरागमनको पर्खाईमा रहेका वसन्त आफू नेपाली टोली बाहिर नभएको बताउँछन् । ‘मैले पहिला पनि भनेको थिएँ म नेपाली टोली बाहिर छैन । समय दिन नपाएको कारण टोलीबाट नखेलेको मात्र हो । त्यसपछि ब्यक्तिगत र कोरोनाले पनि असर गर्यो’, उनले भने ।

‘गत वर्ष अमेरिका र ओमानविरुद्ध त्रिकोणात्मक सिरिजमा ब्यक्तिगत कारण बन्द प्रशिक्षणमा सहभागी हुन पाइनँ । त्यो समय छोरीको जन्म भएको थियो । घर परिवारलाई समय दिनुपर्यो । त्यसपछि कोरोना र लकडाउन भयो’, उनले भने ।

गत मंसिरमा क्यानले बन्द प्रशिक्षणमा बोलाएपनि कोरोना संक्रमण हुँदा वसन्त सहभागी हुन सकेनन् । फागुनमा पनि वसन्त सिनियर टोलीको बन्द प्रशिक्षणमा परेका थिए । तर दुई हप्तापछि काठमाडौं मेयर कपलाई देखाउँदै प्रशिक्षण स्थगित भएको थियो । प्रधानमन्त्री कप र काठमाडौं मेयर कप वसन्तले एपिएफबाट खेलेका थिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.