4 years ago
July 18, 2021
एजेन्सी – भारत र श्रीलंकाबीच पहिलो ओडिआई खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा कोलोम्बो स्थित आर प्रेमाडासा स्टेडियममा सुरु हुनेछ ।

दुवै टोलीमा युवा खेलाडीको बाहुल्यता छ । भारतीय टोलीको कप्तानी शिखर धवनले गर्दै छन् । धवन भारतको ओडिआईमा कप्तानी गर्ने २५ औं कप्तान बन्दैछन् । संयोग नै मान्नुपर्छ श्रीलंकाले पनि दासुन शनकालाई २५ औं कप्तानको रुपमा जिम्मेवारी दिएको छ ।
भारतको पहिलो रोजाईको टोली इंग्ल्यान्डमा छ । भारतीय युवा खेलाडीलाई आगमी अक्टोबर नोभेम्बरमा यूएई र ओमानमा हुने टि२० विश्वकपमा स्थान बनाउन यो अन्तिम अवसर हो । श्रीलंका भ्रमणपछि विश्वकप अघि भारतको सिमित ओभरको अन्तराष्ट्रिय खेल छैन । श्रीलंका भ्रमण र आगमी आइपिएलको प्रदर्शनबाट विश्वकपमा भारतले टोली घोषणा गर्ने छ ।
कप्तान शिखर धवन, पृथ्वी शा, सूर्यकुमार यादव, सन्जु स्यामसन, हार्दिक पान्ड्या, कुलदीप यादव र बरुण चक्रवर्तीको प्रदर्शन निकै महत्वपूर्ण रुपमा हेरिने छ । भारतको ओपनिङ शिखर र पृथ्वीले गर्ने सम्भावना छ । यी दुवै उत्कृष्ट लयमा छन् । ओपनिङ विकल्पमा देवदत्त पाडिक्कल र ऋतुराज गायकवाड पनि छन् । तर अन्तर्राष्ट्रिय अनुभव र लयलाई हेर्दा धवनलाई पृथ्वीले साथ दिने उच्च सम्भावना छ ।

तेस्रो नम्बरमा सूर्यकुमार यादवको सम्भावना बलियो छ । चौथो नम्बरमा मनिष र पाँचौं नम्बरमा सन्जु खेल्न सक्छन् । धवन र मनिष अनुभवी खेलाडी हुन् । यी दुई खेलाडीको प्रदर्शन अझ महत्वपूर्ण हुने छ । फिनिसरमा हार्दिक पान्ड्या छन् । हार्दिकका लागि यो सिरिज निकै महत्वपूर्ण हुने छ । बलिङ नगरेको कारण उनले टेस्ट च्याम्पियनसिप फाइनलमा स्थान बनाउन सकेका थिएनन् ।
हार्दिकको ब्याटिङसँगै बलिङमा पनि विशेष ध्यान दिइनेछ । स्पिनरमा कुलदीप यादव र युजभेन्द्र चहलको जोडीलाई मैदान उतार्न सक्ने सम्भावना छ । तीन तीव्र गतिका बलरमा दीपक चहर, भुवनेश्वर कुमार र नवदीप सैनीको सम्भावना छ ।
यता श्रीलंका ब्याटिङ केहि कमजोर छ । श्रीलंका टोलीमा अनुभवी प्रमुख ब्याट्सम्यान छैनन् । युवा ब्याट्सम्यान पाथुम निसंका र अविष्का फर्नान्डोले गर्ने सम्भावना छ । श्रीलंका नयाँ युवा स्टार अविष्कालाई जिम्मेवारीका साथ ठूलो इनिङ खेल्न दबाब छ । विकेटकिपर मिनोद भानुका, धनन्जय डि सिल्भा र भानुका राजपक्षे मध्यक्रमका ब्याट्सम्यान हुन् ।

वानिन्दु हसरंगा र दासुन शनाका तल्लोक्रममा खेल्ने छन् । तीव्र गतिका बलर दुश्मान्था चामिराले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । भारतलाई चामिरा र अलराउन्डर ईसुरु उडाना घातक बन्न सक्छन् । गतिका बलर कसुन रजिथा टोलीमा पूनरागमन गर्दै छन् । २०१७ मा भारतविरुद्ध एकै खेलमा ६ विकेट लिएका स्पिनर अकिला धनन्जय पुन नायक बन्न सक्छन् । यस सिरिजमा दुबै टोलीको युवा खेलाडीको परिक्षा हुने छ ।
हेड टु हेड :
यी दुई देशबीच कुल १ सय ५९ ओडिआई खेल भएको छ । भारत ९१ खेलमा विजयी हुँदा ५६ खेलमा पराजित भएको छ । पछिल्लो पटक भारतले २०१७ मा श्रीलंका भ्रमण गरेको थियो । उक्त पाँच ओडिआई खेलको सिरिजमा भारतले क्लिनस्विप गरेको थियो । पछिल्ला पाँच ओडिआई खेलमा भारत चार खेलमा विजयी र एक खेलमा पराजित भएको छ । पछिल्ला पाँच अन्तर्राष्ट्रिय ओडिआई खेलमा श्रीलंकाले एक मात्र जित निकालेको छ । भारतले पाँच मध्य तीनमा जित हात पारेको छ ।
मैदानको अवस्था
श्रीलंका र भारतबीचको खेल हुने प्रेमाडासा हाईस्कोरिङ स्टेडियम हो । यो मैदान ब्याटिङका लागि परिचित छ । अन्तिम पटक उक्त मैदानमा ओडिआई खेल २०१९ मा जुलाईमा बंगलादेश र श्रीलंकाबीच भएको थियो । उक्त मैदानमा भएका पछिल्ला पाँच खेलमा श्रीलंका पराजित भएको छैन ।
श्रीलंकाको लागि भाग्यमानी मानिने प्रेमाडासामा पछिल्ला पाँच खेलमा क्रमश : दक्षिण अफ्रिकालाई ,१ सय ७८ रन, इंग्ल्यान्डलाई २ सय १९, बंगलादेशलाई ९१ रन, ७ विकेट र १ सय २२ रनले पराजित गरेको छ । पहिला ब्याटिङ गर्ने टोली बढी फाइदा पुग्न सक्छ ।

कप्तान र उपकप्तानको भनाई
‘दुबै टोली समानरुपमा सुरु गर्ने छन् । किनभने भारत नयाँ खेलाडीको साथ आएको छ । हामी सबैलाई थाहा छ उनीहरु आइपिएल खेलेका छन् । तर अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । त्यसैले दुबै टोलीसँग समान अवसर छ’, – दासुन शनाका श्रीलंका कप्तान ।
‘टोलीमा धेरै युवा प्रतिभाशाली युवा क्रिकेटर छन् । हामीले उनीहरुलाई आइपिएल टोलीमा देखेका छौं । भारतीय टोलीमा स्थान बनाउन उनीहरुले वास्तवमै उत्कृष्ट प्रदर्शन गरेका छन् । रााहुल द्रविडले युवा खेलाडीलाई राम्रोसँग निर्देशित गर्ने गर्नुहुन्छ’, –भुवनेश्वर कुमार भारत उप कप्तान ।
श्रीलंका टोली : दासुन शनाका (कप्तान), धनन्जय डि सिल्भा, अविष्का फ्रेनान्डो, भानुका राजपक्षे, पाथुम निसंका, चरिथ असलंका, वानिन्दु हसरंगा, एशेन बान्डारा, मिनोद भानुका, लाहिरु उडारा, रमेश मेन्डिस, चमिका करुणारत्ने, बिनुरा फ्रेनान्डो (टि२० सिरिजमा मात्र) , दुश्मन्था चामिरा, लक्शान सन्दाकन, अकिला धनन्जय, शिरन फ्रेनान्डो, धनन्जय लक्शान, ईशान जयरात्ने, प्रविन जयव्रिकमे, असिथा फ्रेनान्डो, कसुन रजिथा, लाहिरु कुमारा र ईसुरु उडाना ।
भारतको टोली : शिखर धवन (कप्तान), पृथ्वी शा, देवदत्त पाडिक्कल, ऋतुराज गायकवाड, सूर्यकुमार यादव, मनिष पाण्डे, हार्दिक पान्ड्या, नितिश राना, ईशान किशन (विकेटकिपर), सञ्जु स्यामसन (विकेटकिपर), युजभेन्द्र चहल, राहुल चाहर, कृष्णप्पा गोवथम, क्रुनाल पान्ड्या, कुलदीप यादव, बरुण चक्रवर्ति, भुवनेश्वर कुमार (उपकप्तान), दीपक चाहर, नवदीप सैनी, चेतन सकारिया ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]