4 years ago
July 20, 2021
एजेन्सी – स्पिनर तबरेज शाम्सीको घातक बलिङको सहयोगमा दक्षिण अफ्रिकाले पहिलो टि२० खेलमा आयरल्यान्डलाई ३३ रनले पराजित गरेको छ । योसँगै तीन टि२० आई खेलमा दक्षिण अफ्रिकाले १–० को अग्रता लिएको छ ।

दक्षिण अफ्रिकासँग पहिलो पटक टि२० आई खेल खेलेका आयरल्यन्डले जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन बनायो । दक्षिण अफ्रिका ह्यारी टेक्टरले ३४ बलमा ३ चौका सहित सर्वाधिक ३६ रनको योगदान दिए । ब्यारी म्याकार्थी २५ बलमा ४ चौका सहित ३० रन र जोशुवा लिटिल १५ रनमा अविजित रहे । कप्तान एन्ड्रयू बलबर्नी २० रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । पल स्टर्लिङ ६ र केभिन ओ ब्रायन शून्यमा आउट भए ।
दक्षिण अफ्रिका शाम्सीले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । लुन्गी एनगिडीले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । जर्ज लिन्डे २ र कागिसो रबाडाले एक विकेट लिए ।

त्यसअघि डुब्लिनमा टस हारेर ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । एडेन माक्ररमले ३० बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ३९ रनको योगदान दिए । ओपनर क्विन्टन डि ककले ९ बलमा ३ चौका र १ छक्का सहित २० रन जोडे ।
कप्तान टेम्बा बभुमा १३, जान्नेमान मलान ४, रास्सी भान डर डुसेन २५, डेविड मिलर २८, रबाडा १९ र लिन्डेले १० रन बनाए । आयरल्यान्डका मार्क आदिरले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । सिमि सिंह र जोशुवा लिटिलले २–२ विकेट लिए । दोस्रो खेल बिहिबार हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]