4 years ago
July 20, 2021
एजेन्सी – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने द हन्ड्रेड (एक सय बलको ) प्रतियोगिता सुरुवाती खेल गुमाउने लगभग निश्चित जस्तै बन्दा पूरै प्रतियोगितानै गुमाउने सम्भावना पनि छ ।

बिहिबारदेखि सुरु हुने प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबल्समा अनुबन्ध भएका थिए । सन्दीप द हन्ड्रेडमा ६० हजार पाउण्ड (झन्डै १ करोड नेपाली रुपैयाँ) बराबरमा अनुबन्ध भएका थिए । इएसपिएनक्रिकइन्फोका अनुसार सन्दीप भिसा कारण सुरुवाती खेल गुमाउने सम्भावना छ ।
सन्दीप गत असार २४ मा इंग्ल्यान्ड गएका थिए । सोमबार उनले बेलायत सरकारबाट मान्यता प्राप्त होटेलमा १० दिनको क्वारेनटाइन समय पूरा गर्दैछन् । सन्दीपले भिसा कारण पुरै प्रतियोगिता पनि गुमाउने सम्भावना छ । सन्दीप युके पुगेको टिएर ५ भिसामा द हन्ड्रेड खेल्न नपाउने बुझिएको छ ।
सन्दीपको टोलीले उद्धघाटन खेलमा म्यानचेस्टर ओरिजिनल्ससँग खेल्ने कार्यक्रम छ । ‘यस समयमा हामी अनिश्चित छौं, मैले आज मात्र यसबारे थाहा पाएँ । धेरै खेलाडीको लागि यो कठिन समय हो । उनी एक उत्कृष्ट प्रतिभा हुन् र आशा गरौं यो समस्या समाधान हुनेछ’, इन्भिन्सिबल्सका कप्तान साम बिलिंग्सले भने ।

बिहिबार राती हुने खेलमा तीन विदेशी खेलाडी मध्य दुई मात्र खेलाडीलाई खेलाउने सम्भावना छ । सुनिल नारायण र कोलिन इनग्राम छनोटमा उपलब्ध हुने छन् । इएसपिएन क्रिकइन्फोका अनुसार सन्दीप प्रतियोगिता पूर्ण रुपमा प्रतियोगिताबाट बाहिर रहेमा उनको स्थानमा दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सीलाई तयार पारिएको बुझिएको छ । शाम्सी टि२० वरियता नम्बर वान बलर हुन् । यसले पनि सन्दीपको सहभागीता चिन्ता बढाएको छ ।
सिंगल राउन्ड रोबिनको आधारमा हुने यस प्रतियोगितामा बर्मीङ्घम फिनिक्स, लन्डन स्प्रिरिट, नर्थर्न सुपरचार्जर्स, ओभल ईन्भिन्सिबल्स, म्यानचेस्टर ओरिजिनल्स, साउर्थन ब्रेभ, ट्रेन्ट रकेट्स र वेल्श फायर छन् । फाइनल २१ अगष्टमा हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]