4 years ago
July 20, 2021
एजेन्सी – बायाँ हाते विकेटकिपर ब्याट्सम्यान एलेक्स केरीले वेस्ट इन्डिजविरुद्ध पहिलो ओडिआई खेलमा कप्तानी गर्ने भएका छन् । नियमित कप्तान आरोन फिन्च चोटका कारण पहिलो खेल गुमाउने भएपछि केरीले अष्ट्रेलिया कप्तानी गर्ने भएका हुन् । केरी अष्ट्रेलिया २६ औं ओडिआई कप्तान बन्ने छन् ।

अष्ट्रेलिया र वेस्ट इन्डिजबीच तीन ओडिआई खेलको सिरिज हुँदै छ । जस अन्तर्गत पहिलो खेल आज राती हुने छ । पाँच टि२० आई सिरिज ४–१ ले गुमाएको अष्ट्रेलियालाई ओडिआई सिरिज जित्नै पर्ने दबाब छ । अघिल्लो हप्ता वेस्ट इन्डिजसँगको पाँचौं टि२० आई खेलको क्रममा फिन्चको दायाँ खुट्टाको केनमा चोट लागेको थियो । केरीले टोलीको नेतृत्व पाउँदा ठूलो सम्मान पाएको महसुस गरेको बताएका छन् ।
‘कप्तान अष्ट्रेलिया खेलमा सबैभन्दा ठूलो सुविधा हो र यो सम्मान पाएकोमा म अत्यन्त आभारी छु। फिन्च हाम्रो कप्तान हुन् र हामी फिट हुँदा उनलाई खुला हातले स्वागत गर्नेछौं । यसैले अब मलाई आशा छ कि म कप्तानी सक्दछु’, केरीले कप्तानी भूमिका पाएपछि भनेका छन् । पहिलो खेलमा वेस्ट इन्डिजविरुद्ध ओपनर जोश फिलिपे, बेन म्याडेरमोट र तीव्र गतिका बलर राइली मेरिडिथले ओडिआईमा डेब्यू गर्ने सम्भावना छ ।

केरीले क्रिकेटमा पहिलो पटक कप्तानी गर्न लागेका हुन् । प्रतिभाशाली केरी पूर्व फुटबल खेलाडी पनि हुन् । उनले उमेर समूहमा फुटबलमा भने कप्तानी गरेका थिए । २०१८ मा डेब्यू गरेका केरीले ४२ ओडिआई र ३३ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । २०१९ को विश्वकपमा बायाँ हाते विकेटकिपर ब्याट्सम्यान केरीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
ओडिआईमा उत्कृष्ट प्रदर्शन र नेतृत्व गर्न सके केरीलाई टेस्टमा कप्तानीको पनि बाटो खुल्ने छ । टेस्ट कप्तान टिम पेइनको कप्तानी आलोचना हुँदै आएको छ । तर स्टिभ स्मिथ, डेविड वार्नर, मार्कस स्टोइनिस र प्याट कमिन्स जस्ता प्रमुख खेलाडी वेस्ट इन्डिज भ्रमणमा नहुँदा केरीलाई सहज भने हुने छैन ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]