default_image

4 years ago

July 20, 2021

पाकिस्तान र इंग्ल्यान्डबीचको निर्णायक खेल हुँदै

136 views

0 Bookmark

एजेन्सी – पाकिस्तान र इंग्ल्यान्डबीचको तेस्रो तथा निर्णायक टि२० आई खेल आज राती हुँदै छ । खेल नेपाली समय अनुसार राती ११ः १५ मा म्यानचेस्टरमा सुरु हुने छ । तीन टि२० आई सिरिज दुई खेल सकिँदा १–१ को बराबरीमा छ ।

तेस्रो खेल जित्ने टोलीले सिरिज पनि जित्ने छ । दुबै टोली अन्तिम खेलमा जितका साथ सिरिज जित्न चाहन्छन् । पहिलो खेलमा पाकिस्तान ३१ रनले विजयी हुँदा दोस्रो खेलमा ४५ पराजित भएको थियो । पहिलो २ सय ३२ रन बनाउँदै आफ्नो टि२० आईको सर्वाधिक रन बनाएको पाकिस्तानले दोस्रो खेलमा भने कमजोर ब्याटिङ गरेको थियो ।

पहिलो खेलमा कप्तान बाबर आजमले ८५ र मोहम्मद रिजवानले ६३ रन बनाएका थिए । पहिलो विकेटका लागि १ सय ५० रनको साझेदारी गरेका थिए । दोस्रो खेलमा यी दुई ब्याट्सम्यान सस्तैमा आउट भएका थिए । यी दुई ब्याट्सम्यानमा पाकिस्तान धेरैमा निर्भर छ । तेस्रो खेलमा बाबर र रिजवानको प्रदर्शन निकै महत्वपूर्ण हुने छ ।

मध्यक्रमका फखर जमान, शोहिब मकसुद र मोहम्मद हफिजलाई उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । आजम खानलाई निरन्तरता दिने सम्भावना छ । दोस्रो खेलमा युवा ब्याट्सम्यान आजम खान एक रनमा आउट भएका थिए । आजमले घरेलु क्रिकेटमा आक्रामक ब्याट्सम्यानको छवि बनाएका छन् । उनको शारीरिक बनाबटले पनि ठूला सटको लागि सहज बनाउछ । पाकिस्तानले बलिङमा भने परिवर्तन गर्न सक्छ । दोस्रो खेलमा ४ ओभरमा ४८ रन खर्चेका हरिस रौफको स्थानमा स्पिनर उस्मान कादिरलाई मौका दिन सक्ने सम्भावना रहन्छ । हसन अली फिट भएको अवस्थामा मोहम्मद हसनैनलाई बेन्चमा राख्न सक्छ ।

पहिलो खेलमा पराजित भएपनि लियाम लिभिङस्टोनले शतक प्रहार गरेका थिए । दोस्रो खेलमा पनि लियामले आक्रामक ३८ रन जोडेका थिए । दोस्रो खेलमा कप्तान जस बटलर र मोईन अलीले आक्रामक रुपमा रन जोडेका थिए । यी दुई ब्याट्सम्यानलाई रोक्न कठिन पर्न सक्छ । दोस्रो खेलमा कप्तान ओईन मोर्गनलाई विश्राम दिएको थियो ।

दोस्रो खेलमा एक रनमा आउट भएका डेविड मलान वा जोनी बेयरस्टोको स्थानमा मोर्गन टोलीमा फर्किन सक्छन् । इंग्ल्यान्डले बलिङमा भने परिवर्तनको सम्भावना कम छ । स्पिनरमा म्याट पार्किसन र आदिल राशिद तथा तीव्र गतिका बलरमा सकिब मोहम्मद, क्रिस जोर्डन र टम करनलाई निरन्तरता दिने सम्भावना देखिन्छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.