default_image

4 years ago

July 20, 2021

भारतविरुद्ध पहिला ब्याटिङ गर्दै श्रीलंका

143 views

0 Bookmark

एजेन्सी – श्रीलंकाले भारतविरुद्ध दोस्रो ओडिआई खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कोलोम्बो स्थित आर प्रेमाडासा स्टेडियममा श्रीलंका कप्तान दासुन शनाकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

श्रीलंकाले टोलीमा एक परिवर्तन गरेको छ । इसुरु उडानाको स्थानमा कसुन रजिथालाई मौका दिएको छ । पहिलो खेलमा उडानाले बलिङमा खराब प्रदर्शन गरेका थिए । भारतले भने टोलीमा कुनै परिवर्तन गरेको छैन ।

भारत लगातार दोस्रो जितका साथ सिरिज एक खेल अगावै जित्न चाहन्छ । पहिलो खेलमा भारतले ७ विकेटको सहज जित हात पारेको थियो । उक्त खेलमा भारतका ओपनर पृथ्वी शा २४ बलमा ९ चौका सहित ४३ रन जोड्दै म्यान अफ द म्याच चुनिएका थिए । पछिल्लो समय शा उच्च लयमा छन् । कप्तान शिखर धवनले ८६, ईशान किशन ५९ र सूर्य कुमार यादवले ३१ रन जोड्दै सहज जित दिलाएका थिए ।

भारतको प्लेइङ ११ : शिखर धवन, पृथ्वी शा, ईशान किशन, मनिष पाण्डे, सूर्यकुमार यादव, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, दीपक चहर, भुवनेश्वर कुमार, युजभेन्द्र चहल र कुलदीप यादव ।

श्रीलंका प्लेइङ ११ : अविष्का फ्रेनान्डो, मिनोद भानुका (विकेटकिपर), भानुका राजपक्षे, धनन्जय डि सिल्भा, चरिथ असालंका, दासुन शनाका(कप्तान), वानिन्दु हसरंगा, चामिका करुणारत्ने, कसुन रजिथा, दुश्मन्था चामिरा र लक्शान शनदाकन ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.