4 years ago
July 20, 2021
एजेन्सी – जिम्बावेले तेस्रो तथा अन्तिम ओडिआई खेलमा बंगलादेशलाई २ सय ९९ रनको बलियो लक्ष्य दिएको छ । हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको जिम्बावे ४९.३ ओभरमा २ सय ९८ रनमा अल आउट भयो ।

जिम्बावेका रेजिस चकब्भाले ९१ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ८४ रनको योगदान दिए । तल्लोक्रममा ब्याटिङ गर्ने चकब्भाले तेस्रो खेलमा ओपनिङ गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
छैटौं विकेटका लागि रयान बर्ल र सिकन्दर राजाले ८० बलमा १ सय १२ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै बलियो योगफलमा पुर्याएका हुन् । राजा ५४ बलमा ७ चौका र १ छक्का सहित ५७ रनमा क्याच आउट भए । आक्रामक ब्याटिङ गरेका रयान बर्लले ४३ बलमा ४ चौका र ४ छक्का सहित ५९ रनको उत्कृष्ट इनिङ खेले ।
युवा ब्याट्सम्यान डियोन मायर्स ३८ बलमा ४ चौका सहित ३४ रनमा आउट भए । मायर्स र चकब्भाले ७० बलमा ७१ रनको साझेदारी गरेका थिए । कप्तान ब्रेन्डन टेलर ३९ बलमा ३ चौका सहित २८ रनमा आउट भए ।
बंगलादेशका मुस्ताफिजुर रहमान र मोहम्मद सैफिुद्दिनले ३–३ विकेट लिए । मोहमुदूल्लाह रियादले २, तस्किन अहमद र सकिब अल हसनले एक एक विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]