default_image

4 years ago

July 20, 2021

मारोन मिडिया इपिएलको अन्तर्राष्ट्रिय सेल्स एजेन्ट

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को अन्तर्राष्ट्रिय मिडिया अधिकार सेल्स एजेन्टमा मारोन मिडियाले पाएको छ । इपिएल असोज ९ देखि २३ गते सम्म टियु मैदानमा हुने यसअघि नै सर्वाजनिक भइसकेको छ । इपिएलले मंगलबार प्रेस विज्ञप्ती मार्फन मारोन मिडियालाई मिडिया राइट्स जिम्मा दिइएको जनाएको छ ।

अष्ट्रेलिया मारोन मिडियाले विश्वव्यापी सहायक नेपाल र भारत बाहेक विश्वभर प्रत्यक्ष प्रसारणको अधिकार पाएको छ । नेपाल र भारतमा भने ग्लोबल ब्रोडकास्ट पार्टनर र होस्ट ब्रोडकास्टको रुपमा लेक्स स्पोर्टेल रहेको छ । ‘हामी इपिएलको साथ रोमान्चित र उत्साहित छौं । इपिएलमा स्थानिय प्रतिभा धेरै छन् । अन्तर्राष्ट्रिय स्टार खेलाडी मिसिएका छन् । यसमा हामी सहभागी हुन पाउँदा धेरै खुसी छौं’, मारोन मिडिया सह संस्थापक लारा रिचर्डसले उदृत गर्दै विज्ञप्तीमा भनिएको छ ।

इपिएलका संस्थापक आमिर अख्तरले मारोन मिडियालाई साझेदारीको लागि धन्यवाद दिदै यो प्रयासले नेपाली क्रिकेटको प्रचार विश्वव्यापी हुने आशा व्यक्त गरेका छन् । इपिएललाई आइसिसीले स्वीकृति दिई सकेको छ । कोरोना महामारीका कारण गतवर्ष चैत १ देखि १५ गते सम्म हुने तय भएपनि अन्तिममा एपिएल स्थगित एको थियो । इपिएलमा ललिपुर प्याट्रियट्स, काठमाडौं, किंग्स इभाभेन, विराटनगर वारियर्स, चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडियटर्स गरि ६ टोली छन् । अन्तिम पटक इपिएलको फाइनलमा भैरहवालाई १४ रनले हराउँदै ललिपुरले तेस्रो संस्करणको उपाधि जितेको थियो ।

कोरोना महामारी अघि इपिएलमा पोखरा राइनोजले वेस्ट इन्डिजका विश्फोटक ब्याट्सम्यान क्रिस गेल, केसरिक विलियम्स र स्कटल्याण्डका ओपनर जर्ज मुन्शेलाई अनुबन्ध गरेको थियो । भैरहवा ग्ल्याडियटर्सले वेस्ट इन्डिजका ड्वेन स्मिथ, ललितपुर प्याट्रीयट्सले पाकिस्तानका हमाद हसन, हसन खान, मिर हाम्जा र श्रीलंका उपुल थरंगालाई टोलीमा भित्र्याएको थियो ।

काठमाडौं किंस ११ ले केभिन ओ ब्रायनको नाम सार्वजनिक गर्दा अन्य विदेशी खेलाडीको नाम सार्वजनिक गरेको थिएन । चितवन टाइगर्समा अफगानिस्तानका मोहम्मद शाहजाद, पल स्टिर्लिङ र सिंगापुरका टिम डेविड खेल्ने पक्का भएको थियो । पारस खड्का कप्तान रहेको विराटनगर वारियर्सले भने कुनै विदेशी खेलाडीको नाम सार्वजनिक गरेको थिएन । अव ती विदेशी खेलाडी आउने वा नआउने स्पष्ट भने छैन ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.