4 years ago
July 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले भिसा समस्याका कारण अन्तिम समयमा द हन्ड्रेड खेल्न नपाएपछि इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) प्रति असन्तुष्टि जनाएका छन् ।

सन्दीपले सामाजिक संजालमार्फत आफूले इंग्ल्यान्ड पुगेर पनि द हन्ड्रेड खेल्न नपाउनुको कारणबारे लेख्दै यसमा ईसीबीको भूमिका सन्तोषजनक नरहेको उल्लेख गरेका छन् । सन्दीपले यसअघि टि२० ब्लास्टमा सहभागी हुन गरेको कागजी प्रक्रियाबाट प्राप्त गरेको भिसाबाट नै इंग्ल्यान्ड यात्रा गरेका थिए । सुरुवातमा ईसीबीको निर्देशन अनुसार नै उक्त भिसाबाट द हन्ड्रेड खेल्न पुगेका सन्दीपलाई २ दिनअघि मात्र सकेसम्म चाडो देश छोड्न भनिएको थियो ।
सन्दीपले सामाजिक संजालमा यस्तो लेखेका छन् :
‘द हन्ड्रेडमा सहभागी हुन नपाउँदा निराश छु । म आफ्नो टोली ओभल इन्भिन्सिबलबाट खेल्न उत्साहित थिएँ । मैले ईसीबीका अधिकारीहरुले दिएको निर्देशन पालना गरेको थिएँ ।
मैले टिएर ५ भिसाका लागि आवेदन दिँदा दुवै प्रतियोगिताका लागि एकै प्रायोजन प्रमाण पत्र पर्याप्त रहने बताइएको थियो । टि२० ब्लास्टका लागि मेरो भिसा समयमा नआएपछि वोर्चेस्टरसाएरले नाम फिर्ता लिएपनि जुलाई १० अघि बेलायत आए मेरो उक्त प्रमाण पत्र मान्य हुने सूचना दिइएको थियो ।
म जुलाई ९ मा बेलायत आउँदा अध्यागमनमा कुनै समस्या भएन र सरकरले तोकेको क्वारेन्टिनमा नै बसेको थिएँ । जुलाई १८ को दिन, मेरो क्वारेन्टिन पूरा हुनुभन्दा २ दिनअघि मलाई ईसीबीबाट मेरो भिसा मान्य नभएको र सकेसम्म चाडो देश छोड्न भनियो । मैले लगातार ईसीबी अधिकारीसँग यसबारे कारण सोधिरहेको छु र सहि उत्तर पाइरहेको छैन । म बुझ्छु अवस्था बदलिन समय लाग्दैन, तर मेरो भिसा मान्य नहुनुको प्रष्ट कारण भने मैले पाउनुपर्छ ।
मैले यस प्रतियोगितामा सहभागी हुन निकै मिहिनेत गरेको छु । म सबै टोलीलाई शुभकामना पनि दिन चाहन्छु । मैले यहाँका समर्थकबाट सधैं माया पाएको छु र ईसीबीलाई यस विषयमा हेरेर अन्यलाई यस्तो समस्या नपरोस् भन्ने कामना गर्दछु । मेरो सहभागिताको प्रतीक्षा गरिरहनुभएका समर्थकको अवस्था मैले बुझेको छु । आशा गरौं आउने दिन राम्रो हुनेछ ।’

December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]