4 years ago
July 20, 2021
एजेन्सी – श्रीलंकाले दोस्रो ओडिआई खेलमा भारतलाई २ सय ७६ रनको बलियो लक्ष्य दिएको छ । आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७५ रन बनायो ।

श्रीलंका ओपनर अविष्का फ्रेनान्डो र मध्यक्रमका चरिथ असालान्काले अर्धशतकयी इनिङ खेले । चरिथ असालान्काले ६८ बलमा ६ चौका सहित सर्वाधिक ६५ रनको योगदान दिए । असालान्काले आफ्नो ओडिआई करिअरको पहिलो अर्धशतक ५६ बलमा पूरा गरेका थिए । ओपनर अविष्का फ्रेनान्डोले ७१ बलमा ४ चौका र १ छक्का सहित ५० रनको योगदान दिए । अविष्का यो ओडिआई करिअरको चौथो अर्धशतक हो । तल्लोक्रमका ब्याट्सम्यान चामिका करुणारत्नेले ३३ बलमा ५ चौका सहित ४४ रनमा अविजित रहे । अन्य ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् ।
श्रीलंकालाई ओपनर अविष्का फ्रेनान्डो र विकेटकिपर मिनोद भानुकाले १३.२ ओभरमा ७७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । १४ औं ओभरको दोस्रो बलमा स्पिनर युजभेन्द्र चहलले मिनोदलाई मिडविकेटमा मनिष पाण्डेबाट ३६ रनमा क्याच गराउँदै पहिलो विकेटको साझेदारी तोडेका थिए । मिनोदले ४२ बलमा ६ चौका प्रहार गरे ।

लगत्तै अर्को बलमा भानुका राजपक्षे विकेटकिपर ईशान किशनबाट शून्यमा क्याच आउट हुन पुगे । लगातार दुई विकेट गुमाएको श्रीलंकालाई तेस्रो विकेटका लागि फ्रेनान्डो र धनन्जय डि सिल्भाले ४७ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । राम्रो सुरुवात गरेपनि लगातार दुई विकेट गुमाउँदा श्रीलंका केहि दबाबमा परेको थियो ।
तीव्र गतिका बलर भुवनेश्वर कुमारको २५ औं ओभरको अन्तिम बलमा फ्रेनान्डो क्रुनाल पान्ड्याबाट क्याच आउट हुन पुगे । २८ औं ओभरको दोस्रो बलमा धनन्जयलाई चहलले ३२ रनमा बोल्ड आउट गरे । धनन्जयले ४५ बलमा १ चौका प्रहार गरे । दीपक चाहरले दासुन शनाकालाई ८ रनमा बोल्ड आउट गरेका थिए । दुश्मन्था चामिरा २ रनमा आउट भए ।

भारतका स्पिनर युजभेन्द्र चहलले १० ओभरमा १ मेडन सहित ५० रन खर्चेर ३ विकेट लिए । दीपक चाहरले ८ ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमारले १० ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]