default_image

4 years ago

July 20, 2021

तमिमको शतकमा जिम्बावेमाथि बंगलादेशको क्लिनस्विप

172 views

0 Bookmark

एजेन्सी – कप्तान तमिम इकबालको शतकको सहयोगमा बंगलादेशले घरेलु टोली जिम्बावेविरुद्ध तीन ओडिआई खेलको सिरिजमा क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा जिम्बावेलाई ५ विकेटले पराजित गर्दै बंगलादेशले क्लिनस्विप गरेको हो ।

जितको लागि २ सय ९९ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले ४८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । बंगलादेशका कप्तान तमिम इकबालले ९७ बलमा ८ चौका र ३ छक्का सहित १ सय १२ रनको शतकीय इनिङ खेले । तमिमले ८७ बलमा आफ्नो ओडिआई करिअरको १४ औं शतक पूरा गरेका थिए । विकेटकिपर नुरुल हसन ३९ बलमा ६ चौका सहित ४५ रनमा अविजित रहे ।

अफिफ हुसैन १७ बलमा ३ चौका र १ छक्का सहित २६ रनमा अविजित रहे । सकिब अल हसन र मोहम्मद मिथुन ३०–३० रनमा आउट भए । ओपनर लिटन दास ३२ रनमा आउट भएका थिए । जिम्बावेका डोनाल्ड तिरिपानो र वेस्ले मेधभरेले २–२ विकेट लिए ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको जिम्बावे ४९।३ ओभरमा २ सय ९८ रनमा अल आउट भएको थियो । जिम्बावेका रेजिस चकब्भाले ९१ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ८४ रनको योगदान दिए । तल्लोक्रममा ब्याटिङ गर्ने चकब्भाले तेस्रो खेलमा ओपनिङ गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

छैटौं विकेटका लागि रयान बर्ल र सिकन्दर राजाले ८० बलमा १ सय १२ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै बलियो योगफलमा पुर्याएका हुन् । राजा ५४ बलमा ७ चौका र १ छक्का सहित ५७ रनमा क्याच आउट भए । आक्रामक ब्याटिङ गरेका रयान बर्लले ४३ बलमा ४ चौका र ४ छक्का सहित ५९ रनको उत्कृष्ट इनिङ खेले । युवा ब्याट्सम्यान डियोन मायर्स ३८ बलमा ४ चौका सहित ३४ रनमा आउट भए । मायर्स र चकब्भाले ७० बलमा ७१ रनको साझेदारी गरेका थिए । कप्तान ब्रेन्डन टेलर ३९ बलमा ३ चौका सहित २८ रनमा आउट भए ।

बंगलादेशका मुस्ताफिजुर रहमान र मोहम्मद सैफिुद्दिनले ३–३ विकेट लिए । मोहमुदूल्लाह रियादले २, तस्किन अहमद र सकिब अल हसनले एक एक विकेट लिए । पहिलो खेलमा बंगलादेश १ सय ५५ रन र दोस्रो खेलमा ३ विकेटले विजयी भएको थियो । सकिब खेलको प्लेयर अफ द सिरिज चुनिए । जिम्बावे र बंगलादेशबीच थप तीन टि२० आई खेल हुने छ । पहिलो खेल विहिबार हुने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.