4 years ago
July 20, 2021
एजेन्सी – विकेटकिपर लोकेश राहुलको शतकको सहयोगमा भारतले काउन्टी सेलेक्ट इलेभेनविरुद्ध थ्रि डे अभ्यास खेलको पहिलो दिन पहिलो इनिङमा बलियो योगफल बनाएको छ ।

चेस्टर लि स्ट्रीटमा टस जितेर ब्याटिङ थालेको भारतले ९० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ६ रन बनाएको छ । जस्प्रित बुमराह ३ र मोहम्मद सिराज एक रनमा अविजित छन् । कमजोर सुरुवात गरेको भारतलाई बलियो योगफलमा पुर्याउन विकेटकिपर लोकेश राहुल १ सय ५० बलमा ११ चौका र १ छक्का सहित १ सय १ रन बनाउँदै रिटायर्ड आउट भए ।
रविन्द्र जडेजा १ सय ४६ बलमा ५ चौका र १ छक्का सहित ७५ रनमा क्याच आउट भए । ओपनर तथा कप्तान रोहित शर्मा ९, मयंक अग्रवाल २८, चेतेश्वर पुजारा २१ र हनुमा विहारी २४ रनमा आउट भए । शार्दुल ठाकुरले २० रन जोड्दा अक्षर पटेलले खाता खोल्न सकेनन् ।
काउन्टी सेलेक्ट इलेभेनका क्रेग मिल्सले सर्वाधिक ३ विकेट लिएका छन् । लियडन जेम्स र लियाम पार्टिसन व्हाइटले २–२ विकेट लिएका छन् । ज्याक क्रसनको नाममा एक एक विकेट छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]